Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • बामपन्थी एकताका लागि माओवादी केन्द्रसमक्ष केपी ओलीको प्रस्ताव ! Jul 18, 2017 ArthatantraKp oli
    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर मुलुकलाई बामपन्थीमय बनाउन ने.क.पा. माओवादी केन्द्रसमक्ष प्रस्ताव राखेका छन् । नेपाली जनता बामपन्थी पक्षधर रहे पनि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाएर मुलुकलाई अघि बढन नदिने काम गरिरहेको भन्दै ओलीले एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनु पर्ने प्रस्ताव राखेका हुन् । ‘म माओवादी केन्द्रका नेताहरुलाई भन्छु, चुनाव जित्नु छ भने एमालेसँग मिल्नोस, ...
  • एमाले बैतडीका १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही … Jul 18, 2017 Arthatantrauml logo
    बैतडी । बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ । सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कुँवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने ...
  • निर्वाचन आयोगलाई एमालेको ३ बुँदे ध्यानाकर्षण Jul 17, 2017 ArthatantraEC
    काठमाडौ । नेकपा एमालेले मतदाताको सुविधा र सहजतालाई ध्यान दिएर नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा निर्वाचन आयोग कार्यालयमा गएको टोलीले निर्वाचन क्षेत्र निर्धारण र कानुन बनाउन आयोगका तर्फबाट सरकारलाई अझ तीब्र दवाव दिन समेत आग्रह गरेको छ । एमालेले मतदाताको सुविधा र सहजतालाई ध्यान दिएर नामावली अद्यावधिक गर्न, निर्वाचन ...
  • सरकारसँग दोलखाली सांसदको माग:जुँगुका कुलबहादुर तामाङ मार्ने मान्छे को … Jul 17, 2017 Arthatantradolkha
    काठमाडौ । दोलखाबाट निर्वाचित तीन सांसदले महान्यायाधीबक्ता रमनकुमार श्रेष्ठले गैरकानूनी रुपमा फायल खोसेर राखी न्याय मार्ने काम गरेको भन्दै खेद आपत्ति जनाएका छन् । निर्वाचित सांसद पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगु निवासी कुलबहादुर तामाङको हत्यारालाई जोगाउन महान्यायाधिबक्ता श्रेष्ठले गरेको हर्कतले सीमा नाघेको बताए । स्थानीय ...
  • मन्त्रीबाट हटेको ४० दिन पुगेपनि क्वार्टर नछाड्ने यी हुन् पूर्व पर्यटनम… Jul 17, 2017 ArthatantraJitendra_Dev
    काठमाडौ। गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा ...
  • अंगीकृत नागरिकलाई राष्ट्रपति,प्रधानमन्त्री बनाउने पक्षमा छैनौंःमहन्थ ठ… Jul 16, 2017 Arthatantramahanta-thakur
    पर्सा। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् । वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गरे । ...
  • गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउनुमा जोड Jul 16, 2017 Arthatantratourists-in-pokhara
    पोखरा । कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आव २०७४\७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिएका छन् । । गाउँपालिकाको आव २०७४\७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार ...
  • मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त Jul 13, 2017 Arthatantrarajendra_kishwor-kshetri
    काठमाडौ। सरकारले मुख्य सचिव पदमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । क्षेत्रीले यसअघि शहरी विकास तथा गरिवी निवारण मन्त्रालय, उर्जा मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय लगायत निकायमा सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । मुख्यसचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडीबी)को जागिर खान फिलिपिन्सको मनिला जाने भएपछि क्षेत्री मुख्य सचिवमा ...
  • सांसदको सुझावः कर्मचारीका परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्क Jul 12, 2017 Arthatantrasamsad bhaban
    काठमाडौं । व्यवस्थापिका–संसदको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले सदनको बुधबारको बैठकमा सो विधेयकलाई प्रस्तुत् गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले कर्मचारी समायोजनका नाममा बढुवा प्रक्रिया रोक्न नहुने र सेवा प्रवाहलाई चुस्त ...
  • पाल्पामा प्रेसरकुकर बम विष्फोट,कसले राख्यो बम ? Jul 11, 2017 Arthatantrabomb
    पाल्पा । आज बिहानै पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन् । तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले ...