Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • एमालेले शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउँछ : पोखरेल Jun 2, 2017 Arthatantrashankar-pokharel
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनैपनि हालतमा समर्थन नगर्ने बताएका हुन् । उनले भने,‘कांग्रेस सभापति ...
  • कुलबहादुर तामाङको हत्यारा पक्राउ नपरेपछि एमाले नेताले गुहारे मानवअधिका… Jun 1, 2017 Arthatantradolakha jugu goli kanda
    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसदहरुले दोलखाको जुँगु निवासी कुलबहादुर तामाङको हत्यामा संलग्न नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । एमाले नेता तथा दोलखाका सांसदत्रय पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोली बिहीवार हरिहर भवनस्थित मानव अधिकार आयोग पुगी कार्यबहाक ...
  • भरतपुरमा च्यातिएको मत ९० वटा गन्न नमिल्ने ! Jun 1, 2017 ArthatantraBharatpur
    चितवन । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा माओवादी कार्यकर्ताले मतपत्र च्यात्दा ९० मत गन्नै नमिल्ने गरी नष्ट भएको पाइएको छ । निर्वाचन आयोगको निर्देशनपछि मुख्य निर्वाचन आधिकृतको कार्यालयले आज दिउँसो राजनीतिक सहमतिको आधारमा च्यातिएको मत गनेको हो । जसमा ९९८ मत गन्न मिल्ने अवस्थामा रहेको र ९० मत गन्नै नमिल्ने गरी नष्ट भएको पाइएको छ । भरतपुरको १९ नम्बर वडामा जम्मा २८९७ मत ...
  • भरतपुरमा च्यातिएका मतपत्र गन्ने तयारी ! Jun 1, 2017 Arthatantrabharatpur-renu-devi
    चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ । निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो । च्यातिएका मतपत्र गन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले च्यातिएका मतपत्र गन्ने तयारीका लागि अहिले भरतपुरमा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकपछि च्यातिएका मतपत्रको ...
  • भरतपुर घटनामा आयोगले निर्णय गर्न सकेन, दियो यस्तो निर्देशन ! May 31, 2017 Arthatantraelection council realese
    ठमाडौं । निर्वाचन आयोगले चितवनको भरतपुरमा मतगणनाका क्रममा च्यातिएको मतपत्रका बारेमा दिनभर छलफल गरे पनि निर्णय गर्न सकेन । निर्वाचन आयोगले कति मत च्यातिएको छ, कति कुन अवस्थामा छ भन्ने बारेमा त्यहीँका उमेदवार, प्रमुख जिल्ला अधिकारीको रोहवरमा सिल गरिएको क्षेत्रलाई खोलेर अध्ययन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । यसअघि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको सम्बन्धमा छानविन ...
  • यस्तो छ दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका May 31, 2017 ArthatantraElection-Commission sample
    काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय ...
  • अब देश हाँक्ने प्रधानमन्त्री प्रचण्डले चामल बेच्न नसक्दा…? May 31, 2017 ArthatantraPrachanda_visit_India
    काठमाडौ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल पनि बेच्न नसकेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा विद्युत्भार कटौतीको ...
  • फेरी सर्यो चुनाव, असार १४ गते हुने May 30, 2017 Arthatantrapublic-vote-election
    काठमाडौं । स्थानीय तह दोस्रो चरणको चुनाव फेरि सरेको छ । असार ९ गते मुस्लिम समुदायको रमजानन पर्व पर्ने भएपछि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ। मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । बैठकले अर्को मिति असर १४ गते तय गर्न सक्ने स्रोतले बतायो । स्रोतका अनुसार चुनावको मिति सार्ने ...
  • भरतपुर काण्डबारे प्रमुख निर्वाचन आयुक्तले मुख खोले : हार्न लागेपछि मतप… May 30, 2017 Arthatantranirbachan aayogma uml
    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भरतपुर घटनाले आयोगलाई चिन्तित बनाएको बताएका छन । उनले घटनाले भविष्यको लागि पाठ समेत सिकाएको बताएका छन । मंगलबार नेकपा एमालेका नेताहरुको ध्यानाकर्षणमा आयोगको तर्फबाट भनाइ राख्दै यादवले हार्न लागेपछि मतपत्र च्यातेर पुनः मतदानमा जाने पद्धति बस्न नदिन आयोग सचेत रहेको बताए । यादवले आयोगले कसैको दबावमा परेर निर्णय नगर्ने र लोकतन्त्रको मूल्य ...
  • भक्तपुरको चाँगुनारायणमा पनि एमाले विजयी May 30, 2017 Arthatantrachangunarayan ulm win
    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगर प्रमुख तथा उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । एमालेका नगर प्रमुखका उम्मेदरवार सोम प्रसाद मिश्र ८ हजार ५ सय १२ र एमालेकी नगर उपप्रमुख विणा बास्तोला ८हजार ७ सय ३९ मत ल्याएर बिजयी भएका हुन् । मिश्रका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले ६ हजार ८ सय ६९ र बास्तोलाकी निकतम ...