Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • कर्मचारी फेर्न अर्थमन्त्रीको यस्तो निर्देशन ! Jan 19, 2017 Arthatantrakrishna bahadur mahara1
    काठमाडौ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने“एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार सुधारका लागि जोड दिँदै भने, “एउटै कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्न भएन ।” वर्षौंदेखि ...
  • ‘बिदेशी दुतावासको भात खाएर संविधान संशोधनको कुरा गर्नेलाई जेल हाल्नुपर… Jan 18, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए । उनले भने, संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजादा नजाँदै चुनाव रोकिएन,लअहिले आएर दुईचार ...
  • प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने ! Jan 18, 2017 ArthatantraA Black Man Cheerfully Cleans The Floor Using A Broom
    काठमाडौ। राजधानीका सडकमा धुलो अत्यधिक बढेको र नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेकोे जनगुनासो बढ्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं कुचो लिएर सडक बढार्न निस्कने तयारीमा जुटेका छन् । राजधानीमा धुलो र धुँवाका कारण प्रदुषण उच्च स्तरमा पुगेको भन्दै यो तयारीमा प्रचण्ड पुगेको बताईएको छ । सरकारले यस अभियानमा जनतालाई पनि झाडु बोकेर सडकमा आउन अपिल गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ...
  • सबै दल मिलेपनि अबको चुनावमा एमाले नै अगाडि हुने उपाध्यक्ष गौतमको दाबी Jan 17, 2017 ArthatantraBamdev-Gautam
    काठमाडौ। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको निर्वाचनमा सबै राजनीतिक दल मिले पनि एमाले अगाडि हुने दाबी गरेका छन् । अनेरास्ववियुद्वारा सञ्चालित ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३’ को उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गौतमले सरकारभन्दा पनि तत्काल निर्वाचन गर्नुपर्नेमा एमालेको जोड रहेको बताए । संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर सत्तारुढ दलले फकाउने प्रयास गरिरहेको उनको आरोप ...
  • अर्थमन्त्री महराद्धारा सुन तस्करीमा संलग्नलाई कारबाहीको चेतावनी Jan 17, 2017 ArthatantraKrishna-bahadur-mahara
    काठमाडौ। सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिएका छन् । मन्त्रालयले एक विज्ञप्ति जारी गरी सुन बरामद भएको घटनालाई लिएर मन्त्री महराको चरित्र हत्या गर्ने ढङ्गले समाचार प्रकाशन भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ...
  • भुकम्पले क्षतिग्रस्त सिंहदरबारलाई २५ करोडमा रेट्रोफिटिङ गरिने Jan 16, 2017 Arthatantrasinghadurbar afer earthquake nepal
    काठमाण्डौं । डेढ वर्षसम्म चलेको विवाद टुंग्याएर भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय भएको छ । २०३९ सालमा आगलागीपछि बनाइएको भवनलाई सचिवालयले रेटोफिट गर्न लागेको हो । सचिवालयले मूल भवनलाई भत्काएर नयाँ बनाउने प्रस्ताव गरेको थियो, तर पुरातत्व विभागले असहमति जनाएपछि सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई रेट्रोफिटिङमार्फत प्रवलीकरण गर्न भन्दै टेण्डर निकाल्ने अन्तिम तयारी गरेको छ । यसका लागि ...
  • आउँदो जेठमा निर्वाचन ! Jan 15, 2017 ArthatantraSurendra-karki
    विराटनगर। सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले आउँदो जेठ महिनामा निर्वाचन हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने जानकारी दिए । मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पारे । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा ...
  • शसस्त्रद्धन्दकालमा विस्थापित बैंक शाखा उद्घाटन गर्दै अर्थमन्त्रीः सबैल… Jan 14, 2017 ArthatantraDPM Krishna Bahadur Mahara returns from China
    बागलुङ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको उद्घाटन गरे । सशस्त्रद्वन्द्वमा विस्थापन भएपछि सो शाखा हालै मात्र पुनःस्थापना भएको हो । सो अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा जोड दिए । नागरिकको घर–घरमा बैंकिङ सेवा पुग्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ ...
  • पोल्ट्री व्यवसायमा आयकर छुट र टहरा बनाउन सहुलियत दिने प्रधानमन्त्रीको … Jan 13, 2017 ArthatantraPrachanda
    काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताएका छन् । नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा सरकारले अव विशेष ध्यान दिने प्रतिवद्धता जनाए । प्रधानमन्त्री दाहालले सामान्य सुधारको ढङ्गबाट होइन, तत्काल परिणाम देखिने काम होस् भन्ने आफूले चाहेको बताउँदै ...
  • एमाले मोरङको अध्यक्षमा ढकाल निर्वाचित Jan 13, 2017 ArthatantraBinod Dhakal
    विराटनगर। नेकपा (एमाले)मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ । गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई ६ मतको अन्तरले पराजित गरेका हुन् । कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी रेग्मीले ३३४ मत प्राप्त गरेका थिए । त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ...