Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, असाढ ११ , २०७४  |  
Sunday, June 25, 2017
रोजगार
  • आइएलओ सञ्चालक समितिको सहायक सदस्यमा नेपाल निर्वाचित Jun 13, 2017 ArthatantraILO
    काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा नेपाल निर्वाचित भएको छ । आइएलओअन्तर्गत मध्यएसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै निर्वाचित हुन पाउने प्रावधान रहेकामा तीन देशको उम्मेदवारी परेपछि सोमबार निर्वाचन भएको थियो । स्वीट्जरल्यान्डको जेनेभामा जारी आइएलओ १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा सदस्यका लागि नेपालसहित बङ्गलादेश र पाकिस्तानले उम्मेदवारी दिएका थिए । निर्वाचनमा बङ्गलादेश र नेपाल विजयी ...
  • यस कारण चार सय परीक्षार्थीको इपिएस परीक्षा छुट्यो Jun 11, 2017 ArthatantraEPS-Nepal-South-Korea
    काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत आज पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० परीक्षार्थीको परीक्षा छुटेको छ । एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । सो केन्द्रमा ७५० जना परीक्षार्थी ...
  • बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ,होशियार,यसरी ठगिनुहोला नि ! Jun 7, 2017 Arthatantrarosan nakkali visa
    (यो फोटो नक्कली भिसाको हो) काठमाडौ। विदेशमा आर्कषक रोजगारी पाउने प्रलोभनमा दलाललार्इ लाखौं लाख पैसा बुझाउँदै हुनुहुन्छ ? त्यो गर्दै हुनुहुन्छ भने रोकिनुस् तपार्इ ठगीमा पर्दै हुनुहुन्छ । पोखरा लेखनाथ महानगरपालिका–१८ का सात जना युवालाई बहराईन पठाईदिने भन्दै २४ लाख रुपैयाँ ठगेर धादिङ्ग लापाका श्याम बहादुर तामाङ्ग फरार भएका छन् । बहराइनको नक्कली भिषा देखाएर पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटका राजकुमार नेपाली, रोशन ...
  • स्थानिय तहको कानुन निर्माणकाक्रममा मजदुरहरुको खबरदारी अभियान ! Jun 4, 2017 Arthatantraitwan hetauda
    हेटौंडा । यातायात क्षेत्रका मजदुर नेताहरुले अबको स्थानिय तहको कानुन निर्माण गर्दा यातायात मजदुरहरु अन्यायमा पर्न नहुने भन्दै नवनिर्वाचित पदाधिकारीको ध्यानाकर्षण गराउन थालेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इटवान) मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा नवनिर्वाचित जन प्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना दिंदै सिंहदरबारको अधिकार जनताको घर दैलोमा आएको अवस्थामा मजदुर अन्यायमा नपरुन भनेर नेताहरुले स्थानिय प्रतिनिधिको ध्यानाकर्षण गराए । मकवानपुर ...
  • ३१८ नेपाली विदेशी जेलमा, हेर्नुहोस कहाँ कति ? May 31, 2017 Arthatantrajail-migrant
    काठमाडौँ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो । जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, ...
  • एकदिनमै ७७ मजदुरहरु मृत्युपर्यन्त अंगदान गर्न तयार,मृत एक जनाले ८ जना … May 31, 2017 ArthatantraCUPPEC PHOTO (3)
    काठमाडौ । बुधबार नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा र्निाण मजदुर यूनियन(क्युपेक नेपाल) आफ्नो २१ औं स्थापना दिवसको अवसरमा मजदुर एवं उनीहरु आश्रित परिवारलाई निशुल्क स्वास्थ परिक्षण तथा मृत्यु पर्यन्त अंगदान गराउने कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ७९जनाले निशुल्क स्वास्थ्य परिक्षण गराए भने ७७ जनाले मृत्युपर्यन्त अंगदान गर्ने भएका छन् । कार्यक्रममा क्यूपेक नेपालका ...
  • सामुद्रिक बाटो हुँदै युरोप छिरेका शरणार्थी मध्ये एक हजार ३९८ जनाको बाट… May 27, 2017 Arthatantramigrant workers europe
    काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले सन् २०१७ मा सामुद्रिक बाटोबाट युरोप पुग्ने शरणार्थी सङ्ख्या ६० हजार पुगेको शुक्रबार जनाएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा सामान्य कमी भए पनि अझै गरिबी र द्वन्द्वका कारण विभिन्न एसियाली मुलुक र अफ्रिकी मुलुकबाट खतरा मोल्दै सामुद्रिक बाटो हुँदै युरोप छिर्ने सङ्ख्यामा अपेक्षित कमी नआएको आईओएमले जनाएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकायका ...
  • मजदुर दिवसमा रोजगारमन्त्रीले भने कतै म बेरोजगार मन्त्री पो हो कि ! May 1, 2017 Arthatantrasuryaman gurungTrade union congress may day photo
    काठमाडौ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमिकसँग सम्बन्धित श्रम ऐन र सामाजिक सुरक्षा ऐन अबको केहि दिनमै संसदबाट पास हुने बताएका छन् । १२८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिद्धारा आयोजित श्रमिक सभामा उनले श्रम ऐन संशोधन गर्न बनेको उपसमितिले सबै काम पुरा गरेर पास गर्न संसदसमक्ष पठाईसकेको जानकारी दिए । उक्त ऐन संसदबाट ...
  • उखुभन्दा केरा खेतीबाट हुन्छ मनग्गे आम्दानी Apr 10, 2017 ArthatantraBanana
    नवलपरासी । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् । उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका हुन् । उखु खेती गर्दै आएको आफू दुई वर्षयता ...
  • कृषिमा ठूला लगानीकर्ताको आकर्षण, विदेशबाट ल्याइयो पाठापाठी Apr 7, 2017 ArthatantraGoats in Nepal
    काठमाण्डौं ।  बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी  हिजो बिहीबार  नेपाल ल्याइएको छ । यहाँ  हिजो बिहीबार  आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ । अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्ने फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताए ।बस्नेत ...