Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • संबिधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुँदैनःअध्यक्ष ओली Dec 24, 2016 Arthatantrakp oli
    बागलुङ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास नहुने बताएका छन् । नेकपा (एमाले) बागलुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको धारणा राखे । पूर्व प्रधानमन्त्री ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफलसमेत नहुने भनाय राखे । देश र जनतालाई आघात पु¥याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो ...
  • बिहे गर्ने सोच बनाउँदै हुनुहुन्छ ? २० वर्ष नपुगी बिहे गर्नुुभयो भने जे… Dec 24, 2016 ArthatantraWedding
    काठमाडौ। फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष प्रस्ताव गरिएको छ । विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गराएमा कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ । यद्यपि, अठार वर्ष पूरा भई बीस वर्ष उमेर नपुगेको व्यक्तिले ...
  • मन्त्रीले तीन करोड दुरुपयोग गरेपछि अदालतबाट लिखित जवाफ दिन आदेश Dec 23, 2016 ArthatantraLaw crime court
    तुलसीपुर । कांग्रेस नेता एवम् सिंचाईमन्त्री दिपक गिरीलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको तीन करोड रुपैयाँ मनोमानी रुपमा वितरण गरेको आरोप लागेको छ । गिरी दाङ निर्बाचन क्षेत्र नम्वर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले मन्त्री गिरीले निर्वाचन क्षेत्र विकास पूर्वाधार बिशेष कार्यक्रम सञ्चालन कार्यविधिविपरित मनोमानी गरेको भन्दै सोही क्षेत्रबाट एमालेका तर्फबाट समानुपातिक सांसद ...
  • प्रदर्शनका लागि महासचिव पोखरेलको संयोजकत्वमा एमालेले थाल्यो तयारी Dec 22, 2016 Arthatantrauml logo
    काठमाडौ। नेकपा (एमाले) ले संविधान संशोधनको विरोधमा आगामी पुस २२ गते राजधानीमा आयोजना हुने विपक्षी दलको बृहद् प्रदर्शनका लागि आफ्नो तर्फबाट तयारी सुरु गरेको छ । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध नौ राजनीतिक दलले गर्ने सो प्रदर्शनका लागि एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वयका लागि कार्यदल गठन गरी काम सुरु गरेको हो । कार्यदलको आज बसेको ...
  • विधेयक प्रमाणीकरण Dec 22, 2016 ArthatantraBidhya Bhandari
    काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ आज प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका–संसद्को गत मङ्सिर ५ गतेको बैठकले सो विधेयक पारित गरेको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गरेकी हुन् । प्रकाशित मितिः २०७३ पुस ७
  • राष्ट्रहित विपरित संविधान संशोधन हुन सक्दैनः कमल थापा Dec 21, 2016 ArthatantraKamal Thapa
    भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक प्रस्ताव यथास्थितिमा संशोधन हुन नसक्ने बताएका छन् । राप्रपा भक्तपुरको संयोजनमा आयोजित राप्रपा मध्यमाञ्चलस्तरीय क्षेत्रीय बैठकमा उनले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहित विपरीत भएको जनाउँदै त्यसलाई परिमार्जन नगरी संविधान संशोधन गर्न हुँदैन भने । अध्यक्ष थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सबै माग पूरा गर्न सकिने अवस्था नरहे पनि राष्ट्रियहित अनुकूल हुने ...
  • सबै दलको सहमति भएमात्र निर्वाचन सम्भवः प्रमुख निर्वाचन आयुक्त यादव Dec 21, 2016 ArthatantraAyodhi-Prasad-Yadav
    हेटौँडा। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश र संसदीय क्षेत्रको निर्वाचन सबै दलको सहमतिबाट मात्रै सम्भव हुने बताएका छन् । हेटौँडा उपमहानरपालिका–५ स्थित नवर्निमित जिल्ला निर्वाचन कार्यालय भवन उद्घाटन गर्दै उनले आवश्यक ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव रहेकाले यसका लागि सरकारलाई जानकारी गराइसकिएको बताए । प्रमुख आयुक्त यादवले सम्बन्धित ऐन कानुन तत्काल संसद्बाट पारित गरी लालमोहर ...
  • युवा संघ रुपन्देही अध्यक्ष तिवारी हत्याको छानविन गर्न समिति गठन Dec 20, 2016 ArthatantraDurga Tiwari
    काठमाडौ । युवा संघको रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याका विषयमा छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा गठन भएको छानविन समितिमा राष्ट्रिय अनुसन्धानका नायव महानिरीक्षक यादवप्रसाद रेग्मी, प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराम जोशी सदस्य रहेको छानविन समिति गठन भएको गृहमन्त्री विमलेन्द्र निधीका प्रेस सल्लाहकार रामजी दाहालले ...
  • युवा संघ रुपन्देहीका काबा अध्यक्षमाथि गोली प्रहार Dec 19, 2016 Arthatantragunslinger
    भैरहवा । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीमाथि केही बेरअघि अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरीका अनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा १५ मिनेट अघि गोली प्रहार भएको हो । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य व्यापक रुपमा गर्न थालिएको र चौतर्फी प्रहरी परिचालन गरिएको घटनास्थलबाट रुपन्देहीका एसपी रवीन्द्र ...
  • गोजीमा अर्थतन्त्र भए मात्र राष्ट्रवाद : पूर्व अर्थमन्त्री पाण्डे Dec 18, 2016 Arthatantrasurendra pandey
    काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्र बलियो भए मात्र राष्ट्रवादी भएर टिक्न सक्ने बताए । युवा संघ नेपाल केन्द्रिय प्राकृतिक स्रोत साधन व्यवस्थापन विभागले काठमाडौंमा आयोजना गरेको संघीयता, समृद्धि र प्राकृतिक स्रोत साधनको उपयोग विषयक विचार गोष्ठिमा बोल्दै पूर्व मन्त्री पाण्डेले भने ‘इकोनोमी हातमा छ भने राष्ट्रवाद हुन्छ, इकोनोमी छैन भने दिनभरी मुर्दावाद रातपरेपछि दुतावासको शरणमा दाल र भात ...