Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • थाहा पाइराखौंःपुरानो मतदाता परिचय पत्रले भोट हाल्न पाईन्न,नयाँ लिनुस् … May 10, 2017 Arthatantravote election
    काठमाडौ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न नयाँ परिचय पत्र संकलन गर्न मतदातालाई आग्रह गरेको छ । आयोगले यस अघि बितरण गरिएको मतदाता परिचय पत्रको प्रयोग मान्य नहुने भन्दै आफ्नो मतदान केन्द्रबाट नयाँ परिचय पत्र लिन भनेको हो । आयोगका अनुसार नयाँ स्वरुपमा परिचय पत्र तयार पारिएको छ । यस अघि बितरण गरिएको मतदाता परिचय पत्रमा भएको मतदान ...
  • प्रधानन्यायाधीपछि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजेको हो माओवादील… May 9, 2017 ArthatantraBidhya Bhandari
    काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रकरण सेलाउन नपाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे आवाज उठेको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले सार्वजनिक रुपमै राष्ट्रपति बिद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । राष्ट्रपतिमाथि गम्भीर आरोप लगाउँदै किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘ज्ञानेन्द्र शाहसँग अनुचित साँठगाँठ गरेर राजतन्त्र फर्काउने ...
  • मतपेटिकाको सुरक्षाका कारण स्थानीय तहको केन्द्रमै मतगणना गरिने,तर कहिले… May 9, 2017 Arthatantraelection
    काठमाडौ। निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ । मतपेटिका ओसार–पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय ...
  • एक हप्ते उपप्रधानमन्त्रीसहित कमल थापाले सम्हालेको मन्त्रालय सम्हाल्न प… May 8, 2017 ArthatantraBIJAY-GACHHADAR
    काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन् । गच्छदारले आजै सपथग्रहण गर्नेछन् । गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले पाउने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । यसअघि यी तीनवटै मन्त्रालय कमल थापा नेतृत्वको राप्रपाले सम्हालेको ...
  • जेठ १५ मा आउनेभो कामचलाउ बजेट ! May 8, 2017 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    काठमाडौ । नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मितिमै हुने उनीहरुले बताए । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार अबेर भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे छलफल भएको थियो । ...
  • संसद बैठक ११ दिनका लागि स्थगित, किन ? May 7, 2017 Arthatantrasamsad bhaban
    काठमाडौ। व्यवस्थापिका संसद्को बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। महाभियोगको सूचनालगायतको कार्यसूचीमा दलीय सहमति नभएपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीमा दलीय विवाद थियो। सोही विवाद र चुनावका लागि भन्दै बैठक एक साताभन्दा लामो समयसम्म स्थगित भएको हो। चुनावका ...
  • प्रधानन्यायधीस कार्की आजदेखि नियमित काममा May 7, 2017 Arthatantrasushila-karki suprime court
    काठमाडौ । महाअभियोग रोक्न अन्तरिम आदेश भएपछि आइतवारदेखि सर्वोच्च अदालतमा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्की इजलासमा बसेकी छैनन् । आइतवार सर्वोच्च अदालत खुलेको केहीबेरमा प्रकाशित पेशी सूचीमा कार्कीको नाम छैन । चार दिनका लागि कामू प्रधानन्यायाधीश बनेर पुरानै वरिष्ठतम न्यायाधीशको भूमिकामा फर्किएका न्यायाधीश गोपाल पराजुलीको नाम समेत इजलासमा छैन । यी दुई बाहेक ८ वटा इजलाशहरु तोकिएका छन् । आजको ठिक एक महिनापछि ...
  • प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्किन सर्बोच्चको आदेश … May 5, 2017 ArthatantraSushila-Karki
    काठमाडौ । सर्वोच्च अदालतले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव यथावत् राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले कार्कीविरुद्धको महाअभियोग नेपालको संविधानको मर्म र भावना अनुकूल नभएको भन्दै संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव यथास्थितिमा राख्दै कार्कीलाई पुनः काममा फर्काउन अन्तरिम आदेश दिएको हो । वैशाख १७ गते प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरेको ...
  • हेर्नुहोस्,चुनावमा ४९ हजार ७१ उम्मेदवारबीच प्रतिष्पर्धा हुने May 5, 2017 Arthatantrapublic-vote-election
    काठमाडौ। यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमध्ये नगर प्रमुख–गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ र नगर उपप्रमुख–उपाध्यक्ष पदमा एक ...
  • राजीनामा दिएका गृहमन्त्री फेरी किन फर्किए गृह मन्त्रालय ? May 4, 2017 ArthatantraBimalendra Nidhi
    काठमाडौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दिएको राजीनामा फिर्ता लिएका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधीबीचको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन् । सभापति देउवाका निजी सचिव केशवराज जोशीले निधीको राजीनामा अस्वीकृत भएको बताए । उनले आजैबाट गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बुधबार बसेको बैठकले निर्वाचनको मुखमा ...