Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • धितोपत्रबोर्डले ल्यायो नयाँ शर्त र मापदण्ड, मारमा परे हाइड्रो कम्पनी ! Dec 8, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुलाई हकप्रद तथा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न शर्त तथा मापदण्डहरु तोकेको छ । बोर्डले त्यस्ता कम्पनीहरुको थप सेयर निष्कासनमा रोक लगाएर मापदण्ड बनाउन कार्यदल बनाएको थियो । बोर्डले हकप्रद सेयर वा फर्दर पव्लिक इस्यू सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको ...
  • शेयरधनीलाई खुसीको खबर ! Dec 7, 2016 ArthatantraBonus-share
    काठमाडौ । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई ११.७० प्रतिशत बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम चुक्तापुँजीको ११.७० प्रतिशत बोनस सेयर दिन लागेको हो । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब १० करोड २० लाख रुपैयाँ पुग्नेछ । ज्योति विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । नेपाल राष्ट्र बैंकबाट जारी पुँजी योजना ...
  • नियमितरुपमा १० कित्ताभन्दा कमको पनि कारोवारः धितोपत्रको क्लियरिङ बैंक … Dec 7, 2016 Arthatantradhitopatra board
    काठमाडौ। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई क्लियरिङ बैंक थप्न पुनः निर्देशन दिएको छ । यसअघि पनि क्लियरिङ बैंक थप्नको लागि नेप्सेलाई बोर्डले दिएको निर्देशन कार्यान्वयन नभएपछि पुनः बोर्डले निर्देशन दिएको हो । धितोपत्र कारोवारको राफसाफ तथा फर्छ्यौट कार्यलाई छिटो छरितो गर्न बोर्डले नेप्सेलाई पटक पटक निर्देशन दिँदै आएको छ । बोर्डको निर्देशनलाई नेप्सेले आलटाल गर्दै आएपछि बोर्डले अर्को ...
  • बैंकको बोनस सेयर किन्दै हुनुहुन्छ ? पढ्नुहोस् यो समाचार ! Dec 7, 2016 ArthatantraBonus Share
    काठमाण्डौं । के तपाई बैंकको बोनस सेयर किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तपाईलाई यो सूचना काम लाग्न सक्छ । स्ट्याण्डर्ड चार्टड बैंकले आफ्नो सेयर मूल्य समायोजन गरेकोछ । नेप्सेमा आज एक सूचना प्रकाशित गर्दै बैंकले जारी गरेको ३३.३३ प्रतिशत सेयरका लागि मूल्य समायोजन गरेको बताएकोछ । यसको सेयर मूल्य प्रति कित्ता २ हजार १ सय ५३ रहेकोछ । यसको ...
  • सर्वसाधारणलाई ११ अर्बको सेयरः माथिल्लो तामाकोसीको ८२ प्रतिशत कार्य सम्… Dec 6, 2016 ArthatantraTamakoshi1
    काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको र ८२ प्रतिशत काम सम्पन्न भएको बताईएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा ...
  • लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ हजार ९ सय ३ कित्ता सेयर लिलामी गर… Dec 6, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । केही समय अघि जारी भएको सर्वसाधारण समूहको अवितरित सेयर लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ हजार ९ सय ३ कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले लिलाम बढाबढगरी बिक्रीका लागि सूचना जारी गरेको छ । लक्ष्मी लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले ...
  • थाहा पाउनुभयो ? यसकारण सेयर लगानीकर्ताहरुले डराउनु जरुरी छैन Dec 6, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आफुले बजार सुधारका नियमित काम गरि रहेको हुँदा लगानीकर्तालाई हतोत्साहित नभइ लगानी गर्न आग्रह गरेको छ । अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र अधिकांश सूचिकृत कम्पनीको  कार्य सम्पादन सन्तोषजनक देखिएको हुँदा लगानीकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको बोर्डको भनाइ छ। बोर्डका प्रबक्ता निरज गिरीले सोमबार प्रेस बिज्ञप्ति जारी गरी बजारको हालको स्थितिलाई सूक्ष्मरुपले हेरिरहेको जनाएका छन् । सुधारका ...
  • सेयर बजारमा निगरानी बढ्दो, फेरि अर्को ब्रोकर कम्पनी निलम्बनमा ! Dec 5, 2016 Arthatantrastop sign share market
    काठमाण्डौं । ब्रोकर नम्बर ५३ ईन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्राईभेट लिमिटेडको कारोबार धितोपत्र बोर्डको निर्देशन अनुसार निलम्बन गरिएको छ । नेप्सेमा सूचना जारी गर्दै निलम्बन भएको जनाए पनि के कारणले उसको कारबाही रोकिएको हो भन्ने ब्यहोरा भने खुलाईएको छैन । केही दिन अघि मात्र धितोपत्र बोर्डले ब्रोकर नं. ४ ओपल र ब्रोकर नम्बर ३ अरुण सेक्युरिटिजलाई निलम्बन गरेको थियो । जसमा अरुणको ...
  • थाहा पाउनुभो, लघुवित्त विकास बैंकको १ लाख २५ हजार कित्ता सेयर बजारमा आ… Dec 5, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । नागवेली लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत आर्थात् २ बराबर १ अनुपातको हकप्रद सेयरको बिक्री आजबाट खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका एक करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । लघुवित्तले हकप्रद प्रयोजनका लागि मंसिर ५ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।कम्पनीको हकप्रदमा मंसिर ४ ...
  • सेयर ब्रोकर नं. ४ अझै निलम्बनमा, अरु पनि धितोपत्रबोर्डको नजरमा ! Dec 4, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा बार्षिक लेखापरीक्षण प्रतिबेदन लगायतका कागजात नबुझाएका कारण कारोबार निलम्बन गरिएका दुई सेयर दलाल मध्ये सेयर दलाल नम्बर ३ अरुण सेक्युरिटिजको कारोबार खुलाएको छ । तर योसँगै निलम्बनमा परेको ब्रोकरको भने अझै कारोबार खुला गरेको छैन । नेपाल स्टक एक्सचेन्जले आफ्नो वेभसाईटमा जनाए अनुसार ओपल सेक्युरिटिज सेयर दलाल नम्बर ४ ले आफ्नो विविध प्रत्रिmया पुरा नगरेकाले उसको ...