Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासंघले आन्दोलन गर्ने Sep 8, 2016 Arthatantraनेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट
    भक्तपुर । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक बिषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै बिष्टले लामो समय देखि सञ्चार जगत्मा चर्चाको बिषय बनेको श्रमजीवि पत्रकारको न्यनूतम पारिश्रमिकको बिषय तर्फ सञ्चार गृहहरुले कार्यान्वयन तर्फ ध्यान नदिएको भन्दै अब सञ्चार ...
  • भूकम्पपीडितले अब ८ लाखसम्मको प्याकेज पाउने, प्रधानमन्त्रीले गरे घोषणा … Sep 8, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । आज बिहीबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरेका छन् । त्यस्तै उनले आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र राहत रकम पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको तर यसमा पनि आफू सन्तुष्ट हुन नसकेको बताएका छन् । भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख ...
  • आर्थिक संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने देशको आर्थिक अवस्थ… Sep 6, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्थामा भयावह तरिकाले ह्रास आएको बताएका छन् । भूकम्प र नाकाबन्दीका कारण आर्थिक अवस्था भयावह बनेको भन्दै उनले संविधान कार्यान्वयन र आर्थिक विकासलाई नै आफूले मुख्य चुनौतिको रुपमा लिएको बताए । नेपाल आर्थिक संघले मंगलबार राजधानीमा आयोजना गरेको गोष्ठीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको कार्यान्वयन र आर्थिक विकास नै मेरा मुख्य चुनौति हुन्, ‘मूल्यवृद्धि ...
  • नेपालको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिने को ? हेर्नुहोस भिडिय… Sep 3, 2016 Arthatantrabhim rawal
    https://www.youtube.com/watch?v=_pkUenPdiVk के तपाई अनुमान लगाउन सक्नुहुन्छ, आफ्नो देशको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिनेले कस्तो संबिधान बनाउला ? संबिधानसभाबाट संबिधान पारित गर्दैगर्दा बिदेशीसँग पैसा लिएको कुरा कोही कसैले उठाएका थिएनन्। तर अहिले संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिएको भनेर राजनीतिक नेताकै बीचमा भनाभन र तर्क वितर्क हुन थालेको विषय आश्चर्यको विषय बनेको छ । प्रमुख तीन राजनीतिक दलको बैठकमै यस विषयले ...
  • अघिल्ला सरकारका राम्रा कामले निरन्तरता पाउने: उद्योगमन्त्री जोशी Sep 2, 2016 Arthatantranabindra-raj-joshi
    काठमाडौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले रुग्ण उद्योगहरुको स्थलगत अध्ययन गरेर सुधार गर्ने बताएका छन् । विहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धन समितिको बैठकमा मन्त्री जोशीले रुग्ण उद्योगहरुलाई सुधार गरेर पुनःसञ्चालनमा ल्याउन सकिने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने बताए । औद्योगिकीकरण नै मुलुकको आर्थिक समृद्धिको बाटो रहेको बताउँदै उनले उद्योग मन्त्रालयले त्यसका लागि क्रियाशीलता बढाउने स्पष्ट पारे ...
  • केपी ओलीले फिर्ता बोलाएका उपाध्ययलाई प्रचण्डले भारत पठाउने Sep 1, 2016 Arthatantraoli-deep-kumar.jpg
    काठमाडौ । यसअघि भारतका लागि नेपाली राजदूत भईसकेका अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाईएका दीपकुमार उपाध्यायलाई प्रचण्ड नेतृत्वको सरकारले पुनः भारतका लागि नेपाली राजदूत सिफारिस गरेको छ । सिंहदरबारमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । यसअघि ...
  • मोर्चा परिवर्तन भए पनि ‘मिसन’ उही ‘मुलुकको समृद्धि’:महासचिव पोखरेल Aug 31, 2016 Arthatantrapress chautari
    सिन्धुली । नेकपा (एमाले( का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको सिन्धुलीमा उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताए । उनले एमालेले बोेकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै ...
  • मधेसवादीका नाजायज मागमा संविधान संशोधन हुँदैन: सचिव ज्ञवाली Aug 30, 2016 Arthatantrapradeep-gyawali
    भक्तपुर । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब नाजायज मागमा संविधान संशोधन आवश्यक नरहेको बताएका छन् । रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा ज्ञवालीले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार नहुने बताए । मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको जिकिर ...
  • आफैंले फेल गरेको बजेटका आश्रित विधेयक पारित गर्दै सरकार Aug 30, 2016 Arthatantrakrishna bdr Mahara
    काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफैंले फेल गराएको बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन् । अर्थमन्त्री महराले पत्रकार सम्मेलन गरि राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताए । राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन ...
  • कूटनीतिक मर्यादा विपरीत छिमेकीसँग सम्बन्ध बढाउन खोजिँदैः पोखरेल Aug 29, 2016 ArthatantraSAMSUNG CAMERA PICTURES
    काठमाडौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन थालेको आरोप लगाएका छन् । एमाले स्कुल विभागको आयोजनामा युवा संघ नेपालले सञ्चालन गरेको ‘प्रशिक्षक–प्रशिक्षण’ कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले दुई उपप्रधानमन्त्रीहरुलाई कूटनीतिक मर्यादा विपरीत छिमेकी मुलुकहरुमा पठाएर सम्बन्ध बढाउन थालेको आरोप लगाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुगौली सन्धिपछिको गुमेको ...