Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • नेपाली समाज टेक्सासद्धारा भूकम्प प्रभावित ८ जिल्लामा ११ विद्यालय निर्… Aug 30, 2016 Arthatantra
    नेपाली समाज टेक्सस अमेरिकाले भूकम्प अति प्रभाबित ८ जिल्लाका ११ वटा विद्यालयको भवन निर्माण गरी रहेको छ । समाजले आफ्नै प्रत्यक्ष रेखदेखमा ती बिद्यालय भवन निर्माण गरिरहेको छ । बिद्यालय निर्माणका लागि प्रस्ताव मागे बमोजिम प्रकृया पुरा गरी निवेदन दिएकाहरुको गहन अध्ययनपश्चात् छनोट गरि विद्यालय निर्माणमा समाजले सहयोग गर्दै आएको छ । यसका लागि विद्यालयको तर्फबाट १५ हजार डलर समाजको ...
  • दैनिक उपभोग्य वस्तुमा असोज १ देखि भारी छुट Aug 28, 2016 Arthatantrasupath
    काठमाडौ । सरकारले आसन्न दशै तिहार छठ पर्वहरुलाई लक्षित गरी सुपथ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउने उदेश्यले असोज १ देखि सहुलियत पसल संचालन गर्ने भएको छ । दलहन, चामल, घ्यू, तेल, नुन, चिनी, पनीर, खसी, बोका, चाङग्रा, खाना पकाउने ग्याँसमा सहुलियत दरको सुपथ मूल्य पसल संचालन गर्न लागिएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीद्धारा जारी विज्ञप्ती ...
  • आईएमई अध्यक्षद्वारा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन ! Aug 28, 2016 Arthatantraime
    काठमाण्डौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अमेरिकास्थित न्यू जर्सीमा यहि २७ अगष्टदेखि शुरु भएको गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई नेपाल उधोग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गरेका छन् । कार्यक्रमको उद्घाटन सत्रमा मन्तब्य व्यक्त गर्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैर आवासीय नेपालीलाई अनुरोध गरेका थिए ...
  • सूर्योदयको आईपिओ खुल्यो, हेर्नुहोस् कहाँ–कहाँबाट भर्ने आवेदन ! Aug 28, 2016 Arthatantraipo 1
    काठमाण्डौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर निस्कासन (आईपिओ) तथा बिक्री आजबाट खुला भएको छ। १ सय अंकित दरका १ लाख २० हजार कित्ता सेयर बिक्री खुलेको हो। जसमध्ये ६ हजार कित्ता सामुहिक लगानी कोष र ४ हजार ८ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। भदौ १५ गतेसम्म चाँडोमा सेयर बिक्री खुला रहने प्रवद्र्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। ...
  • एनआईसी एशियाले दिने भो २७ प्रतिशत बोनस सेयर र १५ प्रतिशत हकप्रद ! Aug 26, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आज शुक्रबार बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैंकले २६ प्रतिशत बोनश वितरण गरे लगत्तै १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ । बैंकले ...
  • सेयर बजारः कम्पनी हेरेर लगानी गर्नुहोस्, पछुताउनु पर्दैन ! Aug 26, 2016 Arthatantrashare
    पछिल्लो समय धितो पत्र बोर्डले सरहनिय काम गरेकै हो । पुर्ण रुपमा डिम्याट , ब्रोकेर कमिसन मा उल्लेखनिय रुपमा कटौती गर्नु , ४ कार्यदिन मा राफसाफ हुनु , आइपिओमा अनिवर्य डिम्याट तथा पारिबारिक चेक मात्र प्रयोग हुनुलाई धितोपत्र बोर्डको सकरात्मक कदमको रुपमा लिन सकिन्छ । साथ साथै नेप्से यो अवस्थामा आइपुग्नको लागि नेप्सेको भुमिकालाई नजरन्दाज गर्न कदापी मिल्दैन । यहाँ अहिले ...
  • कुहिएको मासु, किरा परेको खाद्य, म्याद सकिएको औषधी ! Aug 25, 2016 Arthatantrabhansa
    हरिशरण न्यौपाने, काठमाडौ । ट्रिनीटि कलेजमा ढुस्सी परेको र सडेगलेको खाद्य खुवाईन्छ । नाम चलेका भाटभटेनी, सिजी मार्ट, बिगमार्ट, के के मार्टको सामानमा के विश्वास ? कि बढि मूल्य कि त म्याद गुज्रेका सामान पाईन्छ । यता खुल्ला स्थानमा जारको पानी, यातायातमा बढि भाडा, बजारमा कुहिएका मासुको बिक्री, अनुमति नलिई औषधी पसल संचालनमा, मूल्यमा ठगिने त कुरै नगरौं । यो सब ...
  • राष्ट्र बैंकले ग¥यो कडाई, अब सेयर धितो कर्जा ५० प्रतिशत मात्रै Aug 25, 2016 ArthatantraLoan
    काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जामा कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अब संस्थापक शेयर धितो कर्जामा ५० प्रतिशतमात्रै ऋण पाउने भएका छन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएबमोजिम एकीकृत निर्देशन २०७२ का व्यवस्थालाई संशोधन गर्दै शेयर र घरजग्गा तथा रियल स्टेट धितोमा दिइने मार्जिन लेन्डिङमा कडाई गरेको हो । नयाँ व्यवस्थाअनुसार बैंक ...
  • अब माइक्रो फाइनान्स र सहकारीका ग्राहकले पनि एटिएम पाउने ! Aug 24, 2016 ArthatantraATM card
    काठमाण्डौं । बैंक तथा वित्तीय क्षेत्रमा इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको स्मार्ट चोइस टेक्नोलोजी (एसटिसी)ले सन् २०१७ को जनावरीबाट माइक्रो फाइनान्स र सहकारी संस्थालाई पनि एटिएम कार्डको सुविधा दिन गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ। क्लाउड बेस्ड डेटावेस राखिएका सहकारी र माइक्रो फाइनान्सलाई उनीहरुले प्रक्रिया पुरा गरेको खण्डमा सेवा दिन सक्ने  कम्पनीले जनाएको छ। ती कम्पनीहरुमा अनिवार्य रुपमा बैंकिङ सिस्टम भएको ...
  • अब नविकरण शुल्क समयमै नबुझाए सूचिकृत कम्पनीको सेयर कारोबार रोकिने ! Aug 23, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले नेप्सेमा सूचिकरण भएका कम्पनीलाई समयमै सूचिकरण नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै नेप्सेले सूचिकृत कम्पनीलाई नविकरण शुल्क ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न भनेको छ । नेप्सेले धितोपत्र कारोबार नियमावलि बमोजिम सूचिकरण नविकरण शुल्क असोज मसान्तसम्ममा बुझाउनुपर्ने व्यवस्था रहेको जानकारी गराउदै समयभित्रै नविकरण नगराउने कम्पनीको शेयर कारोबार ...