Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, फागुन ११ , २०७३  |  
Wednesday, February 22, 2017
विशेष
  • जानिराख्नुहोस्, सेयर बजारमा लगानी गर्ने कहिले ? पहिल्यै या अहिले ? Feb 21, 2017 Arthatantrawhere and when in share market
    सेयर बजार अहिले ‘बाउन्स ब्याक’ भएको छ। विगत लामो समयदेखि घटेको बजार गत साताका अन्तिम दुई कारोबारदेखि बढ्न थालेको हो। भने यस साताको पहिलो दिन आइतबार पनि बजार सोही गतिमै रह्यो भने दोस्रो दिन सामान्य घट्यो। विगत लामो समय बियरिस पारामा रहेको बजारले केही दिनयता आफ्नो नयाँ ‘इनिङ’को सुरुवात गरेको छ। तर बजारको वृद्धि अब कति समय टिक्छ यसको अनुमान गर्न ...
  • स्थानीय चुनाव घोषणाको असर : आजको सेयर मार्केट कहाँ पुग्ला ! Feb 20, 2017 Arthatantravote election
    काठमाडौँ । स्थानीय चुनाब घोषणाले राजनीतिक दल र जनतामा जति उत्साह छाएको छ त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा समेत देखा पर्न थालेको छ । सुस्ताएको शेयर बजार चुनाब घोषणाकै बेला देखि सलबलाउन थालेको छ । लगानी कर्ताहरु उत्साहित देखिएका छन् । राज्यले खुलाउनु पर्ने ठेक्का पट्टाका कामहरु ठप्प हुँदा सरकारी ढुकुटीमा जम्मा भएको बजेट खर्च हुन सकेको थिएन । सरकारी पैसा डम्प ...
  • सेयर बजारमा आज ८२ करोडको कारोबार, के होला त कारण ? Feb 20, 2017 Arthatantrashare raises bull stock
    काठमाण्डौं । आज सेयर बजारमा नेप्से परिसूचक सुरुमा बढेर अन्त्यमा चार अंकले घटे पनि कारोबार अघिल्लो दिनको भन्दा झण्डै १७ करोड बढ्न पुगेकोछ । आज दिनभरमा ८२ करोड रुपैयाँको सेयर किनबेच भएकोछ । सोमबार नेप्से ४।२४ अंकले घटेर १३६५।११ विन्दुमा झरेको छ । कारोबारमा आएका होटल विमा बाहेक सबै समूह झरेपछि बजार नकारात्मक बनेको हो । कारोबार खुल्नासाथ निरन्तर उकालो लागेको ...
  • हाइड्रोको १७ करोड २५ लाख रुपैयाँ बराबरको आइपिओ निस्कासन, पाँच दिनभित्र… Feb 20, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    काठमाण्डौं । युनाइटेड मोदी इन्स्योरेन्सले १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ। कम्पनीले त्यसमध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि आरक्षित गरेको छ। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको निष्कासनमा न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सकिने निस्कासन तथा बिक्री ...
  • बजारमा आयो करिब ८० लाख कित्ता सेयर Feb 19, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा यस साता पाँच कम्पनीको बोनस र हकप्रद गरि ७९ लाख ९७ हजार तीन सय ७९ दशमलव ५६ कित्ता सेयर सुचिकृत भएको छ । शिखर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, र स्वरोजगार लघुवित्तले उक्त परिमाणमा बोनस तथा हकप्रद सेयर सुचिकरण गराएका हुन् । जसमा सबैभन्दा बढि सेयर शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार सात ...
  • जानीराख्नोस्,भूकम्पपिडीतले घरका लागि एकैपटक पाउँदै हुनुहुन्छ रु ३ लाख … Feb 18, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनःनिर्माण गरिसकेका घरधनीलाई आयोजना कार्यान्वयन एकाई वा प्राधिकरणबाट खटिएका प्राविधिकको सुपरिवेक्षणमा अनुदान वापतको रु तीन लाख एकैपटक भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता यामलाल भुसालले जानकारी दिए । पुनःनिर्माण गरिरहेका घरधनीलाई भने तीन किस्तामा रकम दिइनेछ । “निर्देशक समितिको ...
  • सेयरको क्रेज : के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ? Feb 17, 2017 Arthatantrashare distribution stock
    काठमाण्डौं । के तपाईले सिनर्जी पावर कम्पनीको सेयर किन्नुभएको थियो ? थियो भने के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ? हिजो बाँडफाँड गरिएको सिनर्जीको आइपिओ अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् । कम्पनीको बिक्री प्रवबन्धक सानिमा क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ ...
  • तपाईसँग बैंकको सेयर छ ? पारित भयो ३९ प्रतिशत बोनस सेयर Feb 16, 2017 Arthatantrabonus share
    काठमाडौ। सिद्धार्थ बैंक लिमिटेडको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले पारित गरेको हो । यस अघि बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद पछिको पुँजीको आधारमा ३९ प्रतिशत बोनस सेयर प्रदान गर्न लागेको बैंंकले जनाएको छ । साथै, सभाले संस्थापक समूहबाट ...
  • के तपाईको सञ्चय कोष छ ? छ भने थाहा पाउनुहोस् बम्पर स्किम Feb 16, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाण्डौं । सञ्चय कोषले आफ्ना आम सञ्चयकर्ताका लागि नयाँ बम्पर स्किम ल्याउने भएको छ। देशभरका आफ्ना सञ्चयकर्तालाई एकै पटक जलविद्युतको मालिक बनाउनका लागि कोषले काम सुरु गरिसकेको छ। कोषको हालै संशोधित ऐनले पूर्वाधारमा लगानी गर्ने बाटो खुला गरेपछि सञ्चयकर्तालाई मालिक बनाउने गरी जलविद्युत आयोजना निर्माणको तयारी थालेको हो।यसकालागि कोष सञ्चालक समितिले गत ७ माघमा नीतिगत निर्णय गरिसकेको छ। उर्जा र अर्थ ...
  • सेयरधनीलाई २० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदको यो अवसर ! Feb 15, 2017 ArthatantraBonus-share
    काठमाडौ। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभाँश(कर प्रयोजनका लागि) दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै कम्पनीले बोनस सेयर जारी गरेपछि हुने चुक्ता पूँजीको २ बराबर एक अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । यी दुबै निर्णयलाई बीमा समितिको अनुमति लिएर ...