Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • सकारात्मक हुनुहोस् देशको अर्थतन्त्रमा सुधार आउनेछ, हेर्नुहोस् कसरी ? Oct 21, 2016 Arthatantrashare market profit
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चार वटा तथ्यहरु सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आउने बताएकोछ । राष्ट्र बैंकले आर्थिक गतिविधिमा सुधार आएको भन्दै यस्तो बताएको हो । उसले बताएका चार तथ्यहरु निम्न छन्ः १. भदौ महिनासम्म देशको धेरैजसो भूभागमा पर्याप्त बर्षा हुनुका साथै कृषिजन्य सामग्रीहरुको वितरणसमेत सहज रहेकाले बर्षे वालीहरुको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बृद्धि हुने सम्भावना देखिन्छ । २. भदौसम्ममा उर्जा ...
  • विकास बैंकले दिने भो करिब १२ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर ! Oct 21, 2016 Arthatantrabank_1
    काठमाण्डौं । ज्योति विकास बैंकले ११.७ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले वोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयरसमेत दिने भएको छ । बैंकले गत आर्थिक बर्ष १५ करोड २१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ९२ करोड ३४ लाख रुपैयाँ छ । यसमा ११.७ प्रतिशत वोनस सेयर दिएपछि पुँजी एक ...
  • थाहा पाईराख्नुस्, कार्तिक ९ गतेदेखि ३० लाख कित्ता आईपीओ निष्काशन हुँदै Oct 21, 2016 Arthatantra153772600
    काठमाडौ । अरुण काबेली पावर लिमिटेडले कार्तिक ९ गतेदेखि ३० लाख कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले सो मध्ये ९० हजार कित्ता कम्पनीको कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । १ सय रुपैंया प्रतिशेयर मूल्य रहेको कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनत्तम ५० कित्तादेखि अधिकत्तम १५ हजाार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओ जारी गर्न ...
  • तपाईलाई पर्यो त ? गोलाप्रथाबाट लघुवित्तको सेयर बाँडफाँड भयो Oct 20, 2016 Arthatantrashare distribution stock
    काठमाडौ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सुर्योदय लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणका लागि निष्काशन गरेको १ लाख २० हजार कित्ता साधारण शेयर बाँडफाँड गरेको छ । निष्काशन भएको शेयर संख्याको हाराहारीमा नै शेयर आवेदक भएका कारण थोरै मात्र आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बिहीबार सबै आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । लघुवित्तको शेयरका लागि ...
  • मौकाको फाइदा उठाउनुहोस्, विकास बैंकको १७ हजार कित्ता सेयर आजैबाट लिलाम… Oct 20, 2016 Arthatantrashare market
    काठमाण्डौं । कसमस डेभलपमेण्ट बैंकले १७ हजार कित्ता सेयर शेयर लिलाम सुरु गरेको छ । गत साउन ११ गतेदेखि बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा नबिकेको ४ हजार ८ सय १९ कित्ता संस्थापक तथा १२ हजार २ सय ७ कित्ता साधारण सेयर लिलाम गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभल क्यापिटलमा लिलामबाट सेयर खरिद गर्न चाहनेले आवेदन ...
  • १ करोड ३ लाख कित्ता सेयर किन्ने विचारमा हुनुहुन्छ ? कार्तिक १० सम्म सम… Oct 19, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । जनता बैंकले ५० प्रतिशत अर्थात् १ करोड ३ लाख कित्ता हकप्रद सेयर निश्काशनका लागि सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । नेपाल धितोपत्र बोर्डले असोज १९ गते नै जनता बैंकलाई उक्त सेयर निस्कासन गर्नका लागि स्वीकृत प्रदान गरेको थियो । कार्तिक ११ गते बुक क्लोज गर्ने सूचना निकालेको जनता बैंकको दुई कित्ता बराबर नयाँ एक कित्ता सेयर किन्न ...
  • थाहा पाउनुहोस्, फाइनान्सको सेयर किन्दा नपरेको पैसा कहाँ जान्छ ? Oct 18, 2016 Arthatantrashare
    काठमाण्डौं । आरएसडिसी लघुवित्तको साधारण सेयरमा सेयर नपरेको पैसा आगामी शुक्रबारदेखि फिर्ता हुने भएको छ । १८ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आवेदकको खातामा सेयर नपरेको पैसा फिर्ता हुनेछ भने अरु आवेदकले आवेदन केन्द्रबाट पूर्जा संकलन गर्नु पर्ने हुन्छ । सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख कित्ता सेयर निष्काशन गरेको कम्पनीले १ लाख ५४ हजार ८ सय २७ जना ...
  • तपाईसँग विकास बैंकको सेयर छ ? २६ वटाले दिँदैछन् बोनस सेयर, हेर्नुहोस् … Oct 18, 2016 Arthatantrabonus share stock market
    काठमाण्डौं । २७ वटा विकास बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरणको प्रस्ताव गर्ने क्रममा बोनस सेयरको प्रस्ताव गरेका छन् । पूँजी वृद्धिको चटारोमा रहेका विकास बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफलको प्रस्ताव न्युनतम पौने आठ प्रतिशतदेखि ३४ प्रतिशत रहेको छ । यसरी बोनस सेयर वितरण गर्ने बैंकहरुमा मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक, ओम डेभलपमेण्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, कञ्चन ...
  • थाहा पाइराख्नुहोस्, नौ कम्पनीले ल्याउँदैछन् ९६ लाखभन्दा बढी कित्ता साध… Oct 17, 2016 Arthatantrashare market Experience stock
    काठमाण्डौं । विभिन्न नौ कम्पनीले छिट्टै करिब ९६ करोड १४ लाख सात हजार रुपैयाँ बराबरको ९६ लाख १४ हजार सात सय ८९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेका छन् । दसैंपछि लगानीकर्ताले यो मूल्य बराबरको सेयरमा लगानी गर्न पाउने भएका छन् । आईपीओ निष्कासनको तयारी गरिरहेका नौ कम्पनीमध्ये हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर लिमिटेड, आँखु खोला जलविद्युत् ...
  • के तपाईसँग यी विकास बैंकको सेयर छ ? दिँदैछ ४८ प्रतिशत बोनस सेयर ! Oct 17, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । गत वर्षको खुद नाफाबाट दुई विकास बैंकले क्रमशः २३ र २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेका छन् । यसरी बोनस दिने दुई बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत र कन्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनसको प्रस्ताव अघि सारेका हुन् । राष्ट्रियस्तरको बिकास बैंक काष्ठमण्डपले २५ प्रतिशत हकप्रद पनि चाँडै नै जारी गर्दैछ । यसका लागि धितोपत्र बोर्डबाट उसले ...