Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • सेयर बजारमा अनावश्यक हल्ला फैलाउनेलाई कारवाहीको माग Jan 31, 2017 Arthatantrastock market share market
    काठमाण्डौं । सेयर लगानीकर्ता संघले अनाबश्यक र झुटो हल्ला फैलाई सेयर बजारलाई प्रभावित पार्नेहरुलाई कारबाही गर्न नियमनकारी निकायहरुसँग माग गरेको छ । सेयर बजारमा तीब्र उतार चढाव आएको बेला  केही ब्यक्तिहरुले बजारमा चलखेल गर्न भ्रामक हल्ला फैलाई लगानीकर्ताहरुमा आतंक सिर्जना गरेको संघले आरोप लगाएको छ । बजारमा उच्च गतिमा उतारचढाव आउँदा कतिपय साना र नयाँ लगानीकर्ता आत्तिएर सेयर बेच्ने प्रवृत्ति बढेको संघका ...
  • थाहा पाई राख्नुहोस्, यसकारण घट्दैछ सेयर बजार Jan 30, 2017 Arthatantrashare market loss
      काठमाण्डौं । गत साउन १ गते ऐतिहासिक उचाई भेटेको नेप्सेले सात महिना पुरा नहुँदै लगभग ६ सय अंक गुमाएको छ । १ हजार ८ सुय ८७ मा रहेको नेप्से त्यसयता घटेर १ हजार ३ सय ९ बिन्दुमा आइपुगेको छ । बियरिश ट्रेण्डमा देखिएको नेप्सेमा एक सतायता स्लोपिङ डाउन फल (तीव्र गिरावट) देखियो । बजारमा पछिल्लो एक्कासी एकोहोरो गिरावट आउँनुमा यी ...
  • यसरी बढ्दैछ जग्गाको भाउ,२ लाख आनाको जग्गाको भाउ १२ लाख,कतै २२ लाखसम्म … Jan 29, 2017 Arthatantraland plot jamin
    काठमाडौ। सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने खबरले यस क्षेत्रको जग्गाको मूल्य अकासिएको छ ।  दुवाकोटमा गत वर्षसम्म प्रतिआना दुईदेखि तीन लाख रुपियाँ मूल्य रहेको जग्गाको अहिले प्रतिआना आठ लाखदेखि १२ लाख रुपियाँसम्म पुगेको छ भने भक्तपुरका अन्य क्षेत्रमा पनि जग्गाको मूल्य अकासिएको छ। भक्तपुरको सिर्जनानगर, कटुन्जे, सल्लाघारी, दूधपाटी, सूर्यविनायक, थिमि क्षेत्रमा गतवर्ष प्रतिआना ...
  • बैंकहरूले कर्जा प्रवाह गर्ने बाटो बन्द गरे, कारण के हो ? जान्नुहोस् Jan 29, 2017 Arthatantrabank_bank
    काठमाडौ। मंसिर मसान्तको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम २० दशमलव ६ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकार ३० दशमलव ४ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो । पहिले पाँच महिनामा नै लक्ष्यभन्दा डेढ ...
  • थाहा पाइराख्नुस्, इन्स्योरेन्सको ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर … Jan 27, 2017 Arthatantrainsurance
    काठमाण्डौं । नेको इन्स्योरेन्सले पूँजी वृद्धिका लागि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रदको मिति तोकेको छ । इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गर्ने मिति तोकेको हो ।  नेकोले आगामी फागुन ३ देखि चैत ७ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको हो । पुस १४ गते सेयरधनी पुस्तिका बन्द ...
  • मर्जमा जानुभन्दा अगाडि बैंकको अफर, ९१ लाख ९७ हजार कित्ता हकप्रद सेयर Jan 26, 2017 ArthatantraRights-issues-
    काठमाण्डौं । हप्तादिन अगाडि मात्रै मेगा बैंकसँग मर्जमा जाने निर्णय गरेको टुरिजम डेभलपमेन्ट बैंकले ९१ लाख ९७ हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ। अहिले ९१ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले शतप्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो। हकप्रद सेयर बाँडफाँड पश्चात टुरिजम बैंक मेगा बैंकसँग गाभिनेछ । यसअघि टुरिजम डेभलपमेण्ट बैंक ...
  • २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निस्कासन हुँदै Jan 26, 2017 Arthatantrashare broker
    काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंक  कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निष्काशनको अनुमति माग गर्र्दै धितोपत्र बोर्ड पुगेको छ । यस अघि नै सेयर मूल्य निर्धारण गरिसकेको बैंक प्रकृया पुरा गरी सेयर निष्काशन गर्न बोर्ड पुगेको हो । बैंकले एक सय रुपैंयाको फेस भ्यालुमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा  एफपिओ निष्काशन गर्नेछ । बैंकले यस ...
  • थाहा पाईराख्नोस्,२० प्रतिशत बोनस राष्ट्र बैंकबाट स्विकृत र बोनसपछि ७० … Jan 25, 2017 ArthatantraBonus-share
    काठमाडौं । गरिमा विकास बैंकको गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक संचालक समितिको उक्त बोनस प्रस्तावलाई राष्ट्र बैंकले स्विकृत गरेको छ । अब बैंकको साधारणसभाले पारित गरेपछि उक्त बोनस वितरण हुनेछ । यसैगरी बैंकले बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा ७० प्रतिशत हकप्रद पनि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई पनि ...
  • ३५ प्रतिशत बोनस,१७.६३ प्रतिशत नगद लाभांश पछि शतप्रतिशत हकप्रदको यो अवस… Jan 25, 2017 Arthatantrashare market stock nepal
    डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडका सेयरधनीलाई आकर्षक लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो । शतप्रतिशत हकप्रद सेयर निष्काशनको अन्तिम चरणमा रहेको लघुवित्तले हकप्रदअघिको चुक्तापुँजीबाट सो लाभांश दिन लागेको हो । हकप्रद सेयर र बोनस सेयर ...
  • बैंकको १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बिक्री, फागुन १२ सम्म भर्न पाइने Jan 25, 2017 ArthatantraBank image1
    काठमाण्डौं । कृषि विकास बैंकले १०० रुपैयाँ अंकित दरका सेयरहरु मूल्य वढावढमा बिक्री गर्ने भएको छ। सर्वसाधारणले कम्तिमा १०० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बिक्री गर्न लागेको हो। बैंकले बिक्री नभएका हकप्रद सेयरहरु मूल्य वढावढमा बिक्री गर्न लागेको हो। बैंकको सेयरको बिक्री प्रबन्धकमा एस क्यापिटल छ। सेयरमा आवेदन फागुन ...