Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • के फेरिएलान् त अमेरिकाको राष्ट्रपति ? Nov 28, 2016 ArthatantraUSA America
    काठमाण्डौं । पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार रहेकी जिल स्टेनले विस्कन्सिन राज्यको निर्वाचनको पुन मत गणनाका लागी गरेको उजुरी उपर निर्वाचन आयोगले पुन मत गणना गर्ने निर्णय गरेको छ। जिल स्टेनले उठाएको मुद्दा हिलारीले समेत समर्थन जनाएकी छन्। नोबेम्वर ८ मा भएको राष्ट्रपतिय निर्वाचनमा विस्कन्सिन राज्यमा रिपब्लिकन पार्टिका उम्मेदवार डोनल्ड ट्रम्प करिव २२ हजार मत अन्तरले विजयी भएका थिए। कम्प्यूटर ह्याकरहरूले राष्ट्रपति ...
  • एमालेले माग्यो गृहमन्त्रीको राजिनामा ! Nov 27, 2016 Arthatantra????????????????????????????????????
    काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाईन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु बसेर नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाईन नेपालमा नभएर भारतमा भएको आरोप लगाएका हुन् । उनले अघि थपे,‘यो सरकार लेण्डुप ...
  • मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि संबिधान संशोधन प्रस्तावको औच… Nov 26, 2016 Arthatantra
    पर्सा। नेकपा(एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । प्रेस चौतारी नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्य नै समाप्त भएको विचार व्यक्त गरे । उनले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा ...
  • प्रदेश ५ टुक्र्याउने प्रस्ताव आए टोपबहादुरले विपक्षमा मतदान गर्छु भनेप… Nov 25, 2016 Arthatantratop]
    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरि संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । उनले अघि भने,‘मेरो लागि ...
  • ‘म मधेसी नै हुँ, खै मैले संविधान संशोधन गर्न भनेको छैन’:केपी ओली Nov 25, 2016 Arthatantrasf7df8f}+df cfof]lht g]skf Pdfn]sf] sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;
    पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमूर्त मागका लागि संविधान संशोधन हुनै नसक्ने बताएका छन् । शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले संविधान कार्यान्वयन र चुनाव छाडेर संशोधनको मात्र कुरा गरेको भन्दै प्रचण्ड सरकारलाई ‘चटके’ को संज्ञा दिए । उनले प्रश्न गर्दै भने, ‘के का लागि संविधान संशोधन गर्ने ?’ ‘देश र जनताको लागि संशोधन गर्ने हो, अमूर्त ...
  • एमालेको पूर्ण असहमतिमा संबिधान संशोधन गर्नुहुन्नः अध्यक्ष गच्छदार Nov 24, 2016 Arthatantravijaya-kumar gachhadar
    विराटनगर। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने – अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्छ । अध्यक्ष गच्छदारले भने “मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल ...
  • लालबाबुको आक्रोश ‘सडक र दशगजाबाट संविधान संशोधन हुँदैन’ Nov 23, 2016 Arthatantralalbabu
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने चेतावनी दिए । नेता पण्डितले आफ्नो पार्टीले देशको आवश्यकत्ता अनुसार मात्रै संविधान संशोधन हुने कुरा गरेको बताएका हुन् । उनले संविधान संशोधनको माग गर्ने मधेशी मोर्चाभित्रै एकरुपता नभएको आरोप समेत लगाए । नेता पण्डितले थपे,‘सरकार अहिले ...
  • पाँच नम्बर प्रदेश टुक्र्याउन खोजे प्रतिकार गर्ने चेतावनी Nov 23, 2016 Arthatantranepal
    अर्घाखाँची। जिल्लास्थित विभिन्न राजनीतिक दलआबद्ध नेताहरुले पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए । पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका ...
  • अनावश्यक विद्युत प्रयोग गरिरहनुभएकोछ ? ऊर्जामन्त्रीको कारवाहीमा पर्नु … Nov 23, 2016 Arthatantrajanardan-sharma
    काठमाण्डौं । सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् । विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा ...
  • सरकारले भन्यो निर्वाचनको मिति घोषणा गर्ने जिम्मा निर्वाचन आयोगलाई ! Nov 20, 2016 Arthatantranirbachan aayog
    काठमाडौ। निर्वाचन हुने या नहुने अन्यौल अझै कायम छ । सबैले समयमै निर्वाचन गरिरहनुपर्छ भनिरहेका छन् । अब भने सरकारी स्तरबाटै निर्वाचनको मिति घोषणाको कुरो बाहिर आएको छ । पछिल्लोपटक सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था ...