Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • एमालेको मेची–महाकाली अभियान पुनः भोलिदेखि Mar 8, 2017 Arthatantrauml logo
    चितवन। सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान भोलिबाट पुनः हेटौंडादेखि सुरु हुने भएको छ । नेकपा (एमाले) चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत ¥याली र आमसभा गर्ने जनाएको छ । जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताए । बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार ...
  • व्यापारी र मोर्चाका नेता कार्यकर्ताबीच वीगन्जमा झडप ! Mar 8, 2017 ArthatantrajL/uGhdf em8k
;+o'Qm nf]stflGqs dw];L df]rf{sf g]tf sfo{stf{ / Jofkf/LaLr a'waf/ jL/uGhsf] 3G6f3/ rf]sdf ePsf] em8kdf ;'/IffsdL{ kl/rflnt x'Fb} . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;
    पर्सा। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । व्यापारी र आन्दोलनकारीबीचको झडपका ...
  • एमालेले भन्यो सप्तरी घटनाका मुख्य दोषी गृहमन्त्री, निधिले के भन्लान् अ… Mar 7, 2017 Arthatantracpn uml
    काठमाण्डौं । नेकपा एमालेले सप्तरी घटनाको विषयमा गृहमन्त्री विमलेन्द्र निधिले स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा तीन जनाको ज्यान गएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेको यस्तो धारणा राखेको हो । कार्यक्रममा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र बलका प्रमुखहरुलाई फिर्ता बोलाउने गृह प्रशासनको ...
  • अब चालिस वर्षमाथिकालाई ‘युवा’ भन्न नपाइने Mar 7, 2017 ArthatantraYouth
    काठमाडौ । सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो । मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याई राष्ट्रिय विकासको मूल प्रवाहमा एकीकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा परिषद् ऐन, ...
  • बैशाखमा हुने निर्वाचनमा पुरानो परिचयपत्र काम नलाग्ने Mar 6, 2017 ArthatantraElection-Commission-Voters-IDCard
    काठमाण्डौं । निर्वाचन आयोगले नयाँ मतदाता परिचय पत्र छाप्ने भएको छ । निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावका लागि ०७० सालको निर्वाचनमा प्रयोग भएको मतदाता परिचय पत्रलाई मान्यता नदिने निर्णय गरेको छ । नयाँ निर्वाचन ऐनले मतदातालाई मतदानको लागि अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था गर्न भनेकाले नयाँ मतदाताका लागि नयाँ परिचयपत्र छपाउन लागेको आयोगले जनाएको छ । अब ...
  • मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने,एमालेको मेची–महाकाली अभियानको प्रध… Mar 5, 2017 Arthatantraelection
    विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि ...
  • प्रधानमन्त्रीले भने चुनावअघि सत्ता गठबन्धन फेरिन्न ! Mar 5, 2017 ArthatantraNewly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar
    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनअघि बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको सम्भावना समेत तत्काल नरहेको बताएका हुन्। प्रचण्डले सरकार फेर्ने विषयले निर्वाचन प्रभावित हुने समेत बताए।उनले भने ‘आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको ...
  • एमालेले जनताबाहेक अरूको कसैको आदेश मान्दैनः अध्यक्ष ओली Mar 4, 2017 ArthatantraKp Oli
    झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् । आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको बताए । उनले भने, “एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अधिकार ...
  • भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे – सभापति देउवा Mar 3, 2017 Arthatantraser bahadur
    काठमाडौ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भागवण्डा चाहिन्न भन्नेले नै धेरै भाग खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको शुभारम्भ गर्दै उनले अहिले प्रजातन्त्रमाथि आएको चुनौतीलाई समाधान गर्न बुद्धिजीवीले पार्टीलाई सुझाव दिनुपर्ने उल्लेख गर्दै भने, “नयाँ नेतृत्वका लागि चुनाव गर्नुस्, चुनावले प्रजातन्त्र बलियो गर्छ, भागबन्डाबाट वाक्क भए, भागबन्डा चाहिन्न भन्नेले धेरै भाग मागेका ...
  • चुनावी चहलपहल यसरी बढ्यो Mar 2, 2017 Arthatantravote election
    दाङ। निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक आन्तरिक तयारीमा लागेका छन् । जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ । गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, ...