Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • बैंकको २०० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला ! साथै बुक क्लोज मिति… Apr 16, 2017 ArthatantraRights-issues-
    काठमाडौ । हाम्रो विकास बैंकले बैंकले सेयरधनीहरुलाई २०० प्रतिशत (एक बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यसका लागि बैंकले आगामी वैशाख ११ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्ता पूँजी १५ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब १६ करोड रुपैयाँ ...
  • ६५ प्रतिशत बम्पर बोनसको हकदार बन्ने भए आजै सेयर किनिसक्नुस् है ! Apr 16, 2017 Arthatantrabonus share
    काठमाडौ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ६५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले बैंकको ६५ प्रतिशत बोनस पाउन आजसम्म सेयर खरिद गरिसक्नुपर्छ । बुक क्लोज हुने दिन भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनिले मात्र लाभांश पाउने हुँदा आइतबार नै कालिकाको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः बोनसको हकदार हुनेछन् । कालिको बुक क्लोज सोमबार हुँदैछ ...
  • थाहा पाईराख्नोस्,७ बैंकको हकप्रद र १ लघुवित्तको आइपीओ आउँदै ! Apr 15, 2017 Arthatantraipo and right share
    काठमाडौ। बैशाखमा ७ कम्पनीको हकप्रद र एक लघुवित्त बिकास बैंकको आइपीओ आउने भएको छ । नेपाल बैंक, लक्ष्मी बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक र तिनाउ बिकास बैंकले बैशाखभित्रै हकप्रद सेयर जारी गर्न लागेका हुन् । माहुली लघुवित्त कम्पनी माहुली लघुवित्त कम्पनीले भने १ लाख २० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । माहुली सामुदायिक ...
  • २१ अर्ब लुटियो, हेर्नुस् किन र के का लागि यस्तो भयो ? Apr 15, 2017 Arthatantramoney
    काठमाडौ। सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको छ । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका हुन् । फर्छ्योटबाट मिनाहा भएको करिब २१ अर्ब रुपैयाँ सोझै ...
  •  कृषि विकास बैंकको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभांश पारित … Apr 14, 2017 ArthatantraKrishi Bikash Bank Logo
    काठमाडौ। कृषि विकास बैंकले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सभाले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । जस अनुसार बैंकले २०७३ साल असार मसान्तमा कायम ...
  • बैंकका सेयरधनीहरुले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रदको यो अवसर नगुम… Apr 14, 2017 ArthatantraBonus-share
    काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको विहीबार सम्पन्न छैटौँ साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, बैंकको साधारणसभाले सेयरधनीलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको बैंक सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ । सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट ...
  • नागार्जुन नगरपालिकाको मेयरमा पर्यटन ब्यबसायी खत्रीको उम्मेद्वारी ! Apr 13, 2017 Arthatantrakrishnahari khatri
    काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यटन व्यवासायी कृष्णहरि खत्री नागार्जुन नगरपालिकाबाट मेयर पदका दावेदार बनेका छन् ।स्थानीयस्तरमा लोकप्रिय रहेका खत्री नेकपा एमालेको तर्फबाट मेयर पदको उममेद्वार बन्ने तयारीमा जुटेका हुन् । नागार्जुन १० का स्थायी बासिन्दा खत्री नेकपा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य समेत हुन् । उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको स्युचाटार गाविस अध्यक्षमा नेकपा एमालेका तर्फबाट प्रत्यासी थिए । खत्री स्युचाटार ...
  • कतै तपाई हल्लाको भरमा सेयर बजारमा लगानी गर्दै त हुनुहुन्न ? Apr 13, 2017 Arthatantrashare risk
    काठमाण्डौं । केही दिनयता तीव्र गतिमा सेयर बजार बढेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत हुन आग्रह गरेको छ। हिजो बुधबार बिज्ञप्ति जारी गरी केही दिन यता सेयर बजार निरन्तर बढिरहेको भन्दै अनावश्यक हल्ला गरिएको र केही लगानीकर्ताले हल्लाको भरमा लगानी गरेको भन्दै पूँजी बजार नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सजग गराएको हो । विभिन्न संचार माध्यम, अनलाइनपोर्टल तथा फेसबुक र ट्विटरजस्ता ...
  • थाहा पाइराख्नुस्, बैंकले २० हैन ३० प्रतिशत हकप्रद दिँदैछ ! Apr 13, 2017 ArthatantraInterest rate share
    काठमाण्डौं । सिभिल बैंकले ३० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित २० प्रतिशत हकप्रदमा १० प्रतिशत थपेर चुक्ता पूँजी बढाउने निर्णय गरेको हो । हामा र युनिकललाई एक्वायर गर्ने प्रकृयामा रहेको बैंकले पूँजी योजना अनुसार गत बर्षको नाफाबाट दिने २.८० प्रतिशत बोनस तथा दुबै संस्थाको एक्वायरपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत ...
  • हाईड्रोको सेयर भर्नुभएको छ ? १७ करोड २५ लाखको हाइड्रोको सेयर भोलि(विही… Apr 12, 2017 Arthatantrashare market positive profit stock
    युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले फागुनमा निष्काशन गरेको साधारण सेयरको बाँडफाँड भोली (चैत्र ३१ गते) गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल क्यापिटल लिमिटेडको कार्यलय लाजिम्पाटबाट सेयर बाँडफाँड गरिने बताइएको छ । कम्पनीले फागुन १९ देखि एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको ...