Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • नयाँशक्तिले आइतबार दशरथ रङ्गशालामा पार्टी घोषणा गर्दैै Jun 11, 2016 ArthatantraBaburam Bhattarai
    काठमाडौंँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ । आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ । पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ ...
  • एक अर्ब लगानीमा बन्ने भो भ्यूटावर, प्रमले गरे शिलान्यास ! Jun 10, 2016 Arthatantra-kp-sharma-oli
    झापा । एक अर्बको लगानीमा दमकमा भ्यूटावर बन्ने भएको छ । पाँच विघा क्षेत्रफलमा फैलिने भ्यू टावर ७२ फिट अग्लो र चारतले हुनेछ । भ्यूटावरको आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरे । शिलन्यास गर्दै उनले विकासमा कसैले राजनीति गर्न नहुने बताएका छन् । उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएको बताए ...
  • अपहरणको आरोपमा नेविसंघका नेता पक्राउ Jun 8, 2016 ArthatantraNepal student union NSU
    कलैया । प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई मङ्गलबार पक्राउ गरेको छ । वीरगन्जका उद्योगी केडियाको यही जेठ १३ गते वरियारपुरबाट वीरगन्ज आउने क्रममा पसाहा पुल नजिकैबाट अज्ञात समूहले अपहरण गरेको थियो। अपहरणकारीलाई सहयोग गरेको भन्दै महागढीमाई नगरपालिका–२ धनसीवा गाउँबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। अपरहणमा संलग्न रहेको आरोपमा प्रहरीले ...
  • मुलुकको हितका लागि सहमतिको सरकार आवश्यक – प्रधानमन्त्री Jun 7, 2016 Arthatantra-kp-sharma-oli
    नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताउनुुभयो । उहाँको भनाइ थियो – “सहमतिका लागि प्रतिपक्षमा रहेका सबै ...
  • विश्वका १ सय शक्तिशाली महिलामध्ये ५२ औँ स्थानमा नेपालका राष्ट्रपति ! Jun 7, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौं । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो । यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् । उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको ...
  • विदेशिन खोज्नेलाई स्वदेशमै आत्मनिर्भर र पौरखी बन्न आग्रह Jun 6, 2016 Arthatantrapm oli
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्नका लागि विदेशिन खोज्ने युवाहरुलाई आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औ राष्ट्रिय महाधिवेशन तथा २०औ महिला उद्यमी सम्मेलनको आज सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको ...
  • संस्थाको हित गर्ने नाममा श्रेस्ताको हित नबिर्सिन प्रधानमन्त्रीको आग्रह Jun 4, 2016 Arthatantraauditor
    काठमाडौं । राजधानीमा आयोजित नेपाल अडिटर्स एशोसियशन (अडान) को चौथो महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले देशमा आर्थिक अनुशासन कायम राख्न लेखापरिक्षकको महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । देशलाई आर्थिक अनुशासनमा राख्ने कुरामा अडिटर्सहरुले संस्थाको हित गर्ने नाममा श्रेस्ताको हित नबिर्सिन समेत ओलीले आग्रह गरेका छन् । चार्टर्ड एकाउण्टेण्ट ऐनमा भएको विभेदकारी व्यवस्थाका कारण नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाको केन्द्रीय समितिमा अडानको ...
  • सहमतीय सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहजः अध्यक्ष दाहाल Jun 4, 2016 ArthatantraPrachanda
    रामेछाप । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताउनुभएको छ । मन्थलीमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हो भन्नु भयो । संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प ...
  • सानका साथ मर्छु, टाङमुनि छिर्दिनः प्रधानमन्त्री ओली Jun 3, 2016 Arthatantra-kp-sharma-oli
    काठमाण्डौं ।  प्रधानमन्त्री केपी ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड्’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन्। मानवअधिकार एलाइन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताएका हुन्। नाफाको जिन्दगी देशका लागि खर्चन्छु देशलाई शिरमा राखेर भन्छु, मैले सधैँ भन्ने गरेको पनि छु–यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु। केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका ...
  • ट्रेड युनियन निर्वाचन परिणाम : एमालेको वर्चस्व Jun 2, 2016 Arthatantravote election
    काठमाण्डौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको नेता छान्न भएको चुनाबमा एमाले भातृ संगठन निजामती कर्मचारी संगठनले वर्चश्व जमाएको छ। बुधबार भएको निर्वाचनको नतिजा बिहीबार बिहान आएको हो। देशभरि ४२ विभागीय र ७५ जिल्ला कार्यसमिति गरी ११७ स्थानको चुनावी परिणाम सार्वजनिक भएको हो। नतिजाअनुसार एमालेको नेपाल निजामती कर्मचारी संगठनले ८२ स्थानमा विजय हासिल गरेको छ। कांग्रेसको निजामती कर्मचारी युनियनले २५ स्थानमा ...