Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
राजनीति
  • निर्वाचन अगावै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी Nov 18, 2017 ArthatantraGovernment of Nepal Logo1
    काठमाडौँ । सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । उनले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टंगो लगाउने बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था ...
  • बस्नेतको स्वागतमा प्रतिस्पर्धा Nov 17, 2017 Arthatantramahesh-basnet
    भक्तपुर । मङसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई स्थानीयहरुद्वारा स्वागत गर्ने प्रतिपर्धा चल्न थालेको छ । फूलमाला र दहीसहितको सगुन लिएर स्थानीयबीच कसले पहिला स्वागत गर्ने भन्ने प्रतिस्पर्धा चल्न थालेको हो । निर्वाचनको क्रममा बस्नेत घरदैलो गर्ने क्रममा घरैपिच्छे स्थानीयबासीहरुले पहिला स्वागतका लागि तछाडमछाड नै चल्ने थालेको छ । मङ्सिर २१ ...
  • जनता भन्छन्ःबस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न ? Nov 15, 2017 Arthatantrapublic-vote-election
    चरिकोट । न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिए । तपार्इंले बोकेको केहो ? भन्दा उनले जवाफ दिए , “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा रू दुईहजार ५०० पर्छ भन्दै गफिन खोजे । उनीजस्तै कालिकोटबाटै आएका उनका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाँडोको ...
  • मदन भण्डारीको सपना साकार हुने दिन आयोः पुष्पकमल दाहाल Nov 14, 2017 ArthatantraPrachanda_visit_India
    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताएका छन् । चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उनले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताए । वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको ...
  • सिरहामा वाम गठबन्धनको प्यानलै विजयी ! Nov 14, 2017 Arthatantrauml maoo
    लहान । जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ । जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा (एमाले)का सरोजकुमार यादव विजयी भएका हुन् । समन्वय समितिको संयोजक र सहसंयोजकमा निर्वाचित ठाकुर र यादवले १८/१८ मत प्राप्त ...
  • गोरखा २ मा बाबुराम कि नारायणकाजी:जोगी देखेर भैँसी डराउने,भैँसी देखेर ज… Nov 13, 2017 Arthatantrababuram and narayankaji
    गोरखा । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रामकरुपमा अघि बढाइरहेका छन् । कुनै बेलाका पूर्वमाओवादी उपाध्यक्ष रहनुभएका डा भट्टराई र सहयात्री श्रेष्ठ कात्तिक ५ गते मनोनयन दर्ता गरेपछि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका मात्र छैन ‘जोगी देखेर भैँसी डराउने, भैँसी देखेर जोगी डराउने ...
  • धादिङ–२ मा लोहनीबाट धेरै आशा गर्न सकिन्छ Nov 13, 2017 Arthatantrakhem sir 2
    सञ्जय दुवाडी खेमप्रसाद लोहनी एमालेका सालीन तथा इमान्दार नेताका रुपमा चिनिन्छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका उनी धादिङ जिल्लामा राम्ररी भिजेका नेता हुन् । २०३६ सालमा रेड गार्ड अर्गनाइजेसन, युथलीग, क्याम्पस कमिटी सदस्य हुँदै राजनीतिमा सक्रिय उनी २०४३ सालदेखि निरन्तर जिल्ला र केन्द्रय राजनीतिमा सक्रिय छन् । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सभापतिमा भारी बहुमतसाथ चुनिएका ...
  • उम्मेदवारको सुरक्षार्थ प्रहरीले जवाफी फायरिङ गर्नसक्ने Nov 12, 2017 ArthatantraHome_ministry_nepal
    काठमाडौ । शुक्रबार र शनिबार रुकुम र रोल्पामा उम्मेदवारमाथि बम आक्रमण भएपछि निर्वाचन सुरक्षामा गम्भीर चुनौति थपिएको छ । शुक्रबार रुकुममा वहालवाला मन्त्री चढेको गाडी लक्षित गरी बम बिस्फोट गरिएको थियो भने शनिबार रोल्पामा पूर्व अर्थमन्त्री चढेको गाडीमा एम्बुस थापिएको थियो । यी दुई घटनापछि शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल ...
  • ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४’जारी Nov 10, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा. गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष ...
  • ओली र प्रचण्डले सँगै १४ शहरमा सम्बोधन गर्ने Nov 9, 2017 ArthatantraPrachanda-KP-Oli-talking
    काठमाडौ । आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित ...