Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • हेलिकप्टरबाटै ग्रामिण भेगका भूकम्प प्रभावितलाइ पैसा बितरण ! Jan 24, 2017 ArthatantraParliamentrain handover cash to Earthquake Survivor of Pakali VDC Okhaldhunga
    ओखलढुंगा । ओखलढुंगाको दुर्गम तथा पर्यटकीय गाबिस पोकलीका जनताले आफ्नै गाउँमा भूकम्प प्रभावितको पहिलो किस्ता पाएका छन् । जिल्लाका सभासद रामहरी खतिवडाको पहलमा  हेलिकप्टरमार्फत गाउँमै पैसा पुर्याएर गाउँलेहरुलाई प्रदान गरेका हुन् । ४ सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले २ करोड ३३ लाख रुपैयाँ बितरण गरिएको थियो । दलिय स्वार्थभन्दा माथि रहेर कार्य गरेका कारण हेलिकप्टरमा जनताको घरसम्म पैसा पुर्याउन ...
  • बिजुली चोरी काण्ड : ऊर्जामन्त्री र प्राधिकरणका कर्मचारीहरु संसद्को घेर… Jan 23, 2017 ArthatantraLoad-shedding
    काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका यसअघिका प्रमुख, ऊर्जा सचिव र ऊर्जा मन्त्रीहरुलाई पनि छानबिनको घेरामा ल्याउनु पर्ने माग संसदमा उठेको छ।  वार्षिक १३ अर्बको बिजुली चोरी गर्ने १२ कर्मचारीलाई हिजो प्रहरीले पक्राउ गरेको समाचारपछि नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले संसदमा बोल्ने क्रममा यस्तो माग राखेकी हुन्। ‘बिजुली चोरीमा ठूला उद्योगी व्यापारी र विद्युत प्राधिकरणका कर्मचारीहरु नै संलग्न भएको ...
  • नेपालको आर्थिक बृद्धिदर ५.५ हुने मुद्रा कोषको प्रक्षेपण Jan 23, 2017 ArthatantraInternational_Monetary_Fund_logo.svg
    काठमाण्डौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आईएमएफको टोलीले जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेको छ । र, चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर सरकारको लक्ष्य भन्दा एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ६.५ प्रतिशत आर्थिक बृद्धि ...
  • अब अपाङ्ग महिलासँग बिहे गर्नेले घर र दुई लाख रुपैयाँ पाउने Jan 23, 2017 ArthatantraWedding
    नयाँ दिल्ली ।  मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीले अनौठो घोषणापत्र जारी गरेको छ । भारतको उत्तर प्रदेशमा आगामी फ्रेबुअरीमा विधानसभाको चुनाव हुँदैछ । सो चुनावमा मोदीको पार्टीसँग प्रतिस्पर्धा गर्नका लागि उसले कांग्रेस आइसँग चुनावी गठबन्धनसमेत गरेको छ । मुख्यमन्त्री अखिलेशको समाजवादी पार्टीको घोषणापत्रमा कुनै व्यक्तिले अपाङ्ग महिलासँग विवाह गरेमा त्यो जोडीलाई सरकारले एउटा घर र दुई लाख रुपयाँ प्रदान गर्ने आश्वासन ...
  • विद्युत चोरीको केसमा नेपाल बिद्युत् प्राधिकरणका १६ जना पक्राउ Jan 22, 2017 Arthatantraelectricity
    काठमाडौ । विद्युत चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा मिटर बिगार्ने, उल्टो घुमाएर रकम कम उठेको देखाइ थोरै रकम तिराउनेजस्ता कार्यमा संलग्न प्राधिकरणका ११ जना कर्मचारीसहित १६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने बहालवाला कर्मचारीमा नेपाल विद्युत् प्राधिकरण, बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, बानेश्वर ...
  • राजनीतिक गतिरोधको गाँठो फुक्नसक्छः सचिव ज्ञवाली Jan 21, 2017 Arthatantrapradeep-gyawali
    म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । प्रेस चौतारी, म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाँती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताए । “सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संविधान कार्यान्वयनको ...
  • संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्रीसँग कबुल गरेको छैन: मन्त्री खड्… Jan 20, 2017 ArthatantraPrem-bdr-singh-ans-kumar-khadka
    काठमाडौ । नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री प्रेम बहादुर सिंहले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुन सक्ने बताएका हुन् । उनले भने,‘संविधान कार्यान्वयन नै अहिलेको आवश्यकत्ता हो, कार्यान्वयन गर्दै जाँदा जटिलता आयो भने संशोधन ...
  • प्रचण्ड सरकारसँग माओवादीकै वकिलहरु रिसाए ! Jan 20, 2017 ArthatantraRaman Shrestha
    काठमाडौ। सरकारका कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता रमन श्रेष्ठले सरकारी कार्यालयहरुमा निजी क्षेत्रबाट कानूनी सल्लाहकारहरु राख्न नपाउन दिएको निर्देशनबाट देशभरिका वकिलहरु रिसाएका छन् । स्वयं माओवादीकै वकिलहरुले पनि आफ्नै पार्टीका महान्यायाधिवक्ताको चर्काे आलोचना गरेका छन् । माओवादीका वकीलहरुले महान्ययधिवक्ताको यो भनाईलाई वाहियात भनेका छन् । महान्यायाधिवक्ता श्रेष्ठले विहीबार नेपाल सरकारका मुख्यसचिव, उच्चपदस्थ सरकारी अधिकारी एवं सुरक्षा अंगका प्रमुखहरुलाई भेला गराएर कानूनी सल्लाहकारका ...
  • अकश्मात् पूर्वराष्ट्रपति अस्पताल भर्ना ! Jan 19, 2017 ArthatantraRamBaran Yadhav
    काठमाडौ। पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन् । नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न ३ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा चिकित्सकको सुझाव अनुसार केही दिनका लागि भर्ना गरिएको छ । उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न ...
  • थप २ को सपथसहित ४३ सदस्यीय जम्बो मन्त्रिपरिषदको नेतृत्व गर्दै प्रचण्ड … Jan 19, 2017 ArthatantraPrem-bdr-singh-ans-kumar-khadka
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साना दलबाट दुई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै प्रचण्ड सरकार ४३ सदस्यीय भएको छ । समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बनेका हुन् । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिएको छ । दुबैमन्त्रीले बिहीबार नै राष्ट्रपति ...