Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • ओलीको राजीनामापछि भारतीय मिडियाः भारतनिकट प्रचण्ड आउँदैछन् Jul 26, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन्। भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ। भारतीय मिडियामा ...
  • के ओलीको काम र गरिमाको महत्व बुझ्न ८/१० वर्ष पर्खिनु पर्ला ? Jul 25, 2016 Arthatantraharinarayan subedi
    आखिर तमाम अनुमान र आशंका बाबजुद प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खुला गरिदिए।हल्लाहरु थिए, ओली एलिटहरुको नेता हुन्, उनलाई बिस्थापित दरबारियाहरुको सहयोग छ, सेनाको पनि साथ छ, त्यसैले उनले सत्ता छोड्दैनन्, संसद विघटन गर्छन वा यो संबिधानलार्इ लत्याएर सेना दरबारिया, नव एलिट र उनको पार्टीको एक तप्का तथा स्थिरता बिकास देशप्रेम गर्ने पढे लेखेका मध्यम बर्गिय युवाहरुको एउटा जमातको समर्थनमा ...
  • भारतीय मिडिया भन्छन् ओलीले प्रम पदबाट निस्कनु राम्रो ! Jul 25, 2016 ArthatantraPM oli regins
    काठमाण्डौं । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएको घटनालाई नेपालमा मात्र हैन छिमेकी राष्ट्र भारतका मिडियामा पनि ‘स्पेशल’ ठाउँ पाएकोछ । भारतका चर्चित मिडियाहरु नवभारत टाइम्स, दी टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्स आदिले केपी ओली सरकारबाट बाहिरिनु भारतका लागि राम्रो भएको लेखेका छन् । चीनसँग नाता नजिक्याएको र भारत विरोधी भावना बढाएको भन्दै भारतीय मिडियाले ओलीको राजीनामालाई ुराम्रोु भएको विश्लेषण ...
  • सरकार गठनमा एमालेले अघि सार्न सक्ने सम्भावित तीन विकल्प Jul 24, 2016 Arthatantra-kp-sharma-oli
    १. संविधान संशोधनको प्रस्ताव गर्ने संविधानमा नयाँ सरकार गठनको व्यवस्था नभएको एमालेले बताउँदै आएको छ । संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ मा एकपटकका लागि मात्रै सरकार गठनको व्यवस्था भएको र उक्त व्यवस्थाअनुसार ओली नेतृत्वमा सरकार गठन भइसकेको एमालेको दाबी छ । यो धारामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकिने व्यवस्था भए पनि नयाँ सरकार गठनको व्यवस्था नभएकाले पहिला संविधान संशोधन गरेर संवैधानिक जटिलता ...
  • देश जोगाउने माझीको आवश्यकता– पूर्वप्रधामन्त्री नेपाल Jul 23, 2016 Arthatantramadhav-kumar-nepal
    काठमाडौं । संसदमा सरकारको अविस्वासको प्रस्तावको छलफलमा भाग लिँदै नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले डुब्न लागेको देश बचाउने माझीको आवश्यकता रहेको कुरा बताएका छन् । नेता नेपालले भने–‘म एक कार्यक्रममा गएको थिए त्यहाँ गीत बजिरहेको थियो ‘मेरो देश डुब्न लाग्यो, माझी बचाई देउ’ कार्यक्रममा बजेको गीत जस्तै नेपालको अहिलेको हालत त्यस्तै छ । तर, देश जोगाउने माझी देखिएन ।’ त्यस्तै ...
  • छापामार शैलीमा झलनाथलाई प्रधानमन्त्री बनाएँ –प्रचण्ड Jul 23, 2016 ArthatantraPrachanda
    राजनीति सम्भावनाको खेल नौ महिना केही दिनपहिले यसै रोस्टमबाट तत्कालीन माननीय सदस्य केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव राखेको थिएँ । त्यतिवेला भनेको थिएँ– राजनीतिक सम्भावनाहरूको खेल हो । अहिले फेरि भन्दै छु– राजनीति सम्भावनाको खेल हो । असम्भव भन्ने राजनीतिमा हुँदैन भन्दै अविश्वास प्रस्ताव टेबुल गर्दै छु । आफैँलाई किन ढाट्ने ? संविधानको धारा २९८ को उपधारा १ बाहेक अरू अन्तरिम संविधानको फोटोकपीजस्तै ...
  • कानुन मिचेर मनपरी शासन चलाउने दाउमा कांग्रेस र माओवादी ः सल्लाहकार रिम… Jul 22, 2016 ArthatantraGefont Image 1
    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नियम मिचेर कांग्रेस र माओवादी केन्द्रले मनपरि शासन चलाउन खोजेको आरोप लगाएका छन् । बिहिबार नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को छैठौं राष्ट्रिय महाधिबेसन प्रतिनिधि परिषद बैठकमा जिफन्ट अध्यक्ष समेत रहेका रिमालले संबिधान शंसोधन बिना हतार हतार सरकारमा गएर देशलाई जनप्रतिबिहिन पार्ने दिशामा कांग्रेस र माओवादी केन्द्र लागि परेको रिमालको आरोप ...
  • चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार विघटनको खेल : मन्त्री राई Jul 21, 2016 Arthatantrasher dhan rai
    भक्तपुर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार बिघटन गरिएको दाबी गरेका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले त्यो सरकार बिघटन गरेको आरोप लगाए । कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार माथि अविश्वासको प्रस्ताब काँग्रेस र ...
  • संसद बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित Jul 21, 2016 Arthatantrasamsad bhaban
    काठमाण्डौं ।  आज ११ बजेको लागि बोलाइएको संसद बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । सत्तारुढ दल र प्रतिपक्षी दलले आआफ्नो अडान नछाडेपछि विवाद समाधानको प्रयास गर्न २ बजेसम्मको लागि सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी हुन् । प्रकाशितः २०७३ साउन ६
  • शशांक कोइराला मृत्युलाई जित्दै ओम अस्पतालबाट घरतर्फ लागे ! Jul 20, 2016 Arthatantrashashank koirala
    काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला आज ओम अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई थप उपचारका लागि विदेश लगिने भएको छ। चिकित्सकहरुले उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको बताएपछि उनलाई उपचारका लागि विदेश लगिने भएको हो । उनी डिस्चार्ज हुने समय थाहा पाएपछि ओम अस्पताल परिसरमा कांग्रेसका केन्द्रीय नेताहरु, नेविसंघका विद्यार्थीहरु र उनका शुभचिन्तकहरुको घुइँचो लागेको थियो । उनलाई आज बुधवार विहान साढे ...