Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • संबिधान संसोधन ‘प्रस्ताव दर्ता प्रक्रिया नै संविधान विपरीत’ Dec 30, 2016 Arthatantrabhim rawal
    काभ्रे। नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको बताएका छन् । एमाले काभ्रेको जिल्लास्तरीय जनसङ्गठनहरुको अभिमुखीकरण भेलालाई बनेपामा सम्बोधन गर्दै नेता रावलले ‘प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भए मात्र सङ्घीयसभामा दर्ता हुने संविधानमा स्पष्ट व्यवस्था भएकाले’  प्रस्ताव दर्ता  प्रक्रिया नै संविधान विपरीत भएको बताए । कार्यक्रममा एमाले स्कुल विभाग सदस्य गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष टोकबहादुर वाइवा, सचिव नारायण ...
  • नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानः बस्नेत Dec 30, 2016 Arthatantramahesh-basnet
    भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभामा उनले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताए । नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड ...
  • संबिधान संशोधनलाई थाती राखेर तोकिएको मितिमै तीन तहको निर्वाचन गराउन पू… Dec 29, 2016 Arthatantravote election
    काठमाडौ। पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ । मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी नेपालको संविधानको धारा २९६ ले गरेको व्यवस्थाअनुसार रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ साल माघ ७ गतेसम्म मात्र भएको हुँदा सो समयभित्र तीनै तहको निर्वाचन गर्न माग गरेको हो । मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन गर्न संविधानको धारा २६८ ...
  • माओवादी केन्द्रको निष्कर्षः निर्वाचनको मिति तत्काल घोषणा गरौं Dec 28, 2016 Arthatantramaoist_headquarters
    काठमाडौ। नेकपा (माओवादी) केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आजको बैठकले निर्वाचन र संविधान संशोधनको विषयमा राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय गरेको छ । सहमति नभएको अवस्थामा संसदीय प्रक्रियाका माध्यमद्वारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय लिने सहमति भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी ...
  • श्रमशोषणविरुद्ध पुस १८ बाट एयरपोर्टमा आन्दोलन चर्काउने मजदुरहरुको चेता… Dec 28, 2016 ArthatantraAirport
    काठमाडौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ(एयरपोर्ट)मा भईरहेको भ्रष्टाचार, अनियमितता र श्रमशोषणको आवाज उठाउँदै मजदुरहरुले पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश संगठन कमिटि ३ यूनिट्राभ एयरपोर्ट इलाका कमिटि अन्तरगत सुुनगाभा,नयाँ नेपाल, नेपाल नागरिक उड्डयन सरसफाइ, एयर इन्डिया, टिएनटी, थाई इन्टरनेशनल, यति एयरलाइन्स डोमोस्टिक प्रालि, सयुक्त प्रदेश अभियानको बृहत अन्तक्रिया ...
  • ओली भन्छन्, यो सरकार मात्र चार महिनाको हो Dec 27, 2016 Arthatantrakp oli
    काठमाण्डौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु चार महिना बाँकी रहेको टिप्पणी गरेका छन् । ओलीले रिपोर्टर्स क्लबसँगको साक्षात्कारमा यसे बताएका हुन् । कायृक्रममा बोल्दै ओलीले भने, ‘यो सरकार भनेको चार महिनाको हो। यसले उफ्रने, उपद्रो गर्ने भनेको चार महिना मात्र हो। एमालेले यो मुलुकमा निर्वाचन घोषणा गर्छ। एमालेले निर्वाचन उन्मुख गर्छ।’ प्रतिपक्षमा रहेको एमालेले कसरी निर्वाचन घोषणा ...
  • एक महिनादेखि हुन नसकेको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित Dec 27, 2016 Arthatantrasamsad bhaban
    काठमाण्डौं । शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसद बैठक भोलि बुधबार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ। नेपाः राष्ट्रिय पार्टीका पूर्व सांसद बुद्धरत्न मानान्धरको निधनमा शोक प्रस्ताव पारित गर्दै मंगलबारको बैठक सकिएको हो। मानान्धरको सोमबार राती ललितपुरको अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। शोक प्रस्ताव पारित भएपछि संसद बैठक अर्को कार्यसूचीमा प्रवेश नगर्ने परम्परा रहिआएको छ। संसद बैठक विपक्ष एमालेसहितको ...
  • सोमबार के होला ? प्रमुख दलका शीर्ष नेता एकै ठाउँ यसरी भेटिंदैछन् Dec 25, 2016 ArthatantraPramukh Dal and savamukh
    काठमाडौ। राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन् । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ । बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक ...
  • राष्ट्रिय गौरवका आयोजना द्रुतगतिमा किन अघि बढ्न सकेन ? Dec 25, 2016 ArthatantraGaurab ko Aayojana
    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको काम द्रुतगतिमा अगाडि बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले निर्देशन दिएका हुन् । मन्त्री शाहीले अहिले सोचेअनुरुपले काम अगाडि बढ्न नसकेको भए तापनि अर्को चौमासिक समीक्षा बैठकमा तीन गुणाले ...
  • संबिधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुँदैनःअध्यक्ष ओली Dec 24, 2016 Arthatantrakp oli
    बागलुङ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास नहुने बताएका छन् । नेकपा (एमाले) बागलुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको धारणा राखे । पूर्व प्रधानमन्त्री ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफलसमेत नहुने भनाय राखे । देश र जनतालाई आघात पु¥याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो ...