Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता हुने Feb 20, 2016 ArthatantraKp-oli-and-modi
    काठमाण्डौ । भारत भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्दै छन्। विशेष सम्मान दिइएको र महत्वका साथ हेरिएको प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा आज अपराह्न १२ बजे हैदरावाद भवनमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुँदैछ । दुई देशबीच चिसिएको सम्बन्ध सुधारलाई मुख्य कार्यसूची बनाएका प्रधानमन्त्री ओलीसँग आजै भारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि ...
  • को-को छन् भारत भ्रमण टोलीमा ? Feb 19, 2016 ArthatantraPM_Oli_India_Tour
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च प्रतिनिधिमण्डल नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई गरिन् । यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको ...
  • प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री थापाबीच किन चिसियो सम्बन्ध ? Feb 19, 2016 ArthatantraOli thapa
    काठमाडौँ । प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भारत भ्रमणको तयारीलाई लिएर मतभेद सतहमै देखापरेको छ। प्रधानमन्त्री भ्रमणको तयारी र एजेन्डा तय गर्न परराष्ट्रलाई भूमिका नदिइएकामा थापाले असन्तुष्ट भएको स्रोतहरूले जनाए। प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैंले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा असन्तुष्ट प्रकट गर्दै उपस्थित भएनन् । प्रधानमन्त्रीले २ बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले ...
  • भारतले नै प्रश्न उठायो किन यत्रो टोली ? Feb 18, 2016 ArthatantraNepal bharat visit pm oli
    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको छ दिने भारत भ्रमणमा ९० भन्दा बढिको टोली तय गरेपछि भारत सरकारले यत्रो टोली किन भनेर प्रश्न उठेको छ । कुनै पनि छलफलमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश भएका कारण भारतले टोलीको विषयमा अनौपचारिक रुपमा कूटनीतिक असन्तुष्टि नै जनाएको परराष्ट्र अधिकारीले बताए । यति ठूलो टोलीलाई कस्तो प्रकारको छलफलमा सामेल गराउने भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको ति ...
  • धरहरा पुनर्निर्माणमा सबै मन्त्रीले दिए एक महिनाको तलव Feb 17, 2016 ArthatantraMantri parishad
    काठमाडौँ । भूकम्पबाट ढलेको ऐतिहासिक स्तम्भ धरहरा पुनःनिर्माणका लागि ओली मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दिने भएका छन् । भूकम्पले ढलेका ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्प कार्यक्रमको शुरुवात कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको तलब दिने बताएपछि मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । धरहराबाट फर्के लगत्तै मंगलबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा निर्माणका लागि ...
  • धरहराबाटै पुनर्निर्माण संकल्प : प्रधानमन्त्रीको एक महिनाको तलवबाट आर्थ… Feb 16, 2016 ArthatantraDharahara punarnirman rastriya sankalpa
    काठमाडौं । ऐतिहासिक धरहरा पुनर्निर्माण कार्य सबै नेपाली जनताबाटै आर्थिक संकलन गरेर पुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । आज धरहरामा आयोजित ऐतिहासिक धरोहर पुनर्निर्माण राष्ट्रिय संकल्पमा प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलवले खाता खोलेर आर्थिक संकलन अभियान चलाउने बताए । उनले भने हामी हाम्रो ऐतिहासिक धरोहर आफैं निर्माण गर्नु पर्छ । धरहरा म बनाउँछु भन्ने संकल्प गर्दै ...
  • संसदको विशेष समय लिएर प्रम ओलीले भने भारत भ्रमणमा अहित हुने सम्झौता हु… Feb 16, 2016 Arthatantrakp-sharma-oli_650x400_71444563514 (1)
    काठमाण्डौं । संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसँग सम्बन्ध सुधार गर्नका लागि भारत भ्रमण गर्न लागेको बताउँदै भारतसंगको सम्बन्ध पारस्परिक लाभ र मान्यताको आधारमा हुनेमा जोड दिएका छन् । यही फागून ७ गतेदेखि तीन दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको क्रममा राष्ट्र हित विपरीत कुनै सम्झौता नहुने पनि बताए । आफ्नो ...
  • कांग्रेस महाधिवेशनको खर्च चार करोड Feb 15, 2016 ArthatantraNepali Congress Flag
    काठमाण्डौं । कांग्रेसले १३औं महाधिवेशन सम्पन्न गर्न ४ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको महाधिवेशन तयारीसम्बन्धी बैठकमा अर्थ समितिका संयोजक रामशरण महतले अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उनले आर्थिक संकलनको स्रोत र खर्चका बारेमा बैठकमा जानकारी गराएका थिए । करिब २ करोड रुपैयाँ महाधिवेशन प्रतिनिधिहरूको प्रवेश शुल्कबाट ...
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण राजकीय हुने Feb 15, 2016 Arthatantraparyatan parisad photo 1
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गतेदेखि हुने भारत भ्रमणलाई राजकीय भ्रमण बनाउन दुई देशका अधिकारीहरुले तयारी थालेका छन् । २०४७ सालपूर्व राजाको भ्रमणलाई मात्र भातरले राजकीय बनाएको थियो । त्यसपछि बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको भ्रमणलाई पनि राजकीय भ्रमण बनाएको थियो । दशकपछि भारतले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय ...
  • गैंडा चितवनमा जन्मिएर भारतमा चर्न जाँदैमा इन्डिएन राइनोसर हुन्छ ? Feb 14, 2016 Arthatantraparyatan parisad photo
    काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले एक सिङे गैंडालाई गैंडाकै रुपमा चिनाउनु पर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित राष्ट्रिय पर्यटन परिषदको पहिलो बैठकमा सम्बोधन गर्दै एक सिङे गैंडा नेपालमा मात्र पाइने भएकाले यसको अरु कुनै नाम हुन नसक्ने बताए । ओलीले एक सिङे गैंडा नेपालको पहिचान हो, दुई सिङे अफ्रिकाको भएहो उनले भने युरोप र अमेरिका जहाँ गैंडा पाइन्न त्याहींकाले ...