Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • काँग्रेस र राप्रपाबीच असन्तुष्टि बढ्यो Oct 30, 2017 Arthatantrarpp-congress
    काठमाडौ । झापा क्षेत्र नं ३ मा उम्मेदवारी दिने विषयमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच केही असन्तुष्ट बढेको छ । झापा क्षेत्र नं ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत उक्त स्थानमा आफू उठ्ने अनौपचारिक रुपमा घोषणा गरेसँगै दुई पार्टीमा केही असमझदारी बढेको छ । काँग्रेसले केही साता अगाडि सिटौलाको नामलाई समानुपातिकको ...
  • वामगठबन्धनको घोषणापत्र तयार,आफ्नो गाउँ आफै बनाऔंदेखि नेपालको पानी जनता… Oct 29, 2017 Arthatantrauml maoo
    काठमाडौ। ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्नेसमेत ...
  • दोहोरो नागरिकता भएकाले उपप्रधानमन्त्री अयोग्य ठहर,बहुमत गुम्यो अब ! Oct 27, 2017 Arthatantrapassport passport
    क्यानबेर्रा । अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिएका छन् । उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिएका जोयस लिवरल नेशनल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुन् । उनीहरुसँग दोहोरो नागरिकता रहेकाले उनीहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो । अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको ...
  • भोट फकाउन तरकारीको बीउ ! Oct 27, 2017 Arthatantraseed
    खोटाङ । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बनेका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन् । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन् । तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको ...
  • संविधान कार्यान्वयन गराउन निजामती सेवा समर्पित Oct 25, 2017 Arthatantraconstituation
    काठमाडौँ । नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरुप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताए । आजदेखि आफ्नो पदको कार्यभार सम्हाल्दै उनले भने – “मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यही कामका दत्तचित्त रहन्छु, यही नै मेरो प्राथमिकता हो ।” मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वोच्च ...
  • अब कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने Oct 24, 2017 Arthatantraoffice head
    बैतडी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ । निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको ...
  • मुख्य सचिवमा रेग्मी नियुक्त,अर्थचिवमा अधिकारी Oct 23, 2017 ArthatantraSingha-Darbar
    काठमाडौ । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उनी २४औँ मुख्य सचिव बनेका हुन् । रेग्मी २०७० साउनमा सचिवमा बढुवा भएका थिए । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश लिँदै छन् । बैठकले शंकरप्रसाद अधिकारीलाई अर्थ ...
  • मालेका एक्काइस केन्द्रीय सदस्य सहित १ सय कार्यकर्ता एमालेमा प्रवेश Oct 20, 2017 Arthatantrauml logo
    काठमाडौ । नेकपा .(माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमालें) को केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद्हरु अइन्द्रसुन्दर नेम्वाङ र गंगा चौधरी, पोलिटब्युरो सदस्यहरु पुण्य गौतम ‘विश्वास’, वीरेन्द्र थपलिया, रूपकबहादुर देउवा, नीलमणि बराल, हिक्मत देउवा तथा केन्द्रीय सदस्यहरु तथा नेताहरु रोहित केसी, इन्द्रकुमार ...
  • धादिङमा यसरी भयो बाम तालमेल र क्षेत्र निर्धारण Oct 20, 2017 Arthatantrauml and maoobadi
    काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको क्षेत्र निर्धारण टुंगिएको छ । विहिबार क्षेत्र निर्धारण कार्यदलले क्षेत्र बाँडफाँट समेत टुंग्याएको हो । कार्यदलको सिफारिस अनुमोदनका निम्ति पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा शुक्रबार विहानैदेखि बैठक चलिरहेको छ । बैठक उम्मेदवारको समेत टुंगो लगाउने गरी शुरु भएको हो । धादिङ जिल्लामा प्रदेश र प्रतिनिधि सभा गरी छ क्षेत्र मध्य चार ...
  • मन्त्रीद्वारा राजीनामा,प्रधानमन्त्रीद्धारा सार्वजनिकरुपमा धन्यवाद ! Oct 19, 2017 ArthatantraI Resign Concept
    लिस्बोन । पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिनुभएको छ । भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उनले बुधबार राजीनामाको घोषणा गरेका हुन् । आफ्नो राजीनामा पत्रमा उनले भनेका छन्, “यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु । त्यसैले ...