Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • कामपाका सबै वडामा निरन्तर सफा गरिने, धुलो सफा गर्न ५ वटा ब्रुमर ल्याइं… Jun 3, 2017 Arthatantrabrumar mechine
    काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने भएको छ । गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरेका थिए । तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना राखेको छ । सोअभियानअन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् । सफा गरिएको दिन ...
  • अब सङ्घमा १८ मन्त्रालय मात्र राख्न सुझाव, हेर्नुहोस कुन कुन मन्त्रालय … Jun 2, 2017 ArthatantraSinghdarbar
    काठमाडौँ । अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा १८ मन्त्रालय रहने प्रस्ताव गरेको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूले समेत सोही प्रस्ताव नै मान्य हुने तर्क गरेका छन् । संविधानमा सङ्घमा २५ मन्त्रालय रहने व्यवस्था गरिएको छ । बैठकमा सांसदहरूले सङ्घमा हुने मन्त्रालयमा प्रत्येक राजनीतिक दल निटक फरकफरक ट्रेड युनियन खोल्नेभन्दा पनि कर्मचारीको अधिकारका लागि एउटै ...
  • हाईड्रोको आईपीओ नभरी नछोड्नुहोस्,३ करोड ६८ लाखको आईपीओमा धमाधम आवेदन ! Jun 2, 2017 Arthatantra153772600
    मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले तीन करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४३ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गरेको हो । मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजनाबाट ...
  • शतप्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला,पढ्नुहोस् कहाँ–कहाँबाट भर्ने ? Jun 2, 2017 ArthatantraRight Share
    काठमाडौ । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ५ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत वैशाख १४ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको एनबिले असार ५ गतेदेखि साउन ९ गतेसम्म उक्त अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री खुला गर्न लागेको हो । एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २२ प्रतिशत बोनस ! Jun 1, 2017 Arthatantrabonus share
    काठमाडौ । मिसन डेभलपमेन्ट बैकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै बैंकले कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ । उक्त लाभाँश वितरणसम्बन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । कम्पनीले प्रस्ताव गरेको बोनस कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । प्रकाशित मितिः २०७४ जेठ १८
  • ८ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला ! Jun 1, 2017 ArthatantraBonus-share
    काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठ प्रतिशत बोनस बाँडेपछि दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीको बुधबारको संचालक समितिको बैठकले आठ प्रतिशत बोनस वितरणपश्चात उक्त परिमाणमा हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको बोनस र हकप्रद कम्पनीको आगामी साधारणसभा र नियमनकारी निकायबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ...
  • अब आईपिओ मात्रै होईन एफपिओ पनि १०० रुपैंयामा पाईन्छ,पढ्नुहोस् कसरी ? Jun 1, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल ग्रामीण बिकास बैंक लिमिटेडले आईपिओकै मूल्यमा एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम नजोडी नौ लाख ७५ हजार कित्ता एफपिओ बिक्रि गर्ने अनुमति माग गरेको छ । एफपिओ निष्काशनको अनुमति माग गर्दै गत जेठ १२ गते धितोपत्र बोर्ड पुगेको कम्पनीको अन्तिम कारोबार मूल्य सात सय ९९ रुपैयाँ रहेको छ । कम्पनीले सेयर ...
  • पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस् May 31, 2017 ArthatantraHelloSarkar
    काठमाडौँ । निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाइने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि यस्तो सेवा सुरु गरेको हो । अब भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिए वा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् । नेपाल टेलिकमको फोन प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ...
  • यस्तो छ स्थानीय तह जनप्रतिनिधीको काम कर्तब्य र अधिकार May 31, 2017 Arthatantralocal government of nepal photo
    काठमाडौं । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी आदेश २०७४ जारी गरेको छ । स्थानीय विकास मन्त्रालयले तयार पारेको आदेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचित पदाधिकारीहरुवीच कार्यविभाजन र सम्पादनमा समस्या नआओस् भन्नका लागि मन्त्रालयले आदेश जारी गरेको हो । आदेशमा संविधानले प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई ...
  • बैंकको सेयर छ? २२५ प्रतिशत हकप्रद सेयरको अवसरबारे जान्नुहोस् ! May 31, 2017 ArthatantraRights-issues-
    राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने ध्येयका साथ नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले असार ३ गते विशेष साधारणसभा बोलाएको छ । बैंकको जेठ १२ गते बसेको सञ्चालक समिति बैंठकले २२५ प्रतिशत हकप्रद प्रस्ताव राखेर विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । बैंकले मर्जर वा अन्य विकल्पतिर नलागि हकप्रदबाटै चुक्ता पूँजी पुर्याउने उदेश्यका साथ विशेष साधारणसभा डाकेको हो । जेठ ...