Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • नेपालीको समस्या समाधानमा अरुको हस्तक्षेप अस्वीकार्य: नेता नेपाल Nov 5, 2016 Arthatantramadhav-kumar-nepal
    काठमाडौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन् । साझा प्रकाशनद्वारा प्रकाशित साहित्यकार राम विनयको कथाकृति ‘घर बिनाको घर’ को लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहने भएकाले उनीहरुले आफ्ना समस्या समाधानका अरुको दबाब, धम्की, हस्तक्षेप र अनुचित चासो मन नपराउने उल्लेख गरे । “मुलुकमा अधिकार ...
  • भिभिआइपी सुरक्षामा नेपाल सफल भएको भन्दै रक्षा मन्त्रीको खुसीयाली Nov 5, 2016 Arthatantrabalkrishna khad
    काठमाडौ। रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन् । नेपाली काँग्रसेका नेता समेत रहेका मन्त्री खाँणले राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिका बारेमा विश्वमा सकारात्मक सन्देश गएको बताए । राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल– भारत द्धिपक्षीय सम्बन्धमा सुधार तथा विश्वासको वातावरण ...
  • मन्त्रीहरुद्धारा सम्पति विवरण पेस भनियो तर कहाँ छ ? Nov 5, 2016 ArthatantraGovernment of Nepal Logo1
    काठमाडौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण पेस गरिसकेको जनाएको छ । प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएन भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कार्यालयले ध्यानाकर्षण भएको जनाउँदै उक्त जानकारी दिएको हो । कार्यालयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नियुक्ति भएको मितिले ६० दिनभित्रमा सम्पत्ति विवरण पेस गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि प्रधानमन्त्री र केही मन्त्रीले ...
  • तरुण दलको महाधिवेशन कार्तिक २७ बाट पोखरामा Nov 4, 2016 ArthatantraTarun-Dal
    पोखरा । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “यसअघि दुई÷दुई पटक महाधिवेशन सरे पनि महाधिवेशनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेका कारण यसपटक तोकिएको ...
  • मुखर्जीको स्वागतमा पोखरा झक्की झकाउ Nov 2, 2016 Arthatantraतस्बिर : पिसपोखाराडटकम बाट
     पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत ...
  • ६० सदस्यीय दलबल सहित नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति मुखर्जीको भ… Nov 2, 2016 Arthatantraef/tLo /fi6«kltnfO{ :jfut 
ef/tsf /fi6«klt k|0fj d'vhL{]nfO{ a'waf/ /fi6«klt e08f/Ln] lqe'jg cGt/f{li6«o ljdfg:ynsf] cltljlzi6 sIfdf :jfut ug'{x'Fb} . tl:a/ M k|sfz l;njfn, /f;;
    काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरेकी छन् । राष्ट्रपति भण्डारीले मुखर्जीलाई पुष्पगुच्छाले स्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित भएका थिए । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका ...
  • भारतीय राष्ट्रपति इन,सर्वसाधारण आउट ! भनेको मान्नुस्,यो बाटो हिंड्नुस्… Nov 2, 2016 Arthatantrasawari
    काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा काठमाडौ लगायत उनी जहाँ जहाँ पुग्छन् त्यहाँको सवारी आवागमन पनि ठप्प हुन्छ । उनी हिंडीरहेको बाटोमा तपाईको मोबाईल फोन या अन्य कुनै नेटवर्क टिप्दैन । किनकि नेटवर्क जामरको प्रयोग गरिएको हुन्छ । सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर ...
  • संबिधान संशोधनको पक्षमा ओली,कार्तिकभित्रै संशोधन प्रस्तावः पौडेल Nov 1, 2016 ArthatantraPrime Minister KP Sharma Oli,Nepali Congress senior leader Ramchandr Paudel
    काठमाडौ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश जनताको हित हुने पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् । भक्तपुरको बालकोटस्थित आफ्नै निवासममा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उनले भने – “राष्ट्र र जनताको हित हुने गरी गर्ने सकरात्मक संशोधनका पक्षमा एमाले रहेको छ ।” अध्यक्ष ओलीले सत्ता प्राप्तिका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने बताउँदै ...
  • संविधानले तोकेको समयभित्रै निर्वाचन हुन्छः सभापति देउवा Oct 31, 2016 Arthatantraser bahadur
    भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरे । प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै सभापति देउवाले भने,“संविधानले निर्धारण गरेको समय सीमाभित्रै ...
  • देश प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मोडमा Oct 31, 2016 Arthatantranepal
    काठमाडौ। नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ । जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराएको हो । शुभदिपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी ...