Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • बजेट बहुमतले पारित Jul 10, 2017 ArthatantraBudget Nepal
    काठमाडौ । व्यवस्थापिका संसदको सोमवारको बैठकले आगामी आवको बजेट बहुमतले पारित गरेको छ । संसदको दोस्रो बैठकले विनियोजन विद्येयक २०७४ पारित गरेको हो । पहिलो पटक संघीय संरचना अनुसार स्थानीय तहको लागि समेत रकम विनियोजन गरिएको बजेट गत जेठ १५ गते सार्वजनिक गरिएको थियो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विद्येयक संसदमा पारितको लागि पेश गरेका थिए । बैठकले आर्थिक विद्येयक २०७४ ...
  • साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन हुने Jul 10, 2017 Arthatantranirwachan-aayog nepal election
    काठमाडौ । निर्वाचन आयोगले मतदाता नामावली पुनः संकलन गर्ने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि भन्दै आयोगले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगको यस निर्णयअनुसार अब मतदाता नामावली बनाउनका लागि आफ्नो स्थायी ठेगानामै जानु पर्नेभएको छ । यसअघि बसोबास गरेकै ठाउँबाट मतदाता नामावली बनाउन पाइने व्यवस्था हटाउँदै आयोग स्थायी ठेगानामै जानु ...
  • धनगढीमा हमालको कमाल : यस्तो छ मत परिणाम ! Jul 4, 2017 ArthatantraGopal-Hamal
    काठमाडौं । मकै चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका सुदुरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा गोपी हमालको अग्रता कायमै रहेको छ । हमालले काँग्रेसका नृप वडलाई करिव तीन सय मतले पछाडी पारेका छन् । हालसम्म गणना भएको २३,३३६ मत मध्य हमालले ६,०७८ र कांग्रेसका वडले ५७८६ मत प्राप्त गरेका छन् । यस्तो छ धनगढी उपमहानगरपालिकाको पछिल्लो अपडेट मेयर/उपमेयर स्वतन्त्र : ६,०७८ कांग्रेस : ५७८६/७१४८ एमाले : ४३२५/५७२६ माओवादी ...
  • अघि लागे हमाल : के धनगढीमा मकै फल्ने नै भो त ? Jul 4, 2017 ArthatantraGopal-Hamal
    काठमाडौँ । काँग्रेसको पक्कड क्षेत्र मानिने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले एका एक अग्रता लिएसंगै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा मकैको बोट भाइरल बनेको छ । मकै चुनाव चिन्ह भएका गोपी हमाल यतिबेला चर्चाको शिखरमा पनि छन् । उनले काँग्रेस गढमा आफ्नो बलियो उपस्थिती माज्ञ जनाएनन् साँढे तीन सय मतले उछिन्दै जितको दिशामा लम्किएका छन् । भर्खरै प्राप्त नतिजामा स्वतन्त्र मेयरका ...
  • गोला थुतेरै अध्यक्ष जित्ने यी हुन् भाग्यशाली मेनुका ! Jul 4, 2017 Arthatantramenuka
    काठमाडौं । झापाको कमल गाउँपालिकामा गोलाप्रथाबाट एमालेकी उम्मेदवार मेनुका काफ्ले अध्यक्षमा निर्वाचित भएकी छन् । अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका हुकुमसिंह राई र एमालेकी मेनुका काफ्लेको बराबर मत आएपछि गोलाप्रथा गरिएको हो । दुबै उम्मेदवारले ८,२७५ मत पाएका थिए । उक्त गाउँपालिकाको उपाध्यक्षमा एमालेका बेणुराज शिवाकोटी निर्वाचित भएका छन् । झापाका १५ स्थानीय तहमध्ये पाँच स्थानीय तहको परिणाम सार्वजनिक भएको ...
  • बाढीपहिराको क्षति रोक्न माग Jul 4, 2017 Arthatantraparliament
    काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले देशलाई बाढीपहिराको क्षति रोक्न माग गरेका छन् । उनीहरुले बाढीपहिरोबाट दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका हुन् । विभिन्न भागमा जनधनधको क्षति भइरहेकाले रोकथामका लागि वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायत जिल्लामा बाढी, पहिरो, भारतीय बाँध, अतिवृष्टि र खण्डवृष्टिका कारण स्थानीयवासी प्रभावित हुनुपरेकाले व्यवस्थित बस्ती प्रणाली स्थापना गरी पीडितलाई उचित क्षतिपूर्ति दिन उनीहरुले ...
  • २४६ स्थानीय तहको मत परिणाम घोषणा,एमाले एकसय चार स्थानमा विजयी ! Jul 3, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। आज दिउँसोसम्ममा २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यो सँगै २० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ ...
  • दुई सय ३७ स्थानीय तहको मतगणना सम्पन्न Jul 3, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौँ । आज बिहान ९ बजेसम्म २३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने छ स्थानीय तहमा स्थगित भएको ...
  • १७२ को मतपरिणाम घोषित Jul 2, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौँ। स्थानीय तहको दोस्रो चरणमा असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट आज बिहान ९ बजेसम्म प्राप्त जानकारी अनुसार १७२ स्थानीय तहकोे अन्तिम मतपरिणाम घोषणा भएको छ । हाल १५५ स्थानीय तहको मतगणना जारी रहेको र केही स्थानीय तहको मतगणना स्थगन भएकामा सञ्चालन ...
  • ८२ स्थानीय तहको निर्वाचनको नतिजा प्राप्त Jul 1, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौँ। यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनको हालसम्म ८२ तहको परिणाम प्राप्त भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ११ बजेसम्म प्राप्त परिणाम अनुसार नेकपा (एमाले) ३४, नेपाली काँग्रेस ३१ र नेकपा (माओवादी केन्द्र० १५ वटा स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् ...