Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • प्रधानमन्त्रीले गरे सभामुखलाई प्रश्न बजेटको कार्यसूचि किन रोकेको ? Jul 19, 2016 Arthatantrakp_oli
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सभामुख ओनसरी घर्तीलाई आफ्नै निवास बालुवाटारमा बोलाएर बजेट पास गर्ने कार्यसूची रोकिएकोमा प्रश्न गरेका छन् । ‘असार मसान्तसम्म पास गर्नेुपर्ने बजेट विधेयकको कार्यसूचीमा सभामुखले हस्तक्षेप गरेर मिचेको’ उनले आरोप लगाएका छन् । सभामुखलाई उनले नियमसंगत तरिकाले पहिले बजेट पास गरेर मात्रै अविश्वासको प्रस्तावमा जानुपर्ने बारे अवगत गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए। ...
  • ओली सरकार संसद्बाट एक मिनेट मै बाहिरिने : ज्ञवाली Jul 18, 2016 ArthatantraPradeep Gyawali
    भक्तपुर । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार संसदलाई विश्वास गर्ने भएकाले संसदको जस्तो पनि निर्णयलाई स्वीकार गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसको समझदारी जसरी वर्तमान सरकारलाई अविश्वासको प्रस्ताव राखेको छ, संसदले गणितिय आधारमा गर्ने नियर्णलाई सहर्ष स्विकार गर्दै अविश्वासको प्रस्तावसँगै वर्तमान सरकार असफल रहे एक मिनेटमै ...
  • एकै दिन राज्यकोषको १ करोड ३१ लाख स्वाहा Jul 18, 2016 Arthatantranepali-note
    काठमाण्डौं ।  सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो। सरकार आफैले बनाइ कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनः ...
  • विज्ञले दिए प्रधानमन्त्रीलाई तीन विकल्प, संविधानको पक्षमा प्रम Jul 17, 2016 Arthatantra-kp-sharma-oli
    काठमाडौं । पछिल्लो संबैधानिक जटिलताका विषयमा संविधानविदहरुसँग छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबैधानिक निकासका लागि चुनाव घोषणा गर्नु पर्ने सुझाव दिएका छन् । सबै भन्दा उपयुक्त विकल्पबारे विज्ञहरुसंग परामर्श गर्दा प्रधानमन्त्रीलाई तीन वटा सुझाव दिएका छन् । आइतवार साँझ वालुवाटारमा उनीहरुसँग कुरा गर्दै ओलीले आफू पदमा रहने नरहने भन्दा पनि संविधान कार्यान्वयनमा आउने अवरोधलाई ध्यान दिएर आफू अघि बढ्ने ...
  • अविश्वासको प्रस्ताव माथि साउन ६ देखि छलफल हुने Jul 17, 2016 Arthatantra
    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि तीन दिन छलफल हुने प्रारम्भिक कार्यसूची तय भएको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत दलले गत बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । संसद् सचिवालयले उक्त प्रस्ताव माथि यही साउन ६ देखि ८ गतेसम्म छलफल हुने सूचना पत्र मार्फत सदस्यलाई जानकारी ...
  • हेटौँडामा पनि केपी ओलीको समर्थनमा प्रदर्शन Jul 17, 2016 Arthatantrahetauda
    हेटौँडा– अहिले सम्म नगरेको काम बर्तमान केपी ओलीको सरकारले गरेको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले हेटाँैडामा प्रदर्शन गरेका छन् । भारतको नाकाबन्दी देखि भारतको मात्र एकाधिकारको बजारलाई चिनसँग जोड्दै अधि बढेको सरकार नेपाल र नेपालीका लागि आवश्यक रहेको बन्दै हेटौँडाको बिभिन्न क्षेत्रमा आवद्ध रहेका स्वतन्त्र युवाहरुले बजारमा प्रदर्शन गरेका हुन् । हेटौँडाको सिमचौकबाट बजार परिक्रमा गर्दै प्रर्दशन गरिएको थियो । सरकारले जनताको ...
  • सभामुखको निष्पक्षतामाथि प्रश्न उठेको छ : ज्ञवाली Jul 16, 2016 ArthatantraPradip gyawali 1
    काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)ले सत्ताबाट फिर्ता भएपनि सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आज काछमाडौंमा आयोजित अन्तरकृयामा सचिव ज्ञवालीले अहिलेको सरकार अल्पमतमा परेको भन्ने कानुनी आधार नभएको स्पष्ट पारे । ज्ञवालीले मुलुकलाई सङ्क्रमणकालतर्फ धकेल्न सरकार परिवर्तन गर्न नेपाली काँग्रेस र माओवादी केन्द्र लागेको बताए । ‘‘भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय स्वाधीनताका सवाल, नाकाबन्दीको ...
  • प्रचण्डलाई फकाउँदै ओली सरकारका मन्त्री Jul 16, 2016 ArthatantraPrachanda
    काडमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीब्र पारेका छन्। नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरु व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेका छन्। माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले कांग्रेस माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन्। दुई ...
  • सरकारलाई अविश्वासको प्रस्तावसँगै संबैधानिक जटिलता ः नेतृ कोइराला Jul 15, 2016 Arthatantrasujata d d
    भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओलीको सरकारलाई अविश्वासको प्रस्ताव राखिएता पनि संबैधानिक जटिलता रहेको बताएकी छन् । रफत सञ्चार क्लबद्धारा शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै उनीले वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नगरि अगाडि बढ्दा समस्या देखिने भन्दै केपी शर्मा ओलीको सरकार कस्तो भूमिकामा प्रस्तुत हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भर पर्ने बताइन् । वर्तमान समयमा ...
  • माओवादी र कांग्रेसको निशानामा बजेट, विधेयक पास गर्न नदिने निर्णय Jul 15, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    काठमाण्डौं । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको बैठकले बजेटसँग आश्रित विधेयकहरु पास गर्न नदिने निर्णय गरेको छ। अविश्वासको प्रस्ताव संसदमा पेश भइसकेको अवस्थामा अन्य विधेयक पारित गर्न नमिल्ने भन्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् । बुधबारको संसद बैठकमा पनि कांग्रेस र माओवादी केन्द्रले विधेयकको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका थिए। एमाले र राप्रपा नेपाल लगायतले संसद सुरु गर्न पटक–पटक आग्रह ...