Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • ७० वर्ष नाघेका नेतालाई राजनीतिमा प्रतिबन्ध लगाउनैपर्छः रक्षमन्त्री प्र… Sep 20, 2017 Arthatantrabhimsen-das-pradhan
    काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई अग्रगतितर्फ लैजानका लागि अब ७० वर्ष उमेर पूरा भएका नेतालाई सक्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । गण्डक टोखा प्रजातान्त्रिक समाजले मंगलबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले वृद्ध नेताले मुलुकलाई प्रस्ट दृष्टिकोणका साथ अगाडि बढाउन नसक्ने बताए । समानुपातिक निर्वाचन प्राणालीको पनि अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले यस व्यवस्थाले लक्ष्य गरेका वर्ग समूह ...
  • प्रदेश नम्बर २ का स्थानीय तहमा ७३ प्रतिशत भोट खस्यो, मतदान शान्तिपूर्ण… Sep 18, 2017 Arthatantravote election
    प्रदेश नम्बर २ का स्थानीय तहमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा ७३ प्रतिशत भोट खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ। १ सय ३६ वटा स्थानीय तहका सबै मतदान केन्द्रमा विना कुनै हिंसा मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको आयोगले जनाएको छ। मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उत्साही रुपमा प्रस्तुत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव मतदान सम्पन्न भएपछिको पत्रकार सम्मेलनमा थप ...
  • आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त Sep 18, 2017 Arthatantragopal-khadka
    काठमाडौ। सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयल निगमका लागि जग्गा खरिद गर्दा घोटला गरेको आरोप लागेका खड्कालाई हटाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। यसअघि मन्त्रिपरिषद् बैठकले नै खड्कालाई हटाउने विषयमा पनि छलफल भएको थियो। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले कुनै ...
  • प्रदेश नम्बर २ को मतदान सुरु Sep 18, 2017 Arthatantravote election
    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेको त्यहाँस्थित हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । निर्वाचन ...
  • कांग्रेस एमालेबीच झडप ! Sep 17, 2017 Arthatantrauml-congress
    धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । दूवै दलले एकअर्काले आक्रमण गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा सांघातिक आक्रमण भएको जनाएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गए राति करिब १२ बजे आक्रमण भएको हो । मेयर पदका उम्मेदवार यादवले आफूहरु सुतिरहेको अवस्थामा १०० बढीको समूहमा आएका ...
  • नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द Sep 16, 2017 Arthatantrasimanaka
    रौतहट । नेपाल–भारत सीमामा रहेको गौर भन्सार नाका ७२ घन्टाका लागि बन्द भएको छ । प्रदेश नं.२ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ । असोज २ मा हुने स्थानीय ...
  • प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारको चुनावी खर्चको सीमा १४ लाख प्रस्ता… Sep 14, 2017 Arthatantranirwachan-aayog nepal election
    काठमाडौ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि चुनावी खर्चको १४ लाख तोक्ने प्रस्ताव अघि सारेको छ । आयोगले बुधबार प्रमुख दलका नेताहरुलाई बोलाएर चुनाव खर्चबारे छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको स्पष्ट पारे। राजनीतिक दलहरुकै सुझावको आधारमा बस्तुनिष्ट ...
  • सुन तस्करीका मुख्य नाइके माओवादी केन्द्रबाट गाउँपालिकामा निर्वाचित अध्… Sep 12, 2017 Arthatantramaoist_headquarters
    पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ...
  • नेपाली इतिहाँसकै सबैभन्दा ठूलो ५४ सदस्यीय मन्त्रीमण्डल विस्तार Sep 11, 2017 Arthatantrarastrapati1
    काठमाडौ। सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ लिएका हुन् । राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान ...
  • आज बीपीको सम्झनामा देशभर कार्यक्रम हुँर्दै Sep 9, 2017 ArthatantraBP_Koirala
    काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले ...