Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
रोजगार
  • बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ, होशियार ! खैनी माग्नेबाट बच्नुहोला.… Jul 16, 2016 ArthatantraSunita sayantan1
    सुनिता स्याङ्तान, काभ्रेपलाञ्चोक । ३ वर्ष मलेसिया बसेर आएकी सुनिताले नेपाललबाट जुन काम गर्छु भनेर भिसा लगाईन् मलेसिया पुग्दा भने अर्कै काममा परिन् । उनले आफुने के काम गरें भनेर त खुलाईनन् तर त्यहाँको ९ सय तलबमा काम गर्नुपर्दथ्यो । त्यहि पनि कहिलेकाँही ६ घण्टा काम गरेरै चित्त बुझाउनु पर्दथ्यो । उनीलाई कुनै महिना १५/२० दिनसम्म पनि काम नभएर कोठामै बस्नुपर्ने ...
  • गरिखानेका फरक कथा : ९० काटेका आमाको ओडारमा होटल ! Jul 12, 2016 Arthatantrasharada kandel cover
    दैलेख र कालिकोटको सीमानामा रहेको कालीखोलातिर यहाँले जाने मौका पाउनु भएकोछ भने त्यहाँ यो दृश्य देख्नुहुनेछ । दुई बृद्धा आमाहरु आफूले पुस्तौंदेखि बस्दै आएको ओडारमा होटल संचालन गरिरहेका छन् । यहाँ खाना खान आउनेहरु पनि सन्तुष्ट देखिन्छन् । उखान नै छ, ‘जहां ईच्छा त्यहां उपाय’ यो जांगरिलाहरुको जिब्रोमा झुण्डिएको बोलिबचनको थेगो जस्तै बनेको पाइन्छ । सक्रिय जीवनका लोभलाग्दा संभावनाहरु वा सकारात्मक ...
  • कोरियाको भिसा लागेर पनि ६ सय कामदार जान पाएनन् ! Jul 11, 2016 ArthatantraNepali-workers
    काठमाण्डौं । कृषि कामदारले कोरियामा लिनुपर्ने तालिमको कोटा सिमित भए पछि दुई महिना देखि नेपालबाट जाने करिब ६ सय कृषि कामदार रोकिएका छन् । पहिले एक साता भित्रै भिसा पाउने र अन्य प्रक्रिया पुरा गर्नासाथ कामदार कोरिया जान पाउँथे । यस पटक भिसा पाएको दुई महिना भन्दा बढी समय लागि सकेको छ । भिसा लागेका र अनुमानित उडान सूचिमा नाम परेका ...
  • अध्ययन भन्छ आफैदेखि सन्तुष्ट छैनन् नेपालीहरु, के हो त कारण ! Jul 10, 2016 ArthatantraData Nepal
    काठमाण्डौं । विश्व बैंकले एक अध्ययन सार्वजनिक गर्दै देशमा आफ्नै खुट्टामा उभिएका अधिकांश व्यक्तिहरु खुशी नभएको बताएकोछ । सो अध्ययन अनुसार करिब ०.२५ प्रतिशत नेपाली मात्र स्वदेशमा पाएको रोजगारीप्रति खुसी छन् । यो आँकडा देशको कुल जनसंख्याबाट लिइएको हो जसमा रोजगार पाएका र बेरोजगार समेत समेटिएका छन् । नेपालको जनसंख्या २ करोड ८५ लाख रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। अध्ययन ...
  • नेपाल टेलिकममा नयाँ प्रबन्धक निर्देशकको खोजी, कसले दिन पाउँछन् त आवेदन… Jul 9, 2016 Arthatantra
    काठमाडौं ।सरकारी स्वामित्वको रुपमा रहेको नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनौंट प्रक्रिया सुरु भएको छ । हालका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकाल सकिन लागेपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको खोजी गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले बनाएको नाम छनौंट समितिले प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । छनौंट समितिले शनिवार सूचना प्रकाशित गर्दै २१ दिनभित्र प्रस्ताव मागेको ...
  • बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको संजाल बनाईदैै Jul 7, 2016 ArthatantraBWI
    काठमाडौ । बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको अनुभवलाई नेपालको विकासमा खर्चन र बैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहयोग पुर्याउने हेतुले आप्रवासन श्रमिक संजाल निर्माण गर्ने विषयमा पहल थालिएको छ । बिडब्लु आई–नेपाल आबद्ध समिति काठमाडौले नेपालमा आप्रवासन परियोजनाको गतिबिधि तथा कार्यक्रमहरु विषयक अन्तक्रियामार्फत संजाल निर्माण घोषणा गरि उनीहरुलाई एक पार्न पहल थाल्ने निष्कर्ष निकालेको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँबरले ...
  • अष्ट्रिच पालन व्यवसायमा युवाहरु आकर्षित Jun 26, 2016 Arthatantraostrich farm Nepal
    झापा । पछिल्लो समय जिल्लामा अष्ट्रिच पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यहाँ पछिल्लो समय तीनवटा अष्ट्रिच फर्म खुलेका छन् । ती तीनवटा फर्ममध्ये धरमपुर– ७ चर्चाबारीको अष्ट्रिच फर्म जिल्लाकै ठूलो फर्म हो । स्थानीय कृष्णप्रसाद रिजालले फर्म खोलेर व्यवसाय सुरु गरेका हुन् । उनले रु एक करोडको लागतमा बुटवलबाट अष्ट्रिचका ५० वटा चल्ला ल्याएर फर्म खोलेका हुन् । चार बिगाहा ...
  • ‘ठगी गर्ने म्यानपावर सरकारको निगरानीमा’ Jun 18, 2016 ArthatantraMinister for Labour and Employment Dipak Bohara
    काठमाण्डौं ।  श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन्। सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने म्यानपावर सरकारको निगरानीमा रहेको बताए। रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको आज बुटवलमा ...
  • आयल निगममा ६२ जनालाई खुल्यो जागिर Jun 18, 2016 Arthatantraaayal nigam
    काठमाण्डौं ।  आयल निगमले सहायकदेखि उपप्रवन्धकसम्मका  विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ। १२ जना उपप्रवन्धक, १९ जना सहप्रवन्धक, वरिष्ठ सहायक १६ जना र १५ जना सहायक कर्मचारीका लागि निगमले दरखास्त आह्वान गरेको छ। मेकानिकल, सिभिल, केमिकल, पेट्रोलियम, इण्डष्ट्रियल, इलेक्ट्रिकल र इन्जिनियरतर्फ सातौं तहमा प्राविधिक इन्जिनियरिङ समूहबाट १२ जना उपप्रवन्धक माग गरिएको छ। सो समूहका लागि ८ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको ...
  • कृषि विकास बैंकमा ६७ जनाको लागि जागिर खुल्यो Jun 12, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले ६७ जना अधिकृतको लागि आवेदन फारम खुल्ला गरेको छ। बैंकले आज सूचना प्रकाशन गर्दै जेठ ३० गतेबाट २१ दिनसम्म र पुनः एक साता दोबर दस्तुर बुझाएर बैंकको केन्द्रीय कार्यालय सिंहदरबार फारम भर्न सकिने जनाएको छ। बैंकले ११ जना लेखा अधिकृत, ६ जना कम्पुटर अधिकृत, कानुन अधिकृत १० जना र ४० जना व्यवसायी अधिकृतको लागि आवेदन फारम ...