Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन: महासचिव पोख्रेल Mar 26, 2017 ArthatantraIshwor-Pokhrel.
    पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले देशमा राजनीतिक सङ्क्रमणको अन्त्य तथा संविधान कार्यान्वयनसहित मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प नरहेको बताए । महासचिव पोख्रेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जिम्मेवार राजनीतिक दलका हैसियतले एमाले क्रियाशील रहेको ...
  • प्रधानमन्त्री कार्यालयबाटै संविधान उल्लंघन Mar 26, 2017 ArthatantraSingha-Darbar
    काठमाडौ। विगत १६ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन संसदमा पेस भएको छैन । प्रत्येक वर्ष आयोगको वार्षिक प्रतिवेदन सरकारले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । मानव अधिकार आयोग संवैधानिक अंग भएकाले उसले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने र सो प्रतिवेदन प्रधानमन्त्रीले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । तर, आयोग स्थापनादेखि नै संसदमा प्रतिवेदन पेस हुन सकेको छैन । २०६४ सालदेखि संसदको ...
  • निर्वाचनको तयारी तीव्र गतिमा:निर्वाचन आयुक्त यादव Mar 25, 2017 Arthatantraelection
    विराटनगर। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदातापत्र छपाइलगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताएका छन् । स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन वैशाख ३१ गते निर्धारित समयमै हुने र निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताए । प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि ...
  • नेकपा एमाले नेता कार्यकर्तालाई कर नतिर्ने एनसेल प्रयोग नगर्न आग्रह Mar 25, 2017 ArthatantraNcell-logo1
    काठमाडौ। अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ । अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर सबै नबुझाएसम्म प्रयोग नगर्न आग्रह गरिएको सचिव आरसी लामिछानेले जानकारी गराए । लामिछानेका अनुसार बैठकले आइतबार अर्थमन्त्री र लेखा समितिका सभापतिलाई कर तिराउँदा दबाब दिनका लागि ...
  • नेपाल आइपुगे चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान Mar 23, 2017 Arthatantrachinese defence minister
    काठमाण्डौं । चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि आएका हुन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछन्। लगत्तै उनले रक्षामन्त्री बालकृष्ण खाँडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। दुवै रक्षामन्त्रीको उपस्थितिमा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न कार्यक्रम छ। उनले शुक्रबार ...
  • गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले आज दियो ६ लाख राहत रकम Mar 23, 2017 Arthatantra(Maoist) (UCPN-M
    कञ्चनपुर । भारतीय सीमा सुरक्षा बलले हत्या गरेका शहीद गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले घोषणा गरेको ६ लाख राहत रकम आज हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रकी नेता बिना मगरले कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारस्थित शहीद गौतमको परिवारलाई भेटेर राहत रकम हस्तान्तरण गरेकी हुन् । यसअघि गौतको १३ दिनको पुन्यतिथीमा माओवादी केन्द्रका नेता तथा कृषिमन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रले शहीद परिवारलाई पार्टीको तर्फबाट ...
  • राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १… Mar 22, 2017 Arthatantravote election
    काठमाडौ। अब समानुपातिक प्रणालीतर्फ तीन प्रतिशत पाउने र प्रत्यक्षतर्फ एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएको छ । संसद्को राज्यव्यवस्था समितिले राजनीतिक दलसम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो। समितिले पारित गरेको विधेयकमा साना पाँच दलले भने फरक मत राखेका छन्। फरक मतमा मधेस केन्द्रित दलहरु भने सहभागी छैनन्। लामो विवादपछि राष्ट्रिय दलको मान्यता पाउनका लागि कम्तीमा ...
  • आईजिपी नियुक्तिमा चन्दलाई झड्का, सिलवाललाई बाटो खुल्ला ! Mar 21, 2017 ArthatantraIgp run chand-and-silwal-
    काठमाडौ । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको छ । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको विवादको टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो । ...
  • वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत Mar 21, 2017 Arthatantrasamsad bhaban
    काठमाडौ। व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए । सांसदहरुले राखेको जिज्ञासाबारे जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा ...
  • फेसबुक चलाउँदा ध्यान दिनुस्, नत्र १ लाख जरिवाना तिर्नुपर्ला Mar 21, 2017 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि आचार संहिता कार्यान्वयनमा आइसकेको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र ट्विटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्न सक्छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्न सक्छ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन ...