Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • केरा खेतीले मालामाल बन्दै … Mar 30, 2017 ArthatantraBanana
    चितवन । नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन् । पन्ध्रजना काम गर्नेहरु पनि राखिएका छन् । चैनपुरमा ...
  • मुला बिक्री गरेरै करिब १० … Mar 30, 2017 ArthatantraWhite_Radish Mula
    नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिएका छन् । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उनले बताए । आव २०७२/७३ मा रु सात करोडको ...
  • सीटीईभीटीबाट प्राविधिक श… Mar 29, 2017 ArthatantraVocational education qualifications training word tag cloud
    काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बर लगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले गरेको व्यावसायिक पाठ्यक्रम ९प्रोफेसनल कोर्स० निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो । तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा सञ्चालन भइरहेको कोर्सलाई बढाएर सीटीईभीटीले एकवर्षे अर्थात १६०० घण्टासम्म पुर्याउने ...
  • अन्तराष्ट्रिय फ्लोरा एक्स्पो चैत १७ बाट हुँदै, ७५ लाखको कारोबार हुने अ… Mar 27, 2017 Arthatantrainternational flora expo 2017
    काठमाण्डौं । “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ काठमाण्डौंमा हुने भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयकोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिन सम्म चल्ने यो एक्स्पोमा २८ वटा अन्तर्राष्ट्रिय स्टल सहित ९९ सय वटा स्टल रहने छन् । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, ...
  • आजदेखि खुलेको कोरिया भाषा … Mar 22, 2017 Arthatantrakorean languange EPS
    नेपालमा पहिलो पटक रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि अनलाइन फारम आजदेखि फारम खुला भएको छ।  फारम भर्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत शुल्क तिर्नुपर्ने हुन्छ। रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरियामा रोजगारीका लागि घन्टौं लाइनमा बसेर आवेदन दिने गरेका थिए। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष करिब ८० हजार ...
  • भूपू गोर्खा सैनिकले पाउने … Mar 21, 2017 ArthatantraIndian Currency counting
    काठमाण्डौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो। भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल ...
  • घट्यो चिज उत्पादन, वार्षिक… Mar 14, 2017 ArthatantraCheese
    सोलुखुम्बु । यस जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई लैजाने गरेका छन् । तर पछिल्लो समय चिज उत्पादनमा कमी आएको छ । सरकारले जिल्लामा चिज उत्पादनका लागि डेरी सञ्चालन गरेको ६० वर्ष तथा फार्म ...
  • नेपालमा भित्रियो सवा सात ख… Mar 9, 2017 Arthatantraremittance Nepal
    काठमाण्डौं । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत हो । बैंकका अनुसार ...
  • तरकारी खेतीबाटै वार्षिक १… Mar 6, 2017 ArthatantraOrganic farm resort kapan 38
    गोरखा। गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौ भइसक्यो । तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत पनि गरेका छन्। रेग्मीले भने, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ । नजिकैबाट ...
  • अधिकृत तहमा २० जना खुला कर… Mar 3, 2017 Arthatantrajob-vacancy apply now
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अधिकृत तहमा २० जना खुला कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। नेप्सेले प्रशासन सेवा तर्फ आठ तहको सहायक प्रबन्धक एक जना, दुई जना सात तहको बरिष्ठ अधिकृत र १४ जना छ तहको अधिकृत माग गरेको हो। यस्तै प्राविधक अधिकृत तीन जना माग गरेको छ। प्रशासन अधिकृतमा आवेदन दिन धितोपत्र बजार, पूँजी बजार, व्यवस्थापन, वित्त, अर्थशास्त्र, ...