Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • भरतपुर घटना यस्तो छ विज्ञप्ति : एमाले : मत गणना, गठबन्धन : मतदान May 29, 2017 Arthatantrabharatpur bibad
    काठमाडौं । सौहाद्रपूर्ण तवरले सञ्चालन भैरहेको भरतपुर महानगरको मत गणना कार्य राती एकाएक मत पत्र च्यातिएपछि अनिश्चितता तर्फ धकेलिएको छ । राती करिव ११ः४५ बजे नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मत मत्र च्याते पछि उत्पन्न विवादले चर्को रुप लिएको छ । विवाद गणनालाई निरन्तरता कि पुनः मतदान भन्नेमा अल्झिएको छ । चितवनमा कृयाशिल राजनीतिक दलहरुले आ–आफ्नै तर्क र दलिल पेश गर्दै विज्ञप्ति ...
  • देशलाई लोडसेडिङ मुक्त बनाउने कुलमानलाई सुुप्रबल जनसेवाश्री पदक May 29, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने भएको छ । सुप्रबल जनसेवाश्री १२० जनालाई प्रदान गरिने भएको छ, जसमा लोडसेडिङ हटाएर चर्चामा ...
  • २० वर्ष अघिका वडा अध्यक्ष शाक्य बने महानगरको मेयर May 28, 2017 Arthatantrabidyasundar shakya
    काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका छन् । दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले मतपरिणाम घोषणा गरेका हुन् । यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ...
  • तेस्रोलिङ्गीले नयाँ शक्तिबाट उम्मेदवारी दिने May 27, 2017 Arthatantrathird sex
    रुपन्देही । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन् । नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी ...
  • राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान (सूचिसहित) May 26, 2017 Arthatantramedal handover by president
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गरेकी हुन् । नेपाल रत्न विभूषण नेकपा(एमाले)का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति ...
  • स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश May 26, 2017 Arthatantrasupreme-court
    काठमाडौ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले सरकारले हालै गरेको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तराईका १६ जिल्लामा २३ स्थानीय तह थपेको थियो । सरकारको निर्णयविरुद्ध एमालेले सदन अबरोध गर्दै ...
  • देशकै ठूलो महानगर पोखरा लेखनाथमा एमालेले बाजी मार्यो May 26, 2017 ArthatantraManbadhur gc pokhara
    पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी  र उपमेयरमा मञ्जु गुरुङ विजयी भएका छन्। जिसी ६० हजार ११८ मतसहित विजयी भएका हुन् भने  उपमेयरमा गुरुङले ५६ हजार ४४८ मत पाएकी छन्। १३ हजार ७०२ को भारी मतान्तरसहित जिसी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका छन्। उपमेयरमा मञ्जुले पनि कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार ११० ...
  • थपिएका तहमा निर्वाचन गर्न नसकिने आयोगको ठहर, दोस्रो चरणको निर्वाचन अन्… May 25, 2017 Arthatantravote election
    काठमाडौँ । निर्वाचन आयोगले नयाँ संरचनामा निर्वाचन गर्न नसक्ने निर्णय गरेको छ । बिहीबार बसेको आयोगको बैठकले पुरानै संरचनामा मात्र चुनाव गराउन सकिने निर्णय गरेको छ । आयोगको बैठकले प्राविधि, प्रशासनिक र तयारीका कारण २२ वटा स्थानीय तह थपेर चुनाव गराउन नसकिने निर्णय गरेको हो । सरकारले मधेस केन्द्रित दलको माग पूरा गर्न भन्दै जेठ ८ गते तराईका ११ जिल्लामा ...
  • राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत May 25, 2017 ArthatantraBidhya Bhandari
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति भण्डारीसमक्ष सरकारको नीति तथा कार्यक्रमको प्रति पेस गरेका थिए । मन्त्रिपरिषद्को यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष ...
  • इलामका यी दुई पत्रकारले पाए वडा अध्यक्षको टिकट May 25, 2017 Arthatantrajournalist
    इलाम । आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् । सो शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा (एमाले) बाट उम्मेदवार बनेका हुन् । राई सूर्योदय नगरपालिका–९ र श्रेष्ठ इलाम नगरपालिका वडा नं ५ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । दुवै पत्रकारले उम्मेदवार बन्न राजीनामा दिइसकेको अध्यक्ष ...