Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • एमाले धादिङ जिल्ला कमिटीबाट पनि केन्द्रमा भुमी, प्रदेशमा नेत्रको नाम स… Oct 7, 2017 Arthatantraनेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी (दायाँं)र प्रदेश कमिटी सदस्य नेत्रराज पौडेल (वायाँ)
    धादिङ । नेकपा एमाले जिल्ला कमिटी धादिङको बैठकले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको निम्ति क्षेत्रिय कमिटीको सिफारिस सदर गर्दै उम्मेदवार निर्णय टुंग्याएको छ । शुक्रबार राती सम्म चलेको जिल्ला कमिटी बैठकले यस अघि क्षेत्रीय कमिटीले क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि पार्टी अध्यक्ष भुमी त्रिपाठी र प्रदेश १ (क) मा प्रदेश कमिटी सदस्य नेत्रराज पौडेलको नाम ...
  • प्रदेश सरकार गठनको खाका तयार, प्रदेशमा सात मन्त्रालय रहने Oct 7, 2017 Arthatantramap
    काठमाडौं । संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै डेढ महिनाको अध्ययन, अनुसन्धान र छलफलपछि प्रदेशमा रहने मन्त्रालयको खाका तयार पारेको हो । समितिका सदस्य सचिवसमेत रहेका सामान्य प्रशासन मन्त्रलायका सचिव मोहनकृष्ण सापकोटाले प्रदेशमा हाल सातवटा मन्त्रालयको खाकासहित प्रस्ताव तयार पारिएको जानकारी दिए ।‘अहिले ...
  • निर्वाचन आयोगको तयारीलाई तीव्रताः यस्तो छ निर्वाचनको तयारी Oct 7, 2017 Arthatantranirbachan aayog
    काठमाडौँ । निर्वाचन आयोगले मंसीर १० र २१ गते हुने निर्वाचनका लागि व्यवस्थापकीय र प्राविधिक तयारीलाई तीव्रता दिएको छ । आयोगका अनुसार दुई चरणको निर्वाचनका लागि निर्वाचनको तयारीको कार्यतालिका अनुसार जनशक्ति व्यवस्थापन, निर्देशिका तयार गर्ने कार्य अघि बढाएको हो । निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन समाग्रीको व्यवस्थापन, तालिम, प्रशिक्षण र खटनपटन लगायत कार्यलाई आयोगले तीव्रता दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ...
  • डिआइजी सिलवाल एमालेमा Oct 6, 2017 Arthatantradig yemale
    काठमाडौं । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सिलवाल प्रवेश गरेका हुन् । एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा सिलवाल सहित सयौं जना एमालेमा समाहित भएका छन् । कार्यक्रममा स्थायी समिति सदस्य शंकर पोखरेल, वैकल्पिक पोलिटव्युरो सदस्य सानुकुमार श्रेष्ठ लगायत नेताहरूको उपस्थिति थियो । ...
  • कोमल वलीको उम्मेदवार सिफारिस Oct 6, 2017 Arthatantrakomal-oli
    काठमाडौं । गायिका कोमल वलीलाई एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।एमाले प्रतिनिधि सभा दाङ ३ नम्बर क्षेत्री कमिटीले गायिका वलीको नाम पठाएको हो । २ साताअघि मात्रै एमाले प्रवेश गरेकी वली चर्चित लोक गायिका हुन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी थिइन् । प्रकाशित मितिः २०७४ असोज २०
  • एमाले धादिङ क्षेत्र नं. १ मा भुमी त्रिपाठी सर्वसम्मत Oct 5, 2017 Arthatantraimages
    धादिङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नं. १ बाट नेकपा एमालेले पार्टी अध्यक्ष भुमी त्रिपाठीको नाम सर्वसम्मत निर्णय गरेको । आज बिहिबार बैरेनीमा आयोजित क्षेत्रिय कमिटीको बैठकले त्रिपाठीको नाममा सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटीमा पेश गरेको नेकपा एमाले प्रदेश नं. ३ का सदस्य नेत्रराज पौडेलले जानकारी दिए । सो क्षेत्रका वहालवाला सांसद पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद ...
  • प्रतिनिधि सभाका लागि एमाले धादिङको दुई वटै क्षेत्रमा आज उम्मेदवार छनोट… Oct 5, 2017 Arthatantrauml logo
    धादिङ । नेकपा एमाले धादिङले दुई वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका निम्ति उम्मेदवार छनोट कार्यक्रम आयोजना गरेको छ । क्षेत्र नं. १ को बैरेनी र क्षेत्र नं. २ को धादिङबेसीमा एमाले नेताहरु भेला भएका छन् । भेलाले मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनका निम्ति उम्मेदवार छनोट गरेर जिल्ला कमिटीमा पेश गर्नेगरी निर्णय गर्ने नेकपा एमालेका अध्यक्ष भुमी त्रिपाठीले जानकारी जानकारी ...
  • यी हुन एमाले धादिङ–२ (क,ख) मा प्रदेश साभाका आकांक्षी Oct 5, 2017 Arthatantrauml logo
    धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नं. २ अन्तगर्तन प्रदेश साभाका दुवै क्षेत्रले बुधबार साँझमा बैठक सम्पन्न गरेको छ । दुई वटै क्षेत्रमा आकांक्षी धेरै देखिएकाले बैठकमा आएका सबै नाम जिल्ला कमिटिमा निर्णयार्थ पेश गरिएको छ । प्रत्यक्ष तर्फ २ (क) मा कृष्णबहादुर लामा, डा. रामकुमार अधिकारी, पार्वती खाँण, खेमबहादुर पाठक, धर्मराज अर्याल, राजेन्द्रप्रसाद सापकोटा र यज्ञश्वर अर्यालको नाम जिल्ला कमिटिमा ...
  • नवलपुर-२ बाट युवा नेता तिलक महत सर्वसम्मत Oct 4, 2017 ArthatantraTilak  mahat
    कावासोती । मंसिरमा हुने चुनावका लागि नेकपा एमालेले नवलपुर —२ ( नवलपरासी बर्दघाट सुस्ता पूर्व) मा केन्द्रीय सदस्य तथा युवा नेता तिलक महतलाई सर्वसम्मत उम्मेदवार बनाएको छ । अनेरास्ववियुको राजनीति शुरु गरेका महत एमाले पार्टीमा सफल नेताको रुपमा पहिचान बनाएका छन् । पार्टी पक्तिमा लोकप्रिय रहेका महत जनप्रतिनिधिको लागि भने पहिलो पटक चुनावमा भिड्दै छन् । संघीय संसदका लागि ठुलो भुगोल ...
  • काँग्रेसले पनि थाल्यो बृहत लोकतान्त्रिक गठबन्धन निर्माणको तयारी Oct 4, 2017 ArthatantraNepali Congress Flag
    काठमाडौं । बामपन्थी गठबन्धनको राप ताप चलिरहकै बेला नेपाली काँग्रेसले पनि बृहत लोकतान्त्रिक गठबन्धन निर्माणको तयारी तिब्र पारेको छ । नेपाली कांग्रेससहितका ६ दल आगामी चुनावमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । यसको गृहकार्य गर्न कार्यदल बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, राप्रपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिक रहनेछ । बालुवाटारमा बसेको ६ दलको बैठकले ...