Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
रोजगार
  • जागिर नपाएर दिक्क हुनुहुन्छ ? अब अपनाउनुहोस् यो उपाय ! Nov 18, 2016 Arthatantraumemployment business idea
    काठमाण्डौं । हाम्रो देशमा हातमा डिग्री भएर पनि भने जस्तो काम नपाएर दिक्क मान्नेहरुको संख्या धेरै छ । जसले गर्दा विदेशी भूमिमा जस्तो काम गर्न पनि जाने परिपाटी बढ्दो छ । यसका साथसाथै विदेशबाट हण्डर ठक्कर खाएर होस् या स्वदेशमै भौतारिँदा भौतारिँदै वाक्क भएर होस् अहिले विभिन्न व्यवसायमा हात हालेर महिनाको लाखौं र वर्षको करोडौं कमाएको उदाहरणहरु पनि प्रशस्त सुन्नमा ...
  • तपाईलाई थाहा छ ? एउटा कटहरको रुखबाट हुन्छ साढे चार लाखसम्म आम्दानी ! Nov 11, 2016 Arthatantrarukh katar tree fruit nepali fruit
    पाल्पा । चापाकोटका ५२ वर्षीय लीलबहादुर चुनारालाई अहिले ठेको बनाउन भ्याइनभ्याई छ । विगत २५ वर्षदेखि ठेको बनाएर उनले जीविका चलाउँदै आएका छन्। “एउटा कटहरको रुखबाट चार लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने। कटहरको रुखबाट  ठेको बनाएर उनले मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। गाउँघरमा परम्परागत रुपमा प्रयोग हुने दुग्धजन्य पदार्थ राख्न प्रयोग हुने ठेको, ...
  • हाइड्रोको सेयर छ ? ‘नेपालको पानी जनताको लगानी’ बारे कति थाहा छ तपाईलाई… Nov 11, 2016 ArthatantraUper-Karnali-Hydro
    काठमाण्डौं । सरकारले विद्युत आयोजनामा नेपाली जनातलाई २७ प्रतिशत लगानी गर्न दिने भएको छ । ‘नेपालको पानी जनताको लगानी’ नाम दिएर ऊर्जा मन्त्रालयले जलविद्युत आयोजनामा सर्वसाधारणको २७ प्रतिशत लगानी सुरक्षीत गर्न लागेको हो । यस विषयमा जानकारी दिनका लागि हिजो ऊर्जा मन्त्रालयले एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । यस कार्यक्रम अनुसार हाइड्रोपावरमा अब आम नागरिकले १७ प्रतिशत लगानी गर्न पाउनेछन् ...
  • आन्दोनलको हुन्डरी मच्चाउन तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्दे… Nov 7, 2016 ArthatantraAndolan Hundari News
    काठमाडौ । औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायतका पछिल्ला विषयमा मजदुरहरु सरकारप्रति रुष्ट बनेका छन् । मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुर मारा गतिबिधि अगाडि बढाउने कसैलाई नछोड्ने भन्दै यसको बिरोधमा आगामि मे १ देखि आन्दोलनको आधिंबेहरी र हुण्डरी मच्चाउने गरि तयार रहन श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन भनिएको छ । नेकपा (एमाले) अन्तर्गतको मजदुर संगठन नेपाल ट्रेड ...
  • दक्षिण एसियाको आर्थिक एकीकरणका लागि रोजगारी सिर्जनामा जोड Nov 7, 2016 Arthatantrac
    काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्ने  आवश्यकता औँल्याएका छन् । दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी)को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण ...
  • तपाईलाई थाहा छ,हरेक नेपालीको थाप्लोमा १९ हजार वैदेशिक ऋण ! Nov 6, 2016 ArthatantraLoan per head
    काठमाडौ। हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले राजधानीमा गरेको एक कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने ...
  • तपाई जागीरको खोजीमा हुनुहुन्छ,९ वित्तीय संस्थामा रोजगारीको अवसर ! Nov 2, 2016 Arthatantrajob 1
    काठकाडौ । वित्तीय संघ संस्थामा काम गरेर करिअर बनाउने सोचमा हुनुहुन्छ । हुनुहुन्छ भने छिटो गर्नुहोस् । यतिबेला ९ वटा वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । दुई वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक, एक वटा फाइनान्स कम्पनी, तीन वटा माइक्रोफाइनान्स कम्पनी र एक वटा इन्स्योरेन्स कम्पनी गरेर दुई सयको हाराहारीमा कर्मचारी माग गरिएको हो । सानिमा बैंक सानिमा ...
  • फूल खेतीबाटै मासिक ३ लाख आम्दानी ! Oct 28, 2016 Arthatantramarigold flower tihar sayapatri
    कास्की । एक दशकभन्दा बढी समय बिरौटा चोकमा पसल चलाएका वसन्त भण्डारी अहिले पोखराका एक कुशल पुष्प व्यवसायीको रुपमा स्थापित छन्। पसलबाट राम्रो आम्दानी हुँदाहुँदै पनि उनी पुष्प व्यवसायतिर आकर्षित भए । ६ वर्षअघि भाइटिकाको लागि माला गाँस्न सयपत्री फूल खोज्दै जाँदा उनले भनेजस्तो फूल बजारमा पाएनन्। त्यसपछि वसन्तलाई घरमै राम्रा फूल फूलाउने अठोट जाग्यो। बिरौटा चोकनिर आफ्नो पसल पछाडिको २ ...
  • आजसम्म नेपालका वन श्रमिकलाई कानुनले देख्दैन ! Oct 25, 2016 ArthatantraBwi (1)
    काठमाडौ । ʽहरियो वन नेपालको धनʼ भनेर भनिएपनि यस क्षेत्रका श्रमिकका बारेमा आजसम्म नेपालको कानुनले एक शब्द नबोलेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । बिडब्लुआई सम्बद्ध समिति नेपालले मंगलबार काठमाडौमा आयोजना गरेको प्रवासी नेपाली श्रमिक सम्बन्धी समसामयिक कानुनी सवालहरु र वन श्रमिक सम्बन्धी बिद्यमान अवस्था र सुधारका पक्षहरु विषायक अन्तक्रियामा वन मन्त्रालयका पूर्व सहसचिव एवं वनविज्ञ कृष्णप्रसाद पोखरेलले नेपालका वनमा ...
  • बैंकमा जागीर खाने हो ? अनुभवीलाई सानिमा बैंकले लिने Oct 22, 2016 Arthatantra-sanima-bank
    काठमाडौ । सानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर, कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरेको छ । कर्जा डिपार्टका लागि एसिस्टेन्ट तहमा रहेर ...