Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • यसरी सकियो कांग्रेसका तीन नेता र माओवादीका एक नेताको राजनीतिक भविष्य ! Apr 12, 2017 ArthatantraNepali Congress Flag
    काठमाण्डौं । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो । १ खुमबहादुर खड्का कांग्रेस नेता खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले ३० साउन ०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय ...
  • अब फेसबुक, ट्विटर आदिबाट निर्वाचन आचासंहिता तोडिए एकलाखसम्म जरिवाना Apr 12, 2017 ArthatantraKiev, Ukraine - August 26, 2013 - A collection of well-known social media brands printed on paper and placed on plastic signs. Include Facebook, YouTube, Twitter, Google Plus, Instagram and Tumblr logos.
    काठमाण्डौं । निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत निगरानीमा राख्ने र उल्लङ्घन भएको पाइएमा दण्ड सजायसमेत गर्ने भएको छ । सामाजिक सञ्जालबाट निर्वाचनको आचारसंहिता उल्लङ्घन भए एक लाख रुपियाँसम्मको जरिवाना गर्ने भकोछ । मन्त्रिपरिषद्को फागुन ९ गते बसेको बैठकले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिता गत फागुन १८ गतेदेखि कार्यान्वयनमा ...
  • सिलवाल र चन्दको लडाइँबीच कसरी बने अर्याल प्रहरी महानिरीक्षक ? Apr 11, 2017 ArthatantraPrakash-Aryal-New-IGP
    काठमाण्डौं । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख बनाएको हो । वरिष्ठतामा दोस्रो नम्बरमा रहे पनि कार्यासम्पादनमा पहिलो नम्बरमा रहेका अर्यालले आफ्नो दाबी भने जोडदार रूपमा प्रस्तुत गरेका थिएनन् ...
  • उम्मेद्वार छनौटमा विवाद हुँदा कांग्रेसमा कुटाकुट Apr 9, 2017 ArthatantraNepali Congress Flag
    सुनसरी । स्थानीय तहको चुनावमा उम्मेद्वारको नाम सिफारिस गर्ने विषयमा आपसी विवाद हुँदा नेपाली कांग्रेस रामधुनी नगरमा विवाद उत्पन्न भएको छ । विवादका कारण नगर सचिव दिलकुमार राईमाथि कुटपिट भएको छ । शुक्रबार राति झुम्का बजारमा तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलाको नेतृत्वमा रहेका कार्यकर्ताहरुले राईलाई कुटपिट गरेको राई निकटहरुले आरोप ...
  • एमाले अध्यक्ष ओली एक साताका लागि थाइल्याण्ड प्रस्थान Apr 8, 2017 Arthatantrakp-oli
    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ओली दिउँसो साढे १ बजे टिजी एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष ओलीले बैंककमा रहेको समितिभेज अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउने उनको निजी सचिवालयले जनाएको छ। मृगौला प्रत्यारोपण गराएका ओलीेले यसअघि थाइल्याण्डको बैंककमा रहेको समितिभेज अस्पतालमै स्वास्थ्य परीक्षण गराएका थिए । ओलीसँग ...
  • उपप्रधानमन्त्रीको बरिष्ठता विवाद साह्रै लाजमर्दाै भोः एमाले Apr 7, 2017 Arthatantrauml logo
    काठमाडौ। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले दुई उपप्रधानमन्त्रीको वरिष्ठता विवाद लाजमर्दो भएको टिप्पणी गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद एवं सचिव भीम आचार्यले उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण झण्डै एक महिनादेखि मन्त्रिपरिषद् बैठक बस्न नसक्नु लाजमर्दो भएको भएको बताए । उनले भने, ‘दुनियााका अगाडि नेपालीको शिर निहुरिने अवस्था आएको छ ।’ उनले सर्वोच्च अदालतको आदेश ...
  • गृहमन्त्रीबाट निधि बाहिरिँदै, आउने भए गोपालमान श्रेष्ठ Apr 7, 2017 ArthatantraNepali Congress Flag
    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीमध्ये कमल थापालाई वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषद्मा बस्न नहुने निजी फैसला सुनाएका थिए । करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए ...
  • मेलम्चीको निर्माण दशैं अघि नै सम्पन्न गर्न सरकारलाई लेखाको निर्देशन Apr 4, 2017 Arthatantramelamchi-project
    काठमाडौ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ । समितिले मंगलबार खानेपानी तथा सरसफाई मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि नै सक्न निर्देशन दिएको छ । साथै प्रत्येक महिना प्रगति विवरण पेश गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई भनेको छ ...
  • एनसेलको कर भुक्तानीका विषयमा के भन्लान् प्रधानमन्त्रीले ? Apr 4, 2017 ArthatantraNewly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar
    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा आइतबार जानकारी दिने भएका छन्। समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए। रासससँग कुरा गर्दै सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको ...
  • के अब परराष्ट्र मन्त्री कारवाहीमा पर्लान् त ? Apr 3, 2017 Arthatantraprakash sharan mahat
    काठमाण्डौं । संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिले परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । साथै खाडी मुलुकमा घरेलु कामदार नपठाउन भनेको छ । श्रम समितिले खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको बताएको छ । मन्त्रालयले महिला तस्करी रोक्न दूताबासहरुले ध्यानाकर्षण गराउँदा पहल नगरेको तथा त्यसमा संलग्न एजेण्डहरुलाई कारबाही नगरेको समितिको ...