Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • यस्तो छ समर्थन फिर्ता लिँदै प्रचण्डले ओलीलाई लेखेको पत्र ! Jul 12, 2016 Arthatantra
    काठमाण्डौं । आज माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता गरेकोछ । प्रधानमन्त्री ओलीलाई एउटा पत्र बुझाउँदै प्रचण्डले सरकारबाट समर्थन फिर्ता लिएको जनाएका हुन् । हेर्नुहोस् उनले लेखेको पत्र … सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौं। विषयः वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे। सम्माननीय प्रधानमन्त्री उपरोक्त सम्बन्धमा २०७२ जेठ १६ गते प्रमुख राजनीतिक दलबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ...
  • नेकपा माओवादी केन्द्र सरकारबाट फिर्ता ! Jul 12, 2016 Arthatantra(Maoist) (UCPN-M
    काठमाण्डौं । नेकपा माओवादी केन्द्र ओली सरकारबाट बाहिरिएको छ। माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइसकेको बताएकोछ।   सोमबार माओवादी केन्द्रका नेताहरूले नेपाली कांग्रेसका शिर्ष नेताहरुसँग छलफल गरेका थिए । यस विषयमा आज साँझ सम्ममा औपचारिक जानकारीका साथै थप निर्णय हुने बताइएकोछ । २८ असार २०७३, १।१०
  • इतिहास रच्दै आजबाट महिला प्रधानन्यायाधिशले सम्हालिन् कार्यभार ! Jul 11, 2016 Arthatantrachief justice sushila karki
    काठमाण्डौं । आज नेपालको इतिहासमा एउटा सुनौलो अक्षर लेखिएको दिन बन्न पुगेकोछ । आज नेपालकै प्रथम महिला प्रधानन्यायाधिशले पद तथा गोपनीयाको सपथ लिएर कार्यभार सम्हालेकी छिन् । प्रधानन्यायाधिश सुशीला कार्कीले आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन् । आफ्नो कार्यभार सम्हाल्दै उनले आफ्नो कार्यकालमा न्यायालयलाई जनताको पहुँचसम्म पुर्‍याउने दाबी गरिन्। पहुँचमा अहिले ५ प्रतिशत मात्र जनता आउने ...
  • सरकारसँग सूचना हकको तथ्यांक छैन् : प्रमुख आयुक्त बाँस्कोटा Jul 11, 2016 ArthatantraKrishnahari
    भक्तपुर । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारले नागरिकलाई कति सूचना उपलब्ध गरायो कुनै तथ्याँक नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बाँस्कोटाले मान्छेको टाउकोमा रौं गन्न नसक्ने जस्तै नेपालमा कतिले सूचना पाए त्यसको बारे सरकारसँग तथ्याँक नहुनु दुःख्द बिषय भएको भन्दै सरकारले गएको वर्ष नेपालमा यति सूचना नागरिकलाई दिएको प्रष्ट भन्नु पर्ने बताए । बाँस्कोटाले संबिधान ...
  • चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा ! Jul 10, 2016 ArthatantraChina-
    काठमाडौं । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफलगर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् । औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण ...
  • प्रहरीले घेरा हाल्दा शिशै शिशा फालिएको इनारमा हाम फालेको भए … Jul 9, 2016 Arthatantrakhem lohani
    हरिशरण न्यौपाने । वि.स. २०१७ सालमा धादिङको चैनपुर गाविस ३ मा मध्यम किसान परिवारमा खेमप्रसाद लोहनीको जन्म भएको हो । उनको बाल्यकाल विद्यालय पढ्न जाने, बिहान बेलुका घरको काम गर्ने, बिदाको दिन घाँस काट्ने, गोठालो जाने, भारी बोक्ने, खेताला जाने, पौडी खेल्ने लगायत काम गरेर बित्यो । उनी १० वर्षको छँदा आफ्नी आमाको न्यानो काख खोसियो । धादिङ, चैनपुरको श्री ज्वाला प्राथमिक ...
  • कांग्रेस फकाउँदै प्रधानमन्त्री ओली Jul 9, 2016 Arthatantrapm oli
    काठमाण्डौं ।  सत्ताको मूख्य साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमति अनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमनत्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई फकाउन थालेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बनध बिग्रिएको थियो। स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक ...
  • कसैले चाहँदैमा सरकार परिवर्तन हुँदैन ः नेता नेपाल Jul 8, 2016 Arthatantramadhav-kumar-nepal
    नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियताको जगमा निर्माण भएको वर्तमान सरकार कसैले चाहँदैमा परिवर्तन नहुने बताएका छन् । ललितपुर युवा सङ्घको २६ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले बहुमतीय सरकारको विकल्प फेरि अर्काे बहुमतीय सरकार हुन नसक्ने स्पष्ट पारेका छन् । संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल सहभागी भएको राष्ट्रिय सरकारको खाँचो औँल्याउँदै ...
  • अनुगमन क्षणिक र देखावटी होइन : आपूर्ति मन्त्री पुन Jul 8, 2016 Arthatantraganeshman pun
    भक्तपुर । आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई गुणस्तरीयका साथै वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएकाले यो कुनै क्षणिक र देखावटी नभएको बताएका हुन् । मन्त्री पुनले आफ्नो कार्याकालबाट ...
  • शशांकलाई भेन्टिलेटरबाट बाहिर ल्याइयो, अवस्था खतरामुक्त ! Jul 7, 2016 ArthatantraSashanka-koirala-650x520
    काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको छ।बुधबारबाट उपचारका लागि ओम अस्पतालमा भर्ना भएका उनलाई हिजो अवस्था गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । शशांकको अवस्थाका बारेमा अहिले केही बेरमै डाक्टरहरुको टोलीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिने भएकोछ । शशांकका भतिजा सिद्धार्थ कोइरालाका अनुसार अहिले केही बेर अघि डाक्टरहरूले उनी खतरामुक्त भएको पनि बताएका छन्। २३ ...