Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • दिगो पर्यटन सहकारी संस्था ७ औं बर्षमा Feb 6, 2016 ArthatantraDigo paryatan cooperative
    काठमाडौं । ठमेल स्थित दिगो पर्यटन सहकारी संस्था लि. ७ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले छैटौं बार्षिक उत्सव वनभोज कार्यक्रमको आयोजना गरी भव्य रुपले मनाएको छ । किर्तिपुर स्थित पुष्पलाल पार्कमा आयोजना गरिएको बार्षिक उत्सवमा नेकपा एमालेका पर्यटन विभागका प्रमुख सुर्य थापा, दियो पर्यटन सहकारीका अध्यक्ष चन्द्र रिजाल र नाट्टाका अध्यक्ष मुधुसुधन आचार्यले संयुक्त रुपमा केक काटि बार्षिक उत्सव ...
  • पुनःनाका अवरुद्ध गर्न गएकाहरु लखेटिए Feb 6, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
    काठमाडौं । १३५ दिन पछि सुचारु भएको वीरगञ्ज नाका फेरि अवरुद्ध पार्न गएका मधेसी मोर्चाका कार्यकर्ता स्थानीय र भारतीय व्यापारीद्वारा लखेटिएका छन् । मधेसी मोर्चाको बारा र पर्साको बैठकले शनिबार दिउँसो २ बजेबाट नाका बन्द गर्ने निर्णय गरेलगत्तै कार्यकर्ता नाकामा पुगेका थिए ।   मधेसी मोर्चाले नाका फेरि बन्द गर्ने बताएपछि प्रतिकारका लागि भन्दै रक्सौलका ब्यापारीहरु समेत आएका थिए । त्यसक्रममा झडप समेत ...
  • अपडेट : नुवाकोट दुर्घटनामा ८ सैनिकको मृत्यु Feb 6, 2016 ArthatantraMadanpur
    काठमाडौं । नुवकोटको मदानपुरमा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको मृृत्यु भएको छ । नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना भएको हो । गम्भीर घाइते ६ जनाको उपचारको लागि काठमाडौँ पठाइएको नुवाकोट जिल्ला प्रहरी कार्यालयले जनायो ।  दुर्घटनाका ८ मृतक मध्ये ५ जनाको सनाखत भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी अर्जुन न्यौपानेका अनुसार दुर्घटनामा माइक्रोबसका चालक दामोदर कँडेल, सैनिक जवान यशोदा कार्की, इश्वर कार्की, ...
  • पर्वतमा ग्राहक नआउँदा लाखौँ मूल्यको भुइँस्याउ कुहिन थाल्यो Feb 6, 2016 ArthatantraGraund apple 3
    पर्वत । आलु र कोदोखेती छाडेर गतिलो आम्दानी गर्ने आशामा  भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् । उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा  चिन्तित बनेका हुन् । ग्राहक नआउँदा लाखौँ मूल्य बराबरको भुइँस्याउ कुहिन थालेको कृषकले गुनासो गरेका छन् । आलु उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने पर्वतको उत्तरी क्षेत्रका ...
  • भूकम्पमा भागदौड गर्दा राजधानीमा १४ जना घाइते Feb 5, 2016 ArthatantraBhukampa 11
    काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा भागदौड गर्दा राजधानीमा १४ जना घाइते भएका छन् । महानगरीय प्रहरी रानीपोखरीका अनुसार प्रारम्भिक विवरणमा १४ जना घाइते भएको सूचना मिलेको प्रहरीले जनाएको छ । काठमाडौँको अनामनगरमा मात्रै पाँच जना घाइते भएका छन् । अनामनगरमा केही घरमा आंशिक क्षति भएको छ । त्यहाँ बस्नेमध्ये पाँच जनालाई चोट लागेको छ । सुत्ने तरखरमा रहेका उनीहरुलाई राति १० बजेर ५ ...
