Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • मागेर मुलुक समृद्ध बन्दैन भन्दै एमाले नेता लालबाबु पण्डित किन झापातिर … Feb 13, 2017 Arthatantralalbabu-pandit
    झापा। नेकपा (एमाले) का नेता लालबाबु पण्डितले अब मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्ने बेला आएको बताएका छन् । झापाको खुदुनाबारी गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सामान्यप्रशासन मन्त्री पण्डितले मागेर मुलुक समृद्ध नहुने बताए । एमालेले देशव्यापी जागरण अभियान सञ्चालन गरेर परिवर्तनको पाइला चालेको उनको भनाइ थियो । मुलुकको राष्ट्रियताको जगेर्ना एमालेले मात्र गर्नसक्ने जिकिर गर्दै नेता ...
  • नयाँ शक्ति पार्टी पनि अब संसदमा प्रवेश Feb 12, 2017 ArthatantraBaburam Bhattarai
    काठमाण्डौँ । डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि अब संसदमा पुग्ने भएको छ। थरुहट तराई पार्टी लोकतान्त्रिक र नयाँ शक्ति नेपालबीच एकीकरण भएपछि नयाँ शक्ति नेपाल संसदमा पुग्नेछ। सोमबार एकीकरणको घोषणा गर्ने तयारी दुवै दलले गरेका छन्। त्यसपछि पार्टीको नाम ‘नयाँ शक्ति नेपाल’ रहनेछ। थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद गंगा चौधरी नयाँ शक्तिको संसदीय दलको नेता बन्नेछिन्। नयाँ शक्ति नेपालका खिमलाल देवकोटाले ...
  • केपी ओलीका प्रश्नमा प्रचण्डको जवाफ यस्तो ! Feb 11, 2017 ArthatantraKP-Prachand
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । ओलीः निर्वाचनको मिति घोषणा गर्ने कुरा मात्र आइरहेको छ । तर, घोषणा गर्नुहुन्न । सरकारले किन मिति घोषणामा ढिलाइ गरिरहेको हो ? पहिले तत्काल निर्वाचनको ...
  • एमाले र मधेसी मोर्चाबीच यसरी भईरहेको छ गोप्य संवाद,अब राजनीतिमा के हुन… Feb 10, 2017 ArthatantraMadhesi
    काठमाडौ । डेढ वर्षयताको तिक्तता मेट्दै एमाले र मधेसी मोर्चा नेताहरु संवादमा सक्रिय भएका छन्। १६ बुँदे सहमति र संविधान निर्माणसगै बढेको दूरी घटाउन दुवै पक्षको शीर्ष नेतृत्वको सहमतिमा दोस्रो तहका नेताहरु यो साताभरि भेटवार्ताहरुमा अग्रसर भए। तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलका दोस्रो तहका नेताहरुले एमाले पक्षसँग संवाद गरिरहेको खुलाए। एमाले नेताहरुले पनि ठाकुरको भनाई पुष्टि गर्दै मोर्चासग कुराकानी भइरहेको ...
  • सत्ता पक्षले चुनाव गर्न नचाहेको बामदेव गौतमको आरोप ! Feb 9, 2017 ArthatantraBamdev-Gautam
    बर्दिया। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सत्तामा रहेका दलले नै निर्वाचन नचाहेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल बर्दियाले आज गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले सो कुरा बताएका हुन् । अहिले सत्तामा रहेका दलको पछिल्लो क्रियाकलापले उनीहरुले नै निर्वाचन नचाहेको आरोप लगाउँदै गौतमले नेकपा (एमाले) चुनावमा जान तयारी अवस्थामा रहेको बताए । उनले ५ नम्बर प्रदेश ...
  • चुनावमा स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र किन प्रयोग नगर्ने ? Feb 9, 2017 Arthatantravote election
    काठमाडौ। सरकारले गर्न लागेको स्थानीय निर्वाचनमा स्वदेशमै बनेको नेपाली मतदान यन्त्र (भोटिङ मेसिन)लाई प्रयोग गर्न विज्ञले सुझाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रलगायत सङ्घसंस्थाले आयोजना गरेको अन्तरक्रियामा स्वदेशमा वैज्ञानिक उत्पादन गरी विज्ञान तथा प्रविधिको विकास गर्नका लागि देशभित्र निर्माण गरिएका त्यस्ता मेसिनको उपयोग गर्नुपर्ने सुझाएको छ । उनीहरुले स्वदेशमै निर्मित मेसिनको उपयोग किन नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ? निर्वाचन आयोगले सो ...
  • डन दीपक मनांगे मनाङ जिल्ला अध्यक्ष ! Feb 8, 2017 ArthatantraDeepak Manage
    काठमाडौ । डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन्। बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए। मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए। हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो। प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक ...
  • एमाले पार्टीको रणनीति बदलियो Feb 7, 2017 Arthatantracpn uml
    काठमाडौ । स्थानीय निर्वाचन मिति घोषणा भएको स्थितिमा संविधान संशोधन प्रस्ताव छलफलपछि मतदानबाट टुंग्याउन अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुगेको एमालेले पार्टीको रणनीति बदलेको छ। प्रस्तावको विपक्षमा मतदान गर्ने गरी सदन खुलाउने निष्कर्षमा पुगेको एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले जसरी पनि संशोधन पारित गरेपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने मोर्चासँग सहमति गरेपछि रणनीति बदलेको हो। ‘शेरबहादुरजीले विपक्षीबाट चोरेर भए पनि संशोधन ...
  • माओवादी विद्रोहीसँगको बार्ता अन्त्य,सिपाईहरुलाई युद्धको तयारी गर्न निर… Feb 5, 2017 Arthatantramaoiest like
    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गरेका छन् । माओवादी विद्रोहीहरुले शान्ति बार्ता अन्त्य भएको घोषणा गरेको केहीदिनपछि राष्ट्रपति डुटेर्टेले पनि सरकारको तर्फबाट बार्ता अन्त्य गरेका हुन् । फिलिपिन्समा लामो समयदेखि भएको रक्तपातपूर्ण द्वन्द्वलाई अन्त्य गर्न भन्दै केही समयअघि सरकार र माओवादी विद्रोहीकाबीचमा शान्ति बार्ता सुरुभएको थियो । शनिबार साँझ उनले भने, “मैले हाम्रा सिपाइहरुलाई ...
  • नेपाल–भारत सीमा बन्द हुँदै,हेर्नुस कारण के हो ? Feb 5, 2017 ArthatantraNepal India Border
    कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए । आगामी फागुन ३ गते निर्वाचन तोकिएकाले फागुन १ ...