Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • निर्वाचन आयोगद्वारा आचारसंहिता अनुगमनमा कडाई May 3, 2017 Arthatantranirwachan-aayog nepal election
    काठमाडौ । निर्वाचनका लागि उम्मेदवारी दर्ता भए लगत्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र पारेको छ । आयोगले केन्द्रबाटै सचिव र सहसचिवको नेतृत्वमा हरेक जिल्लामा उच्चस्तरिय अनुगमन टोली खटाएको हो । आयोगले बुधबारबाटै उच्चस्तरको टोली खटाइसकेको छ । यस्तै निर्वाचन आयोगले आयुक्तस्तरको अर्को छुट्टै निर्वाचन आचारसंहिता अनुगमन समिति समेत खटाएको छ । आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि आयुत्तहरु इला शर्मा र नरेन्द्र ...
  • बालुवाटारमा खैलाबैला ! प्रचण्डको निर्णयमा नारायणकाजीको काउन्टर ! May 2, 2017 Arthatantraprachanda-and-narayankaji
    काठमाडौ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा घोर विरोध जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हेडक्वार्टर बैठकमा नारायणकाजीले सुशीलालाई स्वच्छ, निष्ठावान, स्वाभिमानी, निडर र व्यवसायिक ब्यक्तित्व भन्दै उनमाथि महाभियोग प्रस्ताव ल्याउनु उपयुक्त नभएको बताए । नारायणकाजीले सुशीला कार्कीको बचाउ गरेपछि अधिकांश शीर्ष नेता तथा ...
  • ‘गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ यस्तो छ एमालेको घोषणापत्र(हेर्नु… May 1, 2017 Arthatantrauml statement
    काठमाडौ । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।   एमालेले घोषणापत्रमा ०५१ सालको मनमोहन अधिकारी र २०७२ सालको केपी ओली सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई पुनस् निरन्तरता दिएको छ । ओली सरकारका कतिपय महत्त्वाकांक्षी योजनालाई पार्टीले पुनःअघि सारेको छ । एमालेको घोषणापत्रमा ...
  • महाअभियोगपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल May 1, 2017 ArthatantraKP-Prachand
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्रीको राजीनामाको भोलिपल्ट सोमबार दिउँसो प्रधानमन्त्रीले आगामी बैशाख ३१ गतेका लागि तोकिएको चुनावका विषयमा छलफल गर्न ओलीसँग भेट गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमले वैशाख ३१ को स्थानीय तहको निर्वाचन अनिश्चित बनेका बेला सिंहदरबारस्थित सभामुखको च्याम्बरमा ...
  • चुनावको मुखमा किन गरे गृहमन्त्रीले राजीनामा ? के मा निधीको आपति ? May 1, 2017 ArthatantraBimalendra Nidhi
    काठमाडौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिएका छन्। पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरिएको छ त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै ...
  • सर्वोच्चद्धारा सुडान काण्डमा तीन पूर्व आईजीपीलाई जेल सजाय Apr 30, 2017 Arthatantrasupreme-court
    काठमाडौ। सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो । पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० ...
  • एमालेको आज हुने भनिएको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित Apr 30, 2017 Arthatantrauml logo
    काठमाडौ। नेकपा एमालेको आईतबार सार्वजनिक गर्ने भनेको स्थानीय तहको चुनावको घोषणापत्र कार्यक्रम स्थगित गर्दै सोमबार मात्र सार्वजनिक गर्ने भएको छ । आइतबार दिउँसो तीन बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको एमालेले सम्पादन कार्य पूरा नभएको भन्दै कार्यक्रम स्थगित गरेको जनाएको छ । घोषणापत्र तयार भएपनि सम्पादन कार्य पुरा नभएपछि सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको एमालेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । हेर्नुहोस् ...
  • निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता उल्लंघन हुन्छ : आयोग Apr 29, 2017 Arthatantravote election
    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले दुई चरणमा हुने निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट आचारसंहिता अनुकूल नहुने निर्णय गरेको हो । वार्षिक नीति तथा ...
  • संविधान संशोधनमा सहयोग गर्न काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार Apr 29, 2017 Arthatantraoli deuwa
    भक्तपुर । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा ९एमाले०ले अस्वीकार गरेको छ । आज भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो । छलफलका लागि सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले ...
  • हाम्रोलाई हैन राम्रोलाई रोजौं, स्थानीय सरकार इमान्दार खोजौं ! Apr 29, 2017 Arthatantrakala pantha
    राष्ट्र आज नेपाली जनताको अथक सङघर्ष र बलिदान पश्चात युगान्तकारी परिवर्तनलाई आत्मसात गर्दै संघिय गणतान्त्रिक राज्यमा संस्थागत भएको छ । सयौं बर्ष देखिको अबैज्ञानिक राज्य संरचनालाइ ध्वस्त गर्दै सिङ्गो मुलुक स्थानीय निर्वाचनमा होमिएको बेला प्रवासमा रहेर पनि चुनावी माहोलमा केही कुरा राख्न मन लाग्यो । बास्तबमा बिदेशी भुमिमा रहेपनि हरेक पटक फेर्ने स्वास र धढकने मुटुमा अफ्नै देशको माया रहन्छ ...