Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • हाम्रोलाई हैन राम्रोलाई रोजौं, स्थानीय सरकार इमान्दार खोजौं ! Apr 29, 2017 Arthatantrakala pantha
    राष्ट्र आज नेपाली जनताको अथक सङघर्ष र बलिदान पश्चात युगान्तकारी परिवर्तनलाई आत्मसात गर्दै संघिय गणतान्त्रिक राज्यमा संस्थागत भएको छ । सयौं बर्ष देखिको अबैज्ञानिक राज्य संरचनालाइ ध्वस्त गर्दै सिङ्गो मुलुक स्थानीय निर्वाचनमा होमिएको बेला प्रवासमा रहेर पनि चुनावी माहोलमा केही कुरा राख्न मन लाग्यो । बास्तबमा बिदेशी भुमिमा रहेपनि हरेक पटक फेर्ने स्वास र धढकने मुटुमा अफ्नै देशको माया रहन्छ ...
  • लमजुङमा एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल Apr 28, 2017 Arthatantrauml and maoobadi
    लमजुङ । यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच लमजुङमा तालमेल हुने भएको छ । चुनावमा गठबन्धन बनाएर अघि बढ्न सहमत भएको दुवै राजनीतिक दलका नेताले बताएका छन् । दुवै राजनीतिक दलले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा नगरपालिका, गाउँपालिका र वडा तहसम्म तालमेल गरेर जाने सहमत भएको घोषणा गरेका हुन् । नेपाल ...
  • स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति Apr 27, 2017 ArthatantraBidhya Bhandari
    काठमाडौ। आसन्न स्थानीय तहको नेपाली सेना परिचालनका लागि राष्ट्रपति विद्या भण्डारीले स्वीकृति दिएकी छन् । संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । सुरक्षा परिषद्को निर्णय अनुसार सरकारले चैत २९ गते सेना परिचालनका लागि सिफारिस गरेको थियो । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न ...
  • छाता चिह्न पाउने सम्भावना छैनः प्रमुख निर्वाचन आयुक्त Apr 26, 2017 ArthatantraAyodhi-Prasad-Yadav
    बनेपा । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका ...
  • संविधान संशोधन विधेयकलाई संसदभित्र कडा प्रतिवाद गर्ने एमाले स्थायी कमि… Apr 25, 2017 Arthatantrauml logo
    काठमाडौ । नेकपा एमालेले सरकारद्वारा संसदमा दर्ता गराएको संविधान संशोधन बिधेयक संविधानको मर्म र राष्ट्रहित विपरित रहेको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी स्थायी समितिको बैठकले राष्ट्रलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बेलामा सत्तापक्षले जनभावना विपरितको प्रस्ताव ल्याएर मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने षड्यन्त्र भएको ठहर गरेको छ । बैठकले राष्ट्रहित ...
  • यस्तो छ भोली सार्वजनिक हुने काँग्रेसको घोषणापत्र Apr 24, 2017 ArthatantraNepali Congress Flag
    काठमाडौँ । नेपाली काँग्रेसले बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि भोलि पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी केन्द्रीय कार्यालयमा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख १२ गते अपराह्न ३ बजे विशेष कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र सार्वजनिक गर्नुहुने सो पार्टीले जनाएको छ । काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने ...
  • बजेटपछि चुनाव भए एमालेले भाग नलिने Apr 24, 2017 Arthatantrauml logo
    काठमाडौ। नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रिजालले सरकारले हालै अघि सारेको नयाँ संशोधन विद्येयक एमालेकै समर्थनमा संसदबाट पारित हुने दाबी गरेका हुन् । उनले भने,‘एमालेपनि यो प्रस्तावलाई समर्थन गर्छ, मलाई लाग्छ यो प्रस्ताव सर्वसम्मतीले पारित हुन्छ ...
  • दुई चरणमा स्थानीय तहको निर्वाचनः कुन जिल्लामा कहिले हुँदैछ (हेर्नुहोस्… Apr 23, 2017 ArthatantraNepal
    काठमाडौ। सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै स्थानीय निर्वाचनमा असन्तुष्ट पक्ष सहभागी हुने करिव निश्चित भएको छ। असन्तुष्ट पक्ष समेत निर्वाचनमा सहभागी हुँदा निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ। सरकार र मधेसी मोर्चाको सहमति अनुसार पूर्व घोषित वैशाख ३१ गते तीनवटा प्रदेशमा चुनाव हुनेछ। जसमा प्रदेश ३, ४ र ६ रहेका छन्। असन्तुष्ट दलहरुको संगठनात्मक संरचना ...
  • स्थानीय तहको निर्वाचन दुई चरणमा, आयोग भन्छ सार्न सकिंदैन ! Apr 22, 2017 Arthatantra
    काठमाडौँ । सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । शुक्रबार भएको वार्तामा सरकार संविधान संशोधन विधेयकमा परिर्माजन गर्दै आफ्ना माग सम्बोधन गर्न तयार भएपछि मधेसी मोर्चाले स्थानीय सहभागी हुने बताएको थियो । साथै संशोधन विधेयकमा गरिने परिर्माजनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको थियो । पहिलो ...
  • कास्कीमा १३ दलले मात्रै राष्ट्रिय मान्यता प्राप्त Apr 22, 2017 Arthatantrathree political party of nepal
    पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा १३ दलले मात्र भाग लिन पाउने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका २३ मध्ये १० दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिनुभएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त १३ दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा नेपाल, ...