  • बंगलादेशसँग नेपाल ६ विकेटले पराजित Feb 5, 2016 ArthatantraNepal U-19 team members celebrate after defeating Ireland in their Group D match of the ICC U-19 Cricket World Cup at the Khan Shaheb Osman Ali Stadium in Fatullah on Saturday, January 30, 2016. Photo: THT
    काठमाण्डौं । आईसीसी यू १९ क्रिकेट विश्वकपको क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो व्याटिङ गरेको नेपालले बंगलादेशलाई २ सय १२ रनको लक्ष्य दिएको थियो । बंगलादेशले १० बल बाँकी छदै मात्र ४ विकेट क्षतिमा लक्ष्य भेट्टाएको हो । यो जितसँगै बंगलादेश भने सेमीफाइनलमा पुगेकोछ । माघ २२, २०७२ /३.५५
  • यू–१९ विश्वकप क्रिकेट : बंगलादेश बिरुद्ध नेपाल Feb 5, 2016 ArthatantraNepal-U19-team1
    बंगलादेश ।  नेपालले आज शुक्रवार १४ वर्षपछि यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेकोछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो क्वार्टरफाइनलको बिहान पौने नौ बजेदेखि सुरु भएको खेलमा टस जितेर नेपालले ब्याटिङ रोज्दै आयोजक राष्ट्र बंगलादेशको सामना गर्दैछ । मिरपुरस्थित सेरे बंगला नेसनल स्टेडियममा घरेलु टोलीका समर्थकहरुबीच नेपालले प्रतिस्पर्धा गरिरहेको हो । यसअघि नेपालले बंगलादेशसँग आईसीसी यू–१९ विश्वकपमासन् २००२ मा प्रतिस्पर्धा गरेको ...
  • अमेरिकामा ‘यौनसम्पर्क’बाट जिका Feb 4, 2016 ArthatantraZika virus
    काठमाडौँ । यौनसम्पर्कको माध्यमबाट जिका भाइरस सरेको एउटा दुर्लभ घटना अमेरिकामा भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)का अनुसार त्यसरी संक्रमित भएका एक विरामी टेक्सासको डल्लासमा फेला परेका छन् । बिबिसीलाई उधृतगर्दै कान्तिपुरले लेखेको छ,  ती व्यक्ति स्वयम् प्रभावित क्षेत्र पुगेका होइनन्, तर तिनका यौनपार्टनर चाहिं भेनेजुयलाबाट फर्केका हुन् । लामखुट्टेले सार्ने ठानिने जिकाका कारण यतिखेर संसारमा हजारौं नवजात शिशुहरु ...
  • किन बढ्दै छ एकाएक शेयर बजार ? Feb 3, 2016 ArthatantraRabindra bhattarai
    काठमाडौं । पुँजी बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजारले अहिलेसम्मकै उच्च विन्दु १२४२ अंक पार गर्‍यो । अर्थतन्त्र कमजोर र तराई मधेस आन्दोलनले मुलुकको राजनीति तरल भएकै बेला बजार भने निकै माथि उक्लिएको छ । के कारण पुँजी बजार बढ्दो क्रममा छ ? विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘मर्जका कारण धेरै कम्पनीको सेयर कारोबार रोकिएको छ । कारोबार ...
  • कर नतिरी गाडी चढ्ने चार उप प्रधानमन्त्री को को हुन् ? Feb 3, 2016 ArthatantraCIJ Image
    शिव सत्याल : खोज पत्रकारिता केन्द्रका लागि सर्वसाधारणलाई कर तिर्न उत्प्रेरित गर्ने, दबाब दिने र नभए जरिवाना सहित असुल गर्ने सरकारी निकायका उपल्लो तहका अधिकारीहरु नै कर नतिरेको गाडी चढ्छन् भन्दा तपाइँलाइ पत्यार नलाग्ला । तर, गृह मन्त्रालयबाट हामीले प्राप्त गरेको सूचीले देखाएको छ कि– नेपाल सरकारका चार उपप्रधानमन्त्री सहित एक दर्जन मन्त्रीहरु अहिले पनि कर नतिरेको गाडी चढ्छन् । प्रधानमन्त्रीले कुनै सभासदलाई मन्त्रि ...