Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • शुरु भयो स्थानीय सरकार गठनको प्रक्रिया, यसरी बन्दै छ गाउँ/नगर कार्यपाल… May 23, 2017 Arthatantragovernment of nepal
    काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण चुनावको परिणाम आइसकेका गाउँपालिका र नगरपालिकाको कार्यपालिकालाई पूर्णता दिने प्रक्रिया सुरु गरेको छ । संविधानले स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई तोकेको छ । गाउँ/नगर कार्यपालिकामा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडाध्यक्ष रहनेछन् । संविधानले त्यसबाहेक महिला र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ/नगरको कार्यपालिकामा प्रतिनिधित्वको बाध्यकारी व्यवस्था गरेको छ । पहिलो चरणमा निर्वाचन भएको ...
  • सरकारले बढाइसक्यो, ओली भन्छन् स्थानीय तहको सङ्ख्या बढ्नै सक्दैन ! May 22, 2017 ArthatantraKp Oli
    भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा आएर सरकारले स्थानीय तहको सङ्ख्या थप्न खोजे पनि सफल नहुने बताएका छन् । आजै सरकारले तराइमा २४ स्थानीय तह थप्ने प्रस्ताव तयार परेको छ । सूर्यविनायक नगरपालिकाको लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि आज कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा ओलीले स्थानीय तहको सङ्ख्या अब थप हुन नसक्ने बताएका ...
  • काठमाडौँमा पचास प्रतिशत मतगणना, शाक्यको अग्रता कायमै May 22, 2017 Arthatantraktm pat parinam
    काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३) मत खसेको थियो ...
  • संसदको वर्षे अधिवेशन सुरु May 22, 2017 Arthatantrasamsad bhaban
    काठमाडौ । व्यवस्थापिका संसदको वर्षे अधिवेशन सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार सोमबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन शुरु सम्बन्धी पत्र पढेर सुनाइन् । त्यसपछि बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार र बुधबारको बैठकमा बजेट अघिको छलफल हुनेछ । सरकारले आउँदो बिहीबार नयाँ आर्थिक वर्षको नीति ...
  • काठमाडौँमा शाक्यको झण्डै ९ हजारको अग्रता ! May 22, 2017 Arthatantraktm pat parinam
    काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राख्नुभएको छ । नेपाली काँग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी ...
  • किन भयो पोखराको मतगणनामा विवाद ? May 22, 2017 Arthatantravote counting pokhara
    पोखरा । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो । सर्वदलीय ...
  • नयाँ राष्ट्रपति चयनका लागि यसरी मतदान …. May 19, 2017 Arthatantrapresidencial
    इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए। इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी ...
  • प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजा !(अपडेट) May 17, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेपछि देशैभरबाट मतपरिणाम आउनेक्रम जारी रहेको छ । यसैक्रममा हामीले तपाईलाई ताजा अपडेट गराउन नेपालकै सर्वाेत्कृष्ट अनलाईन अनलाईनखबरको अपडेटलाई तपाईहरुसामू प्रस्तुत गरेका छौं । यो रातो अक्षरको लिंक खोल्नुहोस् र सर्वाेत्कृष्ट अनलाईन अनलाईनखबरको अपडेट पढ्नुहोस् ।
  • बुद्धजयन्तीका अवसरमा पाँच दिनका लागि राष्ट्रपति श्रीलङ्कातिर… May 12, 2017 Arthatantrabidhyadevi-bhandari
    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि शुक्रबार श्रीलङ्का जाँदै छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाईन्सको विमानमार्फत बिहान पौने ११ बजे थाइल्यान्डको ब्याङ्कक हुँदै श्रीलंका जाने उनका सल्लाहकार सुशिल प्याकुरेलले जानकारी दिए । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउने राष्ट्रसंघीय सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रीपाला सिरिसेना लगायत उच्च राजनीतिक नेतृत्वसँग ...
  • फेसबुक र ट्वीटरबाट स्थानीय तहको चुनाव प्रचार गर्दै हुनुहुन्छ भने होशिय… May 11, 2017 Arthatantrafacebook and twitter
    काठमाडौ। फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत आफूले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार(प्रसार गर्ने आज मध्यरातपछि होसियार हुनुपर्नेछ । मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा एस.एम.एस. फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको ...