Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • समस्या आएको नेप्सेको साईट खुल्यो,नेप्सेमा करिब ८ अंकको वृद्धि(१ः३० बजे… Jul 27, 2017 Arthatantranepse_photo
    काठमाडौ। २ घण्टाभन्दा बढि समय समस्या आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेब साइट खुलेको छ । यसअघि साईट नखुल्दा बिहीबार लगानीकर्ता अन्यौलमा परेका थिए । उनीहरुले सेयर कारोबारका बारेमा जानकारी लिन पाएका थिएनन् । सर्वसाधारणले इन्टरनेटबाट कारोबार हेर्न नपाए पनि सेयर कारोबार भने भइनै रह्यो । नेप्सेको साइटमा समस्या आएपनि ब्रोकर कार्यालयमा कारोबार सुचारु नै थियो । नेप्सेका अनुसार ‘नेप्सेको कार्यालयसम्म आउने ...
  • समस्या आएको नेप्सेको साइट केहि बेरमा खुल्दै ! Jul 27, 2017 Arthatantranepse_photo
    काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेब साइट नखुल्दा बिहीबार लगानीकर्ताले सेयर कारोबारका बारेमा जानकारी लिन पाएका छैनन् । सर्वसाधारणले इन्टरनेटबाट कारोबार हेर्न नपाए पनि सेयर कारोबार भने भइरहेको छ । नेप्सेको साइटमा समस्या आएपनि ब्रोकर कार्यालयमा कारोबार सुचारु रहेको छ । नेप्सेका अनुसार ‘नेप्सेको कार्यालयसम्म आउने फाइबर केवल बाटोमा बिग्रिएकोले समस्या आएको हो । यसको मर्मत गर्ने काम भइरहेको छ । ...
  • सेयरधनीलाई २५% नगद लाभाँश दिंदै गरेको कम्पनीबारे जान्नुहोस् ! Jul 26, 2017 ArthatantraDividend
    काठमाडौ । लक्ष्मी भ्यालु फण्ड १ ले इकाई भनी लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको यो कम्पनीको पहिलो सामूहिक लगानी कोष योजना हो । कम्पनीको १० गते बसेको सञ्चालक समितिको ४१ औं बैठकले यस्तो निर्णय गरेको हो । प्रकाशित मितिः २०७४ साउन ११
  • बैंकको सेयर छ ? खुल्यो २१४% हकपद्र कहाँ–कहाँबाट आवेदन दिने ? जान्नुहोस… Jul 24, 2017 ArthatantraShare Contract
    काठमाडौ । झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले हाल कायम चुक्ता पूँजीको २१४ प्रतिशत हकप्रद बिक्री सुरु गरेको छ । बैंकले एक बराबर दुई दशमलव १४ कित्ताका दरले ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद सोमबारदेखि निष्काशन गरेको हो । तीन जिल्ले बैंक कन्काईले हकप्रद बिक्री गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको ...
  • एफपिओपछि बोनस शेयर दिन लागेको कम्पनीबारे जानीराख्नोस् ! Jul 24, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। प्रिमियर इन्स्योरेन्सले एक अर्ब चुक्ता पूँजी पुर्याउन एफपिओ जारी गरेलगत्तै बोनस शेयर दिने भएको छ। इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/७५ मा ७९५ रुपैयाँ बराबरको ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ जारी गर्न साधारणसभाबाट पारित गरिसकेको छ। एफपिओ जारी गरेसँगै कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गर्ने योजना बनाएको छ। इन्स्योरेन्सले आफ्नो क्यापिटल प्लानमा आर्थिक बर्ष २०७३/७४ मा ६ ...
  • १२५% हकप्रदको यो अवसर नगुमाउनुहोला ! Jul 23, 2017 ArthatantraRights-issues-
    काठमाडौ । जनरल फाइनान्स कम्पनीले १२५ प्रतिशत हकप्रद निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जनरल फाइनान्सले एक बराबर एक दशमलव २५ कित्ताको अनुपातमा हकप्रद विक्री गर्न साउन ६ गते अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको १६ लाख ५२ हजार ८५० कित्ता बराबरको १६ करोड ५२ लाख ८५ हजार रुपैया बराबरको हकप्रद सेयर विक्री ...
  • उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै, कुन कुन हुन् कम्पनी … Jul 22, 2017 ArthatantraSEBON
    काठमाडौँ । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका ...
  • बैंकले २५० प्रतिशत हकप्रद दिनैपर्ने धितोपत्रको निर्देशन ! Jul 22, 2017 ArthatantraRights-issues-
    काठमाडौ । सहारा विकास बैंकले पूर्वघोषित २५० प्रतिशत हकप्रद सेयर अनिवार्यरुपमा निष्काशन गर्नुपर्ने भएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कानुनलाई पालना गर्न निर्देशन दिएपछि प्रस्तावित हकप्रद सेयर खारेज गर्न बोलाइएको सहाराको विशेष साधारणसभा फेरि स्थगित भएको छ । यसअघि साधारण सभाबाट पारित हकप्रद निष्काशन गर्ने निर्णयलाई खारेज गर्न सहाराले असार ३१ गतेलाई विशेष साधारणसभा बोलाएको थियो । तर, ...
  • बोनस सेयर पाउनुअघि यसरी कर तिर्नैपर्ने ! पढ्नुहोस् Jul 22, 2017 ArthatantraBonus Share
    ओम डेभलपमेन्ट बैंक काठमाडौ । ओम डेभलपमेन्ट बैंकको २०७३ जेठ २६ गतेपछि सेयर किनेका सेयरधनीले २९.२० प्रतिशत बोनस पाउन यसमा लाग्ने कर तिर्नुपर्ने भएको छ । बैंककासेयरधनीले ओमको केन्द्रीय तथा शाखा कार्यालय र सेयर रजिष्ट्रार एनआइबीएल क्यापिटल मार्केट्समा करको रकम जम्मा गरिसकेपछि डिम्याट खातामै बोनस सेयर पाउनेछन् । ओमले मंसिर ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई भने डिम्याट खातामा बोनस सेयर पठाइदिएको ...
  • बनेपामा एकै परिवारका चार जनाले गरे सामुहिक आत्महत्या ! Jul 21, 2017 Arthatantrasamuhik aatmahatya news
    बनेपा । बनेपामा शुक्रबार एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरी हुन् । छोरीको बिहेका विषयमा विवाद ...