Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • सात कम्पनीले जारी गर्दैछन् करोडौंको सेयर, कम्पनी छान्नुहोस्, सेयर हाल्… Jan 16, 2017 ArthatantraShare collection
    काठमाण्डौं । धितोपत्र बोर्डमा अहिले सात जलविद्युत् कम्पनी सर्वसाधारणमा सेयर निकाल्न पाइपलाइनमा रहेका छन् । अहिले धितोपत्र बोर्डमा स्थानियको लागि सेयर जारी गर्न अनुमती माग्दै आँखु खोला जलविद्युत्, मैलुङ खोला जलविद्युत् , युनाइटेड मोदी, गरज्याङ उपत्यका हाइड्रोपावर, राधी विद्युत् कम्पनी, जोशी हाडड्रोपावर र रईरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धितोपत्र बोर्ड पुगेका हुन् । स्थानियमा सेयर जारी गरिसकेको युनाइटेड मोदीले सर्वसाधारणको लागि १७ ...
  • कतै तपाईले साठी प्रतिशत हकप्रदको यो मौका गुमाउँदै त हुनुहुन्न ? Jan 16, 2017 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-images-hand-holding-chart-graph-image31398809
    काठमाण्डौं ।  गत बार्षिक साधारणसभाबाट सिद्धार्थ डेभलपमेण्ट बैंकले पारित गराएको ६० प्रतिशत अर्थात दश बराबर छ कित्ता हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । हिजो आइतबार सिद्धार्थ डेभलपमेण्ट बैंक र र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सेयर निष्सकान सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख ...
  • सेयरको क्रेज : साढे चार अर्बको एफपिओमा चालीस अर्बको आवेदन Jan 16, 2017 Arthatantrafpo
    काठमाण्डौं ।  नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा करिब ४० अर्ब रुपैयाँभन्दा बढी नै मूल्यको आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। अन्तिम दिन आइतबार मात्र करिव २४ अर्ब रुपैयाँको आवेदन परेको र बाँकी ३५ वटा संकलन केन्द्रको तथ्यांक आउन बाँकी नै रहेकोले सेयर आवेदन ४० अर्बको हुने अनुमान क्यापिटलले गरेको हो । नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ...
  • आजबाट खुल्यो प्रभुको कारोबार, दुई वर्षदेखि पीडित ग्राण्डका लगानीकर्ताल… Jan 15, 2017 ArthatantraPrabhu-and-grand bank
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबारबाट प्रभु बैंकको सेयर कारोबार खुला गरेको छ । ग्राण्ड बैंक र नेपाल डेभलपमेन्ट बैंकलाई गाभेर बनेको प्रभु बैंकको पिआरभियू कोडमा नेप्सेमा कारोबार हुनेछ। नेप्सेमा प्रभुको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । गत असोज १७ र १८ गते राष्ट्र बैकले प्रभु बैंकतर्फको मात्र ...
  • काबेलीको २ बराबर १ अनुपातमा हकप्रद सेयर Jan 14, 2017 ArthatantraShareholders
    काठमाडौ । काबेली विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । धनकुटामा प्रधान कार्यालय रहेको बैंकले पुस २४ गते बोर्डमा निवेदन दर्ता गराएको हो । बैंकले एक सय रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ८ हजार ८ सय ...
  • जग्गाको विषयमा तपाईले जान्नैपर्ने अर्काे पाटो, बजारमा यस्तो भेटियो ! Jan 13, 2017 Arthatantraland plot jamin
    चितवन । नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले हालै पक्राउ गरेको हो । चितवनका प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार नक्कली जग्गाधनी बनेर ...
  • सेयर बजारमा मार्जिन लेन्डिङ बारे कति थाहा छ तपाईलाई ? Jan 12, 2017 ArthatantraShare
    काठमाण्डौं । जब जब सेयर बजार झर्न थाल्छ तब तब मार्जिन लेन्डिङको चर्चा चल्न थाल्छ । तर यसबारे तपाई हामी कत्तिको जानकार छौं ? मार्जिन लेन्डिङको माग अहिले मात्र होइन २०६५ सालबाट मूल्य ओर्लिन थालेपछि नै हुन थालेको हो। बीचमा मूल्य उक्लिएपछि यो हराएको थियो। अहिले झर्न थालेपछि माग फेरि आउन थालेको छ। मार्जिन लेन्डिङ पसलमा लिने उधारोजस्तै हो। कुनै सामानको मूल्य ...
  • सेयरको क्रेज : ‘नेपालको पानी–जनताको लगानी’मा २४ घण्टामै ५७ करोडको प्रत… Jan 11, 2017 Arthatantranepal ko paani janata ko laagani
    काठमाण्डौं । उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत नेपालको पानी जनताको लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको भोलिपल्ट अर्थात २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ । उर्जा मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन ...
  • माइक्रोफाइनान्सको आइपिओ खुल्दै, हेर्नुहोस् कहाँकहाँबाट भर्न मिल्छ सेयर… Jan 10, 2017 ArthatantraIPO share
    काठमाण्डौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएकोछ ।  माघ ९ गतेबाट भर्न मिल्ने उक्त साधारण सेयर ६ करोड रुपैयाँ बराबर मूल्यको रहेको कम्पनीले जनाएकोछ । दुवही सुनसरी प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफ़ाईनान्स वित्तीय संस्थाको सेयरलाई ईक्रा नेपाल लिमिटेडले फरवार्ड कम्युनिटीलाई आइपिओ ग्रेड ४ प्लसको प्रमाण पत्र दिएको छ।  ...
  • सेयर बजारमा तपाई कुन वर्गको कम्पनीमा लगानी गर्दैहुनुहुन्छ ? Jan 9, 2017 Arthatantrashare market bull and bear
    काठमाण्डौं । अहिले नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारका लागि सूचीकृत भएका कम्पनीहरूसँग उनीहरुको विवरण माग गरेको छ । नेप्सेले कम्पनीको वर्गीकरण गर्नका लागि आवश्यक विवरण मागेको हो । नेप्सेले मागेको विवरण बुझाएपछि नेप्सेले तोकेको मापदण्ड पुरा गरेका कम्पनीलाई क वर्गमा वर्गिकरण गर्न सक्नेछ । क वर्गमा पर्न चुक्ता पुँजी कम्तिमा दुई करोड रूपैयाँ भएको, साधारण सेयरधनी संख्या कम्तिमा एक हजार जना ...