Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • मेरो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित हुनेछ : अर्थमन्त्री Feb 7, 2016 Arthatantrabishnu paudel
    काठमाण्डौं । भारत जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री विष्णु पौंडेलले आफ्नो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित रहने बताएका छन् । अर्थमन्त्री पौडेलले भ्रमणका क्रममा भारतीय परराष्ट्र मन्त्री र वित्त मन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । उनले त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा पनि कुराकानी गर्नेछन् । पौडेलका अनुसार भारतले दाता सम्मेलनमा सहयोग गर्न वाचा गरेको १ ...
  • चार महिनापछि रक्सौल–वीरगञ्ज नाका सुचारु Feb 5, 2016 ArthatantraBirjung
    वीरगञ्ज । रक्सौल-वीरगञ्जको मितेरी पुलको अवरोध आज मध्याहृनबाट हटेको छ । स्थानीय र व्यवसायीले नाकाको धर्नामा राखिएको पाल हटाएपछि रक्सौल नाका भएर ट्रक आउन थालेका छन् । असोज ७ गतेदेखि मधेसी मोर्चाको धर्नाले अबरुद्ध नाकाबाट ४ महिनापछि एक दर्जन कन्टेनर नेपाल छिरेका छन् । मधेसी मोर्चाले नाकामा धर्ना बस्नका लागि नेपाल–भारत सीमा दसगजाको मितेरी पुलमा टाँगेको पाललाई दुवैतिरका स्थानीय र व्यवसायीले शुक्रबार ...
  • मधेशी मोर्चाद्वारा नाकाबन्दी फिर्ता लिने तयारी Feb 4, 2016 ArthatantraMadehsi Morcha
    काठमाण्डौं । सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ । मोर्चाका शीर्ष नेतृत्वतहमा पनि नाकाबन्दी खोल्ने विषयमै अझै एकमत भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू एकमत भएका छन् । ...
  • महाभूकम्पपछि ७ अर्ब डलरको आर्थिक नोक्सानी Feb 3, 2016 Arthatantrakamal thapa
    नेपालगञ्ज । उपप्रधान र संघीय मामला तथा स्थानीय विकासमन्त्री कमल थापाले सीमा नाकाको धर्ना र नाकाबन्दीले महाभूकम्पभन्दा झण्डै ७ अर्ब डलरको आर्थिक नोक्सानी भएको अनुमान गरेको भन्दै आन्दोलनबारे पुनस्विचार गर्न मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् । यहाँ मध्यपञ्चिमाञ्चल क्षेत्रको आयोजनामा २०७२र७३ को अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘गत बैशाख १२ को महाभूकम्प र ...
  • पार्टी चलाउन राष्ट्रको ढुकुटीबाट पैसा ! Feb 3, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । अबदेखि राष्ट्रिय दलका रुपमा मान्यता पाउने दलले दल सञ्चालनका लागि राष्ट्रिय ढुकुटीबाट रकम प्राप्त गर्न सक्ने मस्यौदा भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान भएको कुल सदर मतमध्ये १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले दलको आन्तरिक खर्चका लागि पहिलो पटक जनताको करबाट जम्मा भएको ढुकुटी प्राप्त गर्ने प्रावधानको मस्यौदा गरिएको हो। निर्वाचन आयोगले नेपालको संविधानअनुसार आफ्ना ...
  • नाकाबन्दी रोक्न प्रचण्डको रायलाई आग्रह Feb 2, 2016 ArthatantraPrachanda and india
    काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज भएको भेटवार्तामा प्रचण्डले  नाकाबन्दी खोल्न आग्रह गरेका बताइएकोछ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भइरहेको छलफलको प्रगतिबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा भारतीय राजदूत रायले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताएका ...
  • अखिलमा ओली समुहले टुंग्यायो नबिना अध्यक्ष, ऐन महासचिव Jan 31, 2016 ArthatantraAKHIL
    काठमाडौँ । अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलन आउन १० दिन मात्र बाँकी रहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली निकट समूले आफ्नो तर्फको उम्मेदवार टुङ्गो लगाएको  छ । आइतबार राजधानीको अल्फाबीटामा एक कार्यक्रमको आयोजना गरी वर्तमान महासचिव नविना लामालाई  भावी अध्यक्षको उम्मेदवार बनाएको छ ।   अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष ऐन महर भने महासचिवको उम्मेदवार बनेका छन् । उपाध्यक्षहरुमा रस्मी आचार्य, महेश बर्तौला, ...
  • नाका नखोले प्रधानमन्त्रीको पहिलो भ्रमण चीनबाट : थापा Jan 31, 2016 ArthatantraSurya thapa
    काठमाडौं । नेकपा एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले भारतले नाका नखोले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण चीनबाट हुन सक्ने संकेत गरेका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु उपयुक्त नहुने जना भावना र सुझाव अनुरुप प्रधानमन्त्री ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि चीनतर्फ नजर लगाउन थालेका छन् । ‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो, उपप्रमुख ...
  • गाउँ नगरमा काँग्रेस संस्थापन र देउवा पक्षको कडा टक्कर Jan 31, 2016 ArthatantraNepali Congress Flag
    नवलपरासी । नेपाली काँग्रेसको १३ औं राष्ट्रिय महाधिबेशनका लागि गाउँ नगर निर्वाचनमा संस्थापन पक्ष र देउवा पक्षको कडा टक्कर देखिएको छ । माघ १५ र १६ गते भएको निर्वाचनमा यस्तो देखिएको हो । सात वटा नगरपालिका रहेको नवलपरासीमा गैंडाकोटबाट तारापति खरेल, देवचुलीबाट पूर्णकुमार श्रेष्ठ, कावासोतीबाट मुकुन्द भट्टराई, मध्यबिन्दुबाट दुमन भण्डारी, बर्दघाटबाट शम्भुलाल श्रेष्ठ, सुनवलबाट सोमबहादुर रायमाझी ( पप्पु) र रामग्राम नगरपालिकाबाट ...
  • भारतीय विदेमन्त्रीको निमन्त्रणमा अर्थ मन्त्री भारत जाँदै Jan 31, 2016 Arthatantrabishnu paudel
    काठमाण्डौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तीनदिने भारत भ्रमणमा जाने भएका छन् । पौडेल माघ २४ गते भारत जाने र २६ गते फर्कने गरी भ्रमण कार्यक्रम तयार पारिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले बताएका छन । भारतमा रहँदा अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री स्वराजसँगै वित्तमन्त्री अरुण जेट्लीसँग पनि भेटवार्ता गर्नेछन् । दुईपक्षीय आर्थिक सहायता र साझेदारीका विषयमा अर्थमन्त्रीले भारतीय मन्त्रीहरुसँग ...