Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • प्रतिपक्षमा बस्ने र राष्ट्रिय सहमति एकसाथ कसरी ? : प्रम ओली May 5, 2016 Arthatantrapm oli
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति निर्माणका लागि आफू सरकार गठनपूर्वदेखि निरन्तर लागिरहेकोे र अहिले पनि त्यसका लागि तत्पर रहेको बताएका छन् । व्यवस्थापिका–संसदमा भूकम्पपछिको पुनःनिर्माणबारे सांसदले बोल्ने क्रम समाप्त भएपछि आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक असुहाउँदो ढङ्गले गरिबीको चक्रमा परेकाले तीव्र आर्थिक विकास गर्न राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारे । आफू र आफ्नो दल नेकपा (एमाले) ...
  • “भारतीय इसारामा रातारात सत्ता परिवर्तनको फोहोरी खेल” : बिजुक्छे May 5, 2016 Arthatantranarayan-man-bijukchhe
    जुम्ला, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गरेका छन् । नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताएका हुँ । उनले भने , “भारतीय नाकाबन्दीका कारण देशले रु २७ खर्ब क्षति व्यहोर्नु पर्यो, भारत सरकार, भारतीय एकाधिकार पुँजीले नेपाललाई असर पार्दैछ र भारतको इसारामा नाच्ने ...
  • एनसेलले कर छले वाइसिएलले जनस्तरबाटै प्रतिरोध गर्ने May 5, 2016 Arthatantra
    काठमाण्डौं । एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिगले सरकार नै एनसेलको खरिद बिक्रीमा पुँजीगत लाभकर लिन गम्भीर नभएको भन्दै जनस्तरबाटै प्रतिरोध गर्ने चेतावनी दिएको छ। आज बिहीबार बिहान एक विज्ञप्ती जारी गर्दै वाइसिएलले एनसेल कम्पनीको मुल्य नेपाली जनताले तिरेको सानो सानो रकमबाट सिर्जना भएको भन्दै त्यसबाट उन्मुक्ति खोजेमा प्रतिरोध गर्ने चेतावनी दिएको हो। ‘सम्पत्ति जुन देशमा सिर्जना भएको हुन्छ राजस्व ...
  • फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यमा सर्वसम्मत May 5, 2016 Arthatantrabijaya gachchhadar
    2016-05-05 10:55 विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत ढङ्गले चयन भएको छ । सो पार्टीको जारी महाधिवेशनको तेस्रो दिन बुधबार खुल्लातर्फ २१ र आरक्षित २१ स्थान गरी ४२ स्थानका लागि ९७ जना आ–आफ्ना उम्मेदवारी दर्ता गराएका थिए । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीको केन्द्रीय समितिको बैठकले सर्वसम्मत चयन गर्न अधिकार दिएपछि गएराति १२ः३० बजे सर्वसम्मत ढङ्गले चयन भएको पार्टी ...
  • अखिलले माग्यो विद्यार्थी मैत्री बजेट ! May 4, 2016 Arthatantrastudent union
    काठमाण्डौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीमैत्री बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ । सङ्गठनले विद्यार्थीलाई शैक्षिक योग्यताका आधारमा रोजगारीका लागि ऋणको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको आज ध्यानाकर्षण गराएको हो । प्रवीणता प्रमाणपत्र उत्तीर्णलाई रु पाँच लाख, स्नातक तह उत्तीर्णलाई रु सात लाख ...
  • प्रचण्डको नेतृत्वमा सरकार बनाइँदै, कांग्रेसले दियो साथ May 4, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेसले साथ दिएको भन्दै अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताएको छ। आज बुधबार विज्ञप्ती जारी गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकिरहेको अवस्थामा कांग्रेले एमाओवादी नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेकाले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताएका हुन्। ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी ...
  • संसदको योजना सार्वजनिक; आर्थिक वर्षको नीति बैशाख २६ मा आउने May 3, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदन समक्ष प्रस्तुत गर्ने भएको छ। व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सो कुरा उल्लेख छ। नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अपराह्न ४ बजे सदन समक्ष ...
  • मोटरसाइकल दुर्घटनामा एमाले नेता मारिए May 3, 2016 Arthatantramotorbike accident
    नेपालगञ्ज । नेकपा एमाले बाँकेका जिल्लास्तरीय नेता भेदलाल वलीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । ५५ वर्षीय वलीको सोमबार राति कचनापुर गाविसको अगैयामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो । नेपालगञ्जबाट कुसुमस्थित आफ्नो घर फर्कंदै गर्दा गएराति ११ बजे उनी दुर्घटनामा परेका थिए । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको नेकपा एमाले बाँकेले जनाएको छ । २१ बैशाख २०७३, ९।००
  • त्रि–वर्षीय योजनाको मस्यौदा छलफलमा जाने May 2, 2016 Arthatantra
    काठमाण्डौं । राष्ट्रिय योजना आयोगले आगामी १४औँ त्रि–वर्षीय योजनाको मस्यौदालाई राष्ट्रिय विकास परिषद्मा छलफलका लागि पठाउने निर्णय गरेको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्रि–वर्षीय योजना २०७३÷७४ देखि २०७५÷७६ को आधारपत्रलाई परिषद्मा छलफलका लागि पेश गर्न स्वीकृति दिएको हो । विज्ञहरुसहितको परिषद् बैठकले छलफल गरेर त्रि–वर्षीय योजनाको आधारपत्रलाई अनुमोदन गर्ने राष्ट्रिय योजना ...
  • संबिधान कार्यान्वयन नहोस् भन्नेविरुद्ध इश्वर पोखरेलको खबरदारी May 1, 2016 Arthatantragefont
    काठमाडौ । नेकपा एमाले महासचिव इश्वर पोखरेलले नयाँ संबिधानको कार्यान्वयन नहोस् भन्नेहरुविरुद्ध खबरदारी र भण्डाफोर अभियान छेड्नुपर्ने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रमुख पार्टीहरुको सहमतिमा संबिधानको कार्यान्वयनमा गराउनुपर्ने आवश्यकता औंल्याए । उनले भने ʽयो संबिधान कसैको बक्सिस होईन र आयात गरिएको पनि होईन, अहिले पनि ...