Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • वाम गठबन्धनको घोषणापत्र सार्वजनिक Nov 7, 2017 Arthatantrauml maoo
    काठमाडौ । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने ...
  • भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न घरधनीक… Nov 6, 2017 ArthatantraRambaran_Yadav
    काठमाडौ । भाडाको घरमा बस्दै आएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गरेका छन् । सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका हुन् । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे ...
  • पाँच वर्षभित्रमा खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता Nov 5, 2017 Arthatantrauml maoo
    काठमाडौ । दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) संयुक्तपमा जनतामा गएको छ । वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, “पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइनेछ । सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गरिनेछ ।” कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गर्दै उत्पादनमा ठूलो मात्रामा ...
  • सबैभन्दा बढी प्रदेश नं ३ मा, कहाँ कति छन् मतदाता ! Nov 4, 2017 Arthatantranirwachan-aayog nepal election
    काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन् । निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल आठ लाख ४६ हजार ...
  • बामगठबन्धनको घोषणापत्र सोमबार सार्वजनिक हुने Nov 3, 2017 Arthatantrauml maoo
    सुरुङ्गा, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन् । झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने,“अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।” अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारीे ...
  • जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशील Nov 3, 2017 Arthatantraelection
    जाजरकोट । यहाँ आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्र्गीकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । १३ ओटा मतदान केन्द्रलाई सामान्य ...
  • प्रधानमन्त्री पदका लागि गठबन्धन गरेको होइनः अध्यक्ष ओली Nov 2, 2017 ArthatantraKp Oli
    विराटनगर । नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनुपर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता व्यक्त गरे । निर्वाचनपछि प्रधानमन्त्री पद आपूmलाई दिने गरी नेकपा (माओवादी केन्द्र) सँग कुनै सहमति नभएको स्पष्ट पार्दै राष्ट्रियताको संरक्षण ...
  • किन थपियो सिरहामा ६ वटा मतदान केन्द्र थप ? Nov 1, 2017 ArthatantramatadAN KENDRA
    लहान । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहामा छ वटा मतदान केन्द्र थप गरिएको छ । गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिारा यादवले जानकारी दिए । योसँगै सिरहामा अव मतदान केन्द्रको ...
  • जन्मकैदको सजायँ पाएका पूर्वसभासद बालकृष्ण ढुंगेल पक्राउ Oct 31, 2017 Arthatantrabalkrishna-dhungel
    काठमाडौ । ओखलढुंगाका पूर्वसभासद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ । ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । ढुंगेल ...
  • सांसद विकास कोषको ८५ करोड रोक्का, हेर्नुहोस कुन– कुन जिल्लाको कति ? Oct 31, 2017 Arthatantramoney
    काठमाडौँ । मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश नं २ का ७, प्रदेश ...