Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • मुलुकको पक्षमा काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त– प्रधानमन्त्री Aug 20, 2016 ArthatantraPrachanda
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षका केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आज गोरखाका जौबारीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै उहाँले मुलुक र जनताका पक्षका केही न केही गरौँ भन्ने सोंच रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले ...
  • नेविसंघ अध्यक्षमा नयनसिंह महर विजयी Aug 18, 2016 Arthatantranayanshing mahara
    काठमाडौं । नेविसंघ अध्यक्षमा नयनसिंह महर विजयी भएका छन्। उनले १४९२ मत पाएर विजयी भएका हुन्। महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणी आचार्यले १३१६ मत प्राप्त गरेका छन्। नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन्। त्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव ...
  • प्रधानमन्त्रीद्वारा म्याद नाघेको वस्तु जफत गरी रत्नपार्कमा जलाउन निर्द… Aug 15, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । बजार अनुगमनबारे सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई संयुक्तरुपमा निर्देशन दिँदै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याद नाघेका बस्तुहरु उपभोक्तालाई बिक्री गरेको पाइए जफत गरेर रत्नपार्कमा जलाउन निर्देशन दिएका छन् । गलत काम गरे राज्यले छाड्दैन भन्ने सन्देश दिन जरुरी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई राहत महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् । विगतमा गुँदपाक भण्डारमा गरेको ...
  • उपप्रधान एवं अर्थमन्त्री महरा तीन उद्देश्य लिएर चीन प्रस्थान ! Aug 15, 2016 ArthatantraKrishna-bahadur-mahara
    काठमाण्डौं । प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा आज सोमबार दुई दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले भ्रमणको उद्देश्य नेपाल र चीनको सम्वन्धलाई अझ विस्तार गर्नु भएको बताएका छन् । माओवादी नेतासमेत रहेका अर्थमन्त्री महराले प्रचण्डको नेतृत्वको नयाँ सरकारलाई राम्रो सहयोग होस् भन्ने उद्देश्यमा आधारित भएर चीनको ...
  • मन्त्रीको पासोमा प्रधानमन्त्री प्रचण्ड ! Aug 13, 2016 ArthatantraPrachanda
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले परिणाम देखिने गरी र सवैले सम्झने गरि आफूले काम गर्ने बताइरहेका छन् । एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै प्रचण्डले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने पदवहालीकै क्षणमा गरे । तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन। १९ ...
  • पूर्वराष्ट्रपति उपचारका लागि भारतमा, सरकारले दश लाख दिने Aug 12, 2016 Arthatantra
    काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। त्रिवि शिक्षण अस्पतालमा परीक्षणक्रममा यादवको पिसाब नलीमा संक्रमणसाथै प्रोस्टेटसम्बन्धी समस्या देखिएपछी भारत गएका हुन् । उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यसैबीच सरकारले पूर्वराष्ट्रपतिको उपचारका लागि दस लाख रुपैयाँ दिने भएको छ। अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ...
  • उपप्रधानमन्त्री महरा चीन र निधि भारत भ्रमणमा जाने ! Aug 11, 2016 Arthatantranepal-airlines
    काठमाण्डौं । बिहीबारको मन्त्रीपरिषद् बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराउन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको छ । छिमेकी देशसँग सम्बन्ध सुधार र आपसी मित्रता बढाउनका लागि दुई उपप्रधानमन्त्रीलाई भदौ महिनामा छिमेकी देशको भ्रमणमा पठाउने निर्णय भएको  हो । दुई मन्त्रीलाई छिट्टै भारत र चीन पठाउने निर्णय भएको भए पनि मिति ...
  • नेबिसंघको विवाद मिल्यो, आजबाट बन्द सत्र सुरु ! Aug 11, 2016 ArthatantraNepal student union NSU
    काठमाण्डौं । प्रतिनिधि विवाद हल भएसँगै नेविसंघको महाधिवेशनको बन्दसत्र विहीबारदेखि सुरु हुने भएको छ। ११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागि गराईएपछि उत्पन्न विवादले बन्द सत्र सुरु हुन सकेको थिएन। आइतबार उद्घाटन भएर रोकिएको महाधिवेशनको बन्द सत्र बिहीबारदेखि सुरु हुने जानकारी नेविसंघका अध्यक्ष रंजित कर्णले दिए। कर्णका अनुसार महाधिवेशन थप तीन दिन लम्बिने भएको छ। विहीबार बन्द सत्र सुरु ...
  • गम्भिरता पुर्वक अनुरोध र निवेदन आए स्रोत देखाइदिउँला : ओली Aug 10, 2016 Arthatantrakp oli photo
    काठमाडौं । निवर्तान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गम्भिरता पुर्वक आग्रह, अनुरोध र निवेदन दिए देश विकास गर्ने स्रोत देखाइदिने बताएका छन् । आज धुम्बाराहीस्थित एमाले मुख्यालयमा प्रेस चौतारी नेपालले आयोजना गरेको विशेष अन्तर संवादमा ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री चुनिँदै गर्दा पुष्पकमल दाहाल प्रचण्डले संसदको रोष्टमबाटै देश विकास गर्न स्रोत देखाइ दिनुस ...
  • कमल थापाले भने, राप्रपा नेपाल र राप्रपा अब एकता नहुने ! Aug 9, 2016 Arthatantrakamal-thapa-&-pasupati shumsher rana
    काठमाण्डौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बताएका हुन् । थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो । तर, सोमबार राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राप्रपा नेपालसँग एकता नहुने ...