Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छुःसभापति देउवा Nov 20, 2016 Arthatantraser bahadur
    कन्चनपुर । भारु नोटको सटहीका विषयमा अन्यौलता कायम रहिरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर पुगेका देउवाले काँग्रेस कञ्चनपुरले भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल ...
  • कसैको स्वार्थ पूरा गर्न संविधान संशोधन हुँदैन– ओली Nov 19, 2016 Arthatantrakp oli
    बुटवल। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैको स्वार्थ पूरा गर्न संविधान संशोधन गर्न नसकिने बताएका छन् । उनले नेकपा (एमाले)ले संविधानको कार्यान्वयनको नेतृत्व गर्नेसमेत बताए। उनले भने“कार्यान्वयनका क्रममा अप्ठेरो आएमात्र संविधान संशोधनको विषय उठ्न सक्छ, कार्यान्वयन नहुँदै जनताको भावनाविपरीत एमालेले स्वीकार गर्दैन ।” नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान ...
  • पाँच नम्बर प्रदेश छुट्याउनु पर्ने माग कसको हो, यसबाट के प्राप्त हुन्छ … Nov 19, 2016 Arthatantrakp oli
    लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएक छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताए । अध्यक्ष ओलीले पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपय पक्षको ...
  • एमालेले चुनाव गराउँछ,चुनाव हुन्न भनेर शंका नगर्नुस्ः केपी ओली Nov 18, 2016 Arthatantra-kp-sharma-oli
    काठमाडौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुँदैन भनेर कुनै शङ्का नगर्न आग्रह गरेका छन् । एमाले काठमाडौं जिल्ला सङ्गठन कमिटीले नेपाल संवत् ११३७ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सङ्क्रमणकाल टुङ्याउनका लागि चुनाव अपरिहार्य भएको बताए । “अहिले भइरहेका षड्यन्त्र असफल बनाएर एमालेले चुनाव गराउँछ”– उनले भन्नुभयो, “चुनाव हुन्छ, यसमा कुनै शङ्का छैन ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले ...
  • मंसिर ७ गते भित्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुन्छ : वर्षमा… Nov 18, 2016 Arthatantrabarshaman-pun
    सिमांकनमा सहमतिको लागि प्रधानमन्त्रीले तीन वटा प्रस्ताव तयार गर्नुभएको छ, नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउनेबारे सहमति भयो । काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले यही हप्ता अर्थात मंसिर ६ वा ७ गते सरकारले सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने खुलासा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले प्रमुख तीन दलवीच ...
  • अर्थमन्त्री भन्छन्ः नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध Nov 18, 2016 ArthatantraKrishna-bahadur-mahara
    काठमाडौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार नवनियुक्त चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे । उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका ...
  • राष्ट्रपतिद्धारा नेपाल राष्ट्र बैंक बिधेयक सहित पाँच विधेयक प्रमाणीकरण Nov 17, 2016 Arthatantravidya-bhandari-nepal
    काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच विधेयक प्रमाणीकरण गरेकी छिन् । व्यवस्थापिका–संसद्का विभिन्न मितिको बैठकबाट पारित भएका नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३, ऋण तथा जमानत (एक्काइसौँ संशोधन), विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३, आर्थिक विधेयक २०७३ र वन (दोस्रो संशोधन) २०७३ गत सोमबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रकाशित मितिः २०७३ मंसिर २
  • ओली र प्रचण्डबीच सुटुक्क के कुरा भयो होला ? तर प्रधानमन्त्री दाहालले य… Nov 16, 2016 ArthatantraKP-Prachand
    काठमाडौ। संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा सो विषयमा कुराकानी भएको हो । उनीहरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्रीले भने “एमालेका अध्यक्ष ओलीजी सित संविधान संशोधनको ...
  • तरुण दलको अध्यक्षमा देउवा पक्षका बस्नेत Nov 16, 2016 ArthatantraTarun-Dal
    काठमाडौ। नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए । पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन् । उपाध्यक्षमा उत्तम चापागाइँ, महामन्त्रीमा ...
  • २८ हजारले बढ्यो सांसद्को भत्ता, हेर्नुस् कति पाउँछन् एक महिनामा ! Nov 15, 2016 Arthatantrashare rich
    काठमाण्डौं । व्यवस्थापिका संसदले हिजो सोमबार सांसदहरुको सेवा सुविधा सम्बन्धि विधेयक सर्वसम्मतले स्वीकृत गरेको छ । प्रस्तावित विधेयक पारित भएसँगै उनीहरुको पारिश्रमिक ७० हजार ५ सय ७८ बाट बढेर ९८ हजार २ हजार ३० रुपैयाँ पुग्नेछ । संघीय संसद्का सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ। त्यस्तै ...