Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • संविधान संशोधन विधेयकलाई समर्थन गर्न सकिन्नः कमल थापा Jan 12, 2017 ArthatantraKamal Thapa
    काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताएका छन् । आज आयोजित एक कार्यक्रममा उनले सरकारले ल्याएको सो विधेयक राष्ट्रको हित अनकूल नरहेकाले त्यसलाई स्वीकार्न नहुने बताए । अध्यक्ष थापाले मुलुकमा करिब ७० लाख युवामध्ये ५० लाख बिदेसिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका परियोजना सञ्चालन गरी ती युवालाई फर्काउनुपर्ने धारणा व्यक्त गरे । पार्टीका ...
  • दश दिनभित्रै चुनावको मिति घोषणा हुन्छः खनाल Jan 12, 2017 ArthatantraChakrapani-Khanal-Baldev
    काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने जिकिर गरे ।  “संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुन्छ,  आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने सरकारको तयारी छ” उनले भने । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका ...
  • जातीको आधारमा प्रदेश सीमाङ्कन घातकः कांग्रेस नेता भण्डारी Jan 12, 2017 Arthatantrachandra-bhandari
    रोल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमाङ्कन हुन लागेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । ५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा बुधबार भएको जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड ...
  • सरकारले राष्ट्रहित अनुकूल काम गर्न सकेन: अध्यक्ष ओली Jan 11, 2017 Arthatantrasf7df8f}+df cfof]lht g]skf Pdfn]sf] sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;
    दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् । झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र जनताका हितविरुद्ध रहेको जिकिर गरे । वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा ...
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा ज्ञवाली हटाइए, फेरि आए पोखरेल Jan 11, 2017 ArthatantraSushil Gyawali
    काठमाण्डौं । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । अघिल्लो मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पुनः २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता ...
  • संसद्बाट पारित भयो वाफिया : १० वर्षे संस्थापक सेयर अब साधारण हुने Jan 10, 2017 Arthatantrasamsad bhaban
    काठमाण्डौं । संसद्ले आज मंगलबार तथा बित्तीय संस्था सम्वन्धी विधेयक पारित गरेको छ। संसद्को अर्थ समितिले परिमार्जन सहितको बैंक तथा बित्तीय संस्था सम्बन्धी विधेयक सोमबार पुनः संसदमा पेश गरेको थियो। संसदमा टेबुल भएको भोलिपल्ट विधेयक पारित भएको हो। अब राष्ट्रपतिबाट प्रमाणित भएपछि वाफिया कार्यान्वयनमा आउने छ। वाफियामा संवैधानिक पदमा रहेका व्यक्ति बैंक तथा बित्तिय संस्थाको सञ्चालक बन्न नपाउने, दश बर्ष पुगेको ...
  • सेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान सकिँदैन– अर्थमन्त्री महरा Jan 10, 2017 ArthatantraKrishna-bahadur-mahara
    काठमाण्डौं । मंगलबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक वाफिया पारित हुनुअघि सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कृष्णबहादुर महराले सेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान नसकिने बताएका छन् । उनले भने, ‘हाम्रो संविधानमै व्यवस्था छ, समाजवाद उन्मुख अर्थतन्त्र । त्यसैले सेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान सकिँदैन ।’ उनले निजी क्षेत्र र सेयर बजारको विकास नगरी समाजवादमा जान नसकिने दोहोर्याउँदै बजारको ...
  • झापा पुगेर ओलीले भने संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैन Jan 10, 2017 ArthatantraKp oli
    दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउँदै संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो मुलुकलाई निर्वाचनमा लैजान आवश्यक रहेकोमा जोड दिएका छन् । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए । “मुलुकलाई अखण्ड राख्न एमाले सधैँ ...
  • ‘नेपालको पानी : जनताको लगानी’मा अनलाईनबाटै यसरी भर्नुहोस् … Jan 9, 2017 Arthatantranepal ko paani janata ko laagani
    काठमाण्डौं । उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको छ। सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्नको लागि छुट्टै वेबसाइट सार्वजनिक गरिएको छ। देशभित्र वा बाहिर जहाँ भएपनि इच्छुक व्यक्ति तथा कम्पनीले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ। यसरी आएको लगानीको प्रतिबद्धताको आधारमा निर्माण गर्न ...
  • पुनःनिर्माणका ज्ञवालीको दोस्रो पटक स्पष्टीकरण Jan 8, 2017 ArthatantraSushil Gyawali
    काठमाडौ। पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन् । उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिएका छन् । सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा. ...