Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • संबिधान कार्यान्वयन नहोस् भन्नेविरुद्ध इश्वर पोखरेलको खबरदारी May 1, 2016 Arthatantragefont
    काठमाडौ । नेकपा एमाले महासचिव इश्वर पोखरेलले नयाँ संबिधानको कार्यान्वयन नहोस् भन्नेहरुविरुद्ध खबरदारी र भण्डाफोर अभियान छेड्नुपर्ने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रमुख पार्टीहरुको सहमतिमा संबिधानको कार्यान्वयनमा गराउनुपर्ने आवश्यकता औंल्याए । उनले भने ʽयो संबिधान कसैको बक्सिस होईन र आयात गरिएको पनि होईन, अहिले पनि ...
  • विकास खर्चको प्रगति ८० प्रतिशत पु¥याउन ओलीको निर्देशन Apr 30, 2016 Arthatantra-kp-sharma-oli
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटले लक्ष्य निर्धारण गरेअनुसार परिणाम देखिने गरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘चालु आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दुई महिनाभित्र विकास खर्चको प्रगति ८० प्रतिशत पु¥याउने गरी कामको चाँजोपाँजो मिलाउन निर्देशन दिनुभएको हो । चैत मसान्तभित्र विकास खर्चको प्रगति ...
  • मतसंख्या हेरेर अब दललाई पैसा दिइने Apr 30, 2016 Arthatantranirbachan aayog
    काठमाडौं। जनताले दिएको मतका आधारमा राजनीतिक दलले सरकारी रकम पाउने भएका छन्। राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। निर्वाचन आयोगले तयार गरेको प्रस्तावित विधेयकमा प्रत्यक्षबाट आउने कुल सदर मतमध्ये १.५ प्रतिशतसम्म ल्याउने दलले अनुदान पाउनेछन्। संविधान कार्यान्वयनसँगै बन्दै गरेको राजनीतिक दलसम्बन्धी विधेयकमा आयोगले अनुदान व्यवस्था गरेको हो तर अनुदान कति पाउने भन्ने तोकिएको छैन। निर्वाचन आयोगले व्यवस्थापिका संसदको राज्यव्यवस्था ...
  • एमालेको केन्द्रीय विभागमा सहमति, अब प्रदेश, सल्लाहकार र जेस्ठ कमुनिस्ट… Apr 29, 2016 Arthatantracpn uml
    काठमाडौँ, १६ वैशाख । नेकपा (एमाले) का विभिन्न २१ केन्द्रीय विभागका सदस्यको मनोनयनबारे आज टुङ्गो लागेको छ । कुल ३१ विभागमध्ये अब चाँडै दस विभागमा निर्णय हुने भएको छ । आन्तरिक विवादका कारण नवौँ महाधिवेशनपछि हालसम्म जिम्मेवारी दिन नसकेको एमालेका विभागले पूर्णता पाउने क्रम सुरु भएको हो । मनोनयनको विस्तृत सूची सार्वजनिक भने भएको छैन । सो मनोेनयनका लागि स्थायी कमिटीमा सहमति ...
  • बजेट प्रस्तुत गर्ने दिन सार्न प्रधानमन्त्रीको आग्रह Apr 28, 2016 ArthatantraPM KP OLI
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन जुधेको भन्दै गणतन्त्र दिवस सार्न नमिल्ने भएकाले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका हुन्। गणतन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बजेट प्रस्तुत गर्ने दिन पनि संविधानमा नै तोकिएकाले यस विषयमा राजनीतिक दलहरुबीच छलफल गरेर ...
  • प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन Apr 28, 2016 ArthatantraNepal-Republic-Day
    काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु भएको गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । समितिले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले जेठ १४ गते ...
  • गणेश थापाको गालामा झापड ! कसले हान्यो ? किन हान्यो ? Apr 26, 2016 Arthatantraganesh-thapa
    काठमाडौँ । दशा लागेपछि मानिसलाई गाईको बाच्छाले समेत लखेट्न थाल्छ भन्ने उक्ति सभासद् एवम् पूर्वफुटबल खेलाडी गणेश थापाको जीवनमा पनि चरितार्थ भएको छ । गणेश थापाले सार्वजनिक स्थलमा एक व्यक्तिको थप्पड खाएपछि उक्त उक्ति चरितार्थ भएको ठानिएको हो ।  अहिले गणेश थापाले उनीसम्बद्ध राप्रपा नेपालकै कार्यकर्ताबाट पिटाइ खाएको जानकारी प्राप्त भएको छ । जानकारीअनुसार गणेश थापा आफ्नो एक नातेदारको मृत्यु भएपछि ...
  • जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा लिन्छुः प्रचण्ड Apr 23, 2016 ArthatantraPrachanda
    दाङ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने बताए । सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुग्याउनुपर्ने भन्दै अध्यक्ष दाहालले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति ...
  • पाँच माओवादी पार्टी एक हुँदै ! Apr 21, 2016 Arthatantra(Maoist) (UCPN-M
    काठमाण्डौं । माओवादी पार्टीहरुबीच जनयुद्धकालीन मुद्दाका विषयमा एक भएर अघि बढ्ने सहमति भएको छ। हिजो बुधबार एकीकृत नेकपा माओवादीको मुख्यालय पेरिसडाँडामा भएको पाँच राजनीतिक दलको बैठकले जनयुद्धका मुद्दा न्यायालयले उल्ट्याउन थालेको निष्कर्ष निकाल्दै ती विषयमा एक भएर अघि बढ्ने सहमति भएको हो। द्वन्द्वकालमा बेपत्ता पार्नेलाई समेत सजायको दायरामा ल्याउने गरी सरकारले व्यक्ति बेपत्ता सम्बन्धी भूतप्रभावी कानुनको मस्यौदा तयार पारेपछि उनीहरु यसका ...
  • मन्त्रीमण्डल विस्तार, वाणिज्य मन्त्रीमा आए जयन्त चन्द Apr 18, 2016 ArthatantraNewly appointed Minister for Commerce Jayanta Chand takes the oath of office and secrecy from President Bidya Devi Bhandari at the Sheetal Niwas on Sunday, April 17, 2016. Photo: RSS
    काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई प्रधानमन्त्री केपी ओलीले वाणिज्य मन्त्रालयको जिम्मेवारी सुम्पेका छन्। चन्द मन्त्रीमा थपिएसँगै ओली मन्त्रिपरिषद् ६ उपप्रधानमन्त्री, २२ मन्त्री, १० राज्यमन्त्री र २ सहायक मन्त्रीसहित ४१ सदस्यीय भएको छ। ५१ वर्षीय नवनियुक्त मन्त्री चन्दले हिजो राष्ट्रपति भवनमा राष्ट्रपति सामु शपथ लिएका थिए । चन्द राप्रपाबाट समानुपातिक सभासदमा मनोनीत भएका हुन्।  इतिहासमा स्नातकोत्तर ...