Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

राजनीति
  • जय नेपाल भनेको नेपालको जय … Feb 11, 2016 ArthatantraSushil Koirala Nepal
    चितवन । पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाका विभिन्न स्वभावहरुमध्ये आफूले कार्यक्रममा बोलिसक्दै गर्दा तीन पटक ‘जय नेपाल’ भन्ने र भन्न लगाउने स्वभाव सबैका लागि अनौठो र परिचित छ। सबै काँग्रेस कार्यकर्ताको उपस्थितिमा यो सहज भएपनि कार्यक्रममा अन्य दलका प्रमुख नेता उपस्थित हुँदा भने कोइरालाले अनुमति माग्ने र जय नेपालको व्याख्या गर्ने गरेको पाइन्थ्यो । गतवर्ष चितवनको क्षेत्र नं ४ बाट निर्वाचित भएपछि ...
  • नरहरि आचार्यको होश आयो बोल… Feb 9, 2016 ArthatantraNarhari Acharya
    काठमाण्डौं । सुशील कोइरालाको निधनका कारण मस्तिष्क घात भएका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यलाई होश आएकोछ । न्युरो अस्पतालमा उपचार गराइरहेका उनको बोली भने अझै फर्किन सकेको छैन । उनको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुःखद घटनाको कारण शकमा पुगेर उनलाई मस्तिष्क घात भएको हुनसक्ने चिक्टिसहरुले बताए । न्युरो अस्पतालको चिकित्सक टोली नेता आचार्यको अप्रेसन गर्न मिल्ने वा नमिल्ने ...
  • शव यात्रा सहित भोली विद्यु… Feb 9, 2016 Arthatantrasushul koirala 123456
    काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको आकश्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको हो । सरकारले मंगलबारदेखि बिहीबारसम्म सबै सरकारी कार्यलय, विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईले जानकारी दिए। यो बीचमा कुनै पनि औपचारिक ...
  • निर्बाचित भन्दा मनोनित धे… Feb 9, 2016 Arthatantrasushil koirala 1111
    काठमाडौँ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि राजनीतिक यात्रा सुरुगरेका सुशील कोइराला राजाको ‘कू’पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। २०३४ सालपछि पार्टीको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका थिए कोइराला । २०३४ सालमा भारतको पटनामा भएको पार्टीको सम्मेलनपछि केन्द्रीय समितिमा मनोनित, २०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनःगठनमा मनोनित केन्द्रीय सदस्य, २०५३ ...
  • नरहरि आचार्यको स्वास्थ्य … Feb 9, 2016 ArthatantraNarhari Acharya
    काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य अवस्था ‘अत्यन्त गम्भीर’ भएको न्यूरो अस्पतालले जनाएकोछ । आज मंगलबार बिहान सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली दिन पुगेका उनी सुशील निवासबाट बाहिरदै गर्दा बेहोस भएका थिए । ब्लड प्रेसर बढेर ढलेका उनलाई लगत्तै गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । तर त्यहाँबाट न्युरो अस्पतालमा लगिएको छ । ‘अप्रेशन नगरी २४ घण्टा उहाँलाई अब्जरभेसन आइसियुमा राखिएको छ। ...
  • पूर्व प्रधानमन्त्री सुशी… Feb 9, 2016 Arthatantrasushil koirala
    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान १२:५० बजे निधन भएको छ। निमोनियाका कारण महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको कोइराला निकट पारिवारिक श्रोतले जानकारी दियो । दमसम्बन्धि समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । एकमहिनायता कोइरालालाई यस्तो समस्या देखिएपछि तीन प्रकारका एन्टी बायोटिक सँगै चलाइएको उनका निजि चिकित्सक डा करबिरनाथ ...
  • मेरो भारत भ्रमण आर्थिक कुट… Feb 7, 2016 Arthatantrabishnu paudel
    काठमाण्डौं । भारत जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री विष्णु पौंडेलले आफ्नो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित रहने बताएका छन् । अर्थमन्त्री पौडेलले भ्रमणका क्रममा भारतीय परराष्ट्र मन्त्री र वित्त मन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । उनले त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा पनि कुराकानी गर्नेछन् । पौडेलका अनुसार भारतले दाता सम्मेलनमा सहयोग गर्न वाचा गरेको १ ...
  • चार महिनापछि रक्सौल–वीरग… Feb 5, 2016 ArthatantraBirjung
    वीरगञ्ज । रक्सौल-वीरगञ्जको मितेरी पुलको अवरोध आज मध्याहृनबाट हटेको छ । स्थानीय र व्यवसायीले नाकाको धर्नामा राखिएको पाल हटाएपछि रक्सौल नाका भएर ट्रक आउन थालेका छन् । असोज ७ गतेदेखि मधेसी मोर्चाको धर्नाले अबरुद्ध नाकाबाट ४ महिनापछि एक दर्जन कन्टेनर नेपाल छिरेका छन् । मधेसी मोर्चाले नाकामा धर्ना बस्नका लागि नेपाल–भारत सीमा दसगजाको मितेरी पुलमा टाँगेको पाललाई दुवैतिरका स्थानीय र व्यवसायीले शुक्रबार ...
  • मधेशी मोर्चाद्वारा नाकाब… Feb 4, 2016 ArthatantraMadehsi Morcha
    काठमाण्डौं । सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ । मोर्चाका शीर्ष नेतृत्वतहमा पनि नाकाबन्दी खोल्ने विषयमै अझै एकमत भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू एकमत भएका छन् । ...
  • महाभूकम्पपछि ७ अर्ब डलरको … Feb 3, 2016 Arthatantrakamal thapa
    नेपालगञ्ज । उपप्रधान र संघीय मामला तथा स्थानीय विकासमन्त्री कमल थापाले सीमा नाकाको धर्ना र नाकाबन्दीले महाभूकम्पभन्दा झण्डै ७ अर्ब डलरको आर्थिक नोक्सानी भएको अनुमान गरेको भन्दै आन्दोलनबारे पुनस्विचार गर्न मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् । यहाँ मध्यपञ्चिमाञ्चल क्षेत्रको आयोजनामा २०७२र७३ को अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘गत बैशाख १२ को महाभूकम्प र ...

[aas_zone zone_id=”6984″